निर्णय नं. ३३७१ - ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३३७१ - ज्यान भाग: ३० साल: २०४५ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०४५/०१/१३ २७२९ निर्णय नं. ३३७१ ने.का.प. २०४५ अङ्क २ संयुक्त इजलास माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह सम्वत् २०४४ सालको फौ.पु.नं. ४२५, २०४४ सालको साधक नं. ६१ आदेश भएको मिति : २०४५।१।१३।२ मा पुनरावेदक/प्रतिवादी : कारागार शाखा भद्रगोलमा थुनामा रहेको मानबहादुर तामांग विरुद्ध विपक्षी/वादी : कृष्णबहादुरको जाहेरीले श्री ५ को सरकार मुद्दा : ज्यान (१) अत्यधिक मात्रामा जाँड रक्सी सेवन गरेको अवस्थामा मार्ने पूर्व योजना नभई अचेतन मनमा उठेको तत्काल परिणाम सोच्न नसक्ने बेलामा मृतकलाई मारेको देखिँदा अ.बं. १८८ नं. बमोजिम राय जाहेर गरेको मनासिवै देखिने । (प्रकरण नं. १५) फैसला न्या.प्रचण्डराज अनिल : म.क्षे.अ.को २०४४।२।१३।४ गतेको फैसला उपर पुनरावेदन परी दर्ता हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यसप्रकार छ । २. मिति ०४१ साल फाल्गुण २८ गते राति ३.३० बजेको समयमा वीरबहादुरको बुहारीको अर्गो गरी रहेको अवस्थामा मेरो कान्छा बाबुको छोरी ठूली तामांगनी त्यहीँ बसेको मौका पारी मेरो भिन्न भई बस्नु भएको दाजु मानबहादुर तामांगले बञ्चरो हतियार प्रयोग गरी उक्त रातको ३.३० बजे अर्गो गरी रहेको ठाउँमा गई टाउकामा बञ्चरो प्रहार गरी एकै खेपमा मारी भागेको कुरा वीरबहादुरले मलाई भन्दा थाहा पाई हेर्दा निज दिदी ठूली तामांगनी मरी सकेको देखिएकोले जाहेर गर्न आएको छु, कानून बमोजिम गरिपाउँ भन्ने समेत व्यहोराको २०४१।११।३० मा परेको कृष्णबहादुर तामांगको जाहेरी दर्खास्त । ३. टाउको पछाडी पट्टि ३।। इन्च लम्बाई र १ इन्ज जति गहिराईको छड्के काटिएको घाउ लाशको वरिपरि रगत जमेको औंलाको नङहरू निलो भएको, लाशको सम्पूर्ण शरीर सुनिएको टाउको बाहेक अन्य ठाउँमा घाउ चोटपटक नदेखिएको भन्ने समेत व्यहोराको मिति २०४१।१२।१।५ को लाश प्रकृति मुचुल्का । ४. टाउको फुटेको कारणबाट मृत्यु भएको भन्ने लाश पोष्टमार्टम रिपोर्ट । ५. ०४१ साल फाल्गुण २८ गतेका दिन वीरबहादुर तामांगको बुहारीको अर्गोमा ठूली तामांगनी पनि गएकी थिइन, उक्त अर्गोमा ठूलीको झडकेला छोरा ठूलो कान्छा र मानबहादुरको दाजु माईली तामांगको बीच भएको झगडामा आफ्नो छोरालाई छुट्याई दिइन उक्त दिन रातको ३.३० बजेतिर ठूली तामांगनीले पिण्ड दिई रहेको अवस्थामा मानबहादुर तामांगले बञ्चरोले टाउकोमा हिर्काई एक खेपमा मारेका हुन् उक्त दिनको दिउँसो ठूली तामांगनीको झडकेला छोरा र मानबहादुरको दाजु माइला तामांगसंग झगडा भएको रीसइवी लिई निज मानबहादुर तामांगले ठूली तामांगनीलाई मारेको विश्वास लाग्छ भनी सन्तबहादुर तामांग समेत चार जनाले २०४१।१२।२ मा प्रहरीमा गरेको संयुक्त कागज । ६. ०४१।११।२८ गते वीरबहादुरको बुहारीको अर्गोमा म गएको थिएँ, यस्तैमा उक्त रातको अं. ३.०० बजे अर्गोको काम सकी पिण्ड दिने बेलामा पिण्ड दिई रहेकी ठूली तामांगनीलाई हिर्काए जस्तो लागि भुँइको बञ्चरो टिपी टाउकोमा हिर्काउँदा मर्छे जस्तो लाग्यो र बञ्चरो फाली भागेको हुँ भन्ने समेत व्यहोराको अभियुक्त मानबहादुर तामांगले ०४१।१२।६ मा प्रहरीमा गरेको बयान कागज । ७. २०४१।११।२८ गते वीरबहादुरको बुहारीको अर्गोमा ठूली तामांगनीको र मानबहादुरको केही रकम लेनदेन सम्बन्धमा निजहरूको वादविवाद भएको भन्ने सुनेका हौं । सोही रातको अं. ३.३० बजे मानबहादुरले ठूली तामांगनीलाई बञ्चरोले टाउकोमा हानी मारी भागे भन्ने सुनेको हुँदा निज मानबहादुर तामांगले सोही रकम सम्बन्ध