निर्णय नं. ३३७२ - चोरी

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३३७२ - चोरी भाग: ३० साल: २०४५ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०४५/०१/१३ २५९३ निर्णय नं. ३३७२ ने.का.प. २०४५ अङ्क २ संयुक्त इजलास माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह सम्वत् २०४२ सालको फौ.पु.नं. ५०१ फैसला भएको मिति : २०४५।१।१३।२ मा पुनरावेदक/वादी : स.ई. सम्सुल जोहाको प्रतिवेदनले श्री ५ को सरकार विरुद्ध विपक्षी/प्रतिवादी : भारत वाराणशी घर भई पर्सा जि.वीरगञ्ज बस्ने गोविन्दप्रसाद त्रिवेदी मुद्दा : चोरी (१) दसी समेत वरामद भएपछि अदालतमा कसूरमा ईन्कर रहेकै भरमा मात्र कसूरदार होइन भनी मान्न नमिल्ने । (प्रकरण नं. १८) (२) पुनरावेदन परेको अवस्थामा थुनछेकको सम्बन्धमा निर्णय गरेको प्रासंगिक नदेखिने, इन्साफमा चित्त नबुझाई पुनरावेदन परेकोमा शुरुमा निर्णय गर्न पठाउने भएपछि थुनछेकका सम्बन्धमा टिप्पणी गरेकोलाई सान्दर्भिक मान्न नमिल्ने । (प्रकरण नं. १९) पुनरावेदक, वादीतर्फबाट : विद्वान का.मु. सह–न्यायाधिवक्ता श्री बलराम के.सी. फैसला न्या.प्रचण्डराज अनिल : म.क्षे.अ.को फैसला उपर वादी श्री ५ को सरकारका तर्फबाट परेको निवेदनमा यस अदालत डिभिजनबेञ्चका मिति २०४२।१०।१ का आदेशले पुनरावेदनको अनुमति प्रदान भई निर्णयार्थ पेश भएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यसप्रकार रहेछ । २. २०३७।१२।११ गतेको राती १ बजेदेखि ५ बजेसम्मको वीरगञ्ज २–३ नं. रोड रामटोला कुम्हाल टोलको रमन गस्तिमा म आवश्यक मद्दत सहित खटी गएकोमा रातको २, २।। बजे रामटोलमा पुग्दा ४, ५ जना टाउकोमा भाडाकुँडा बोकी पूर्वलाईनतर्फ जान लागेको देखि शंका भई को हो रुक रुक भनी आवाज दिंदा ती मानिसहरू मध्ये १ जनाले पोको लिँदै र अरुले पोका फाल्दै भागेकोमा लखेट्दा २ जना मात्र पोका फाली भाग्ने मध्येका गोविन्द द्विवेदी भन्ने गोविन्द त्रिवेदी र श्यामसुन्दर गिरीलाई पक्राउ गरी सोधपुछ गर्दा माडवारी सेवा समाज संघबाट ल्याएका हौं भनी मुख सावित भएकोले निजहरूले चोरी ल्याएको सामान र सेन खन्ने खन्तिसमेत प्रतिवेदनसाथ दाखिल गरेको छु भन्ने समेत व्यहोराको स.ई. सम्सुल जोहाको प्रतिवेदन । ३. माडवारी समाज सेवा संघको गोदामबाट २०३७।१२।११ गते राती नमालुम कुन समयमा कहाँको के कतिजना चोरहरू आई उक्त गोदामको ताल्चा सहितको कुण्डा नै उखेली तोडी भित्र पसी बिगो रु.९०७०।– को भाडावर्तन दरी समेतका मालसामानहरु चोरी गरी लगेको कुरा भोलिपल्ट विहान गोदाम खुल्ला रहेको देखि गोदामभित्र हेर्दा थाहा हुनआएको र उक्त गोदामबाट चोरी भएको सामान सहित राती गस्तिले श्यामसुन्दर गिरी र गोविन्द त्रिवेदीलाई पक्राउ गरेको छ भन्ने बुझिएकोले कार्यालयमा आई हेर्दा चोरी भएका सामानहरू चिन्हेकोले अरु मालहरू कहाँ लगी चोरहरूले राखेका छन् पत्ता लगाई दिलाई भराई चोरी गरेमा कानून बमोजिम कारवाही गरिपाउँ भन्ने समेत विहारीलाल लाठको उजूरी दर्खास्त । ४. ढोकामा रहेको कुण्डामा जडान रहेको गोलो फलाम पनि भाँचेको र तेश्रो कोठाभित्र भाडावर्तनहरू चोरी भएको देखिएको भन्ने समेत व्यहोराको घटनास्थल प्रकृति मुचुल्का । ५. २०३७।१२।११ गतेको राती करीव २ बजेको समयमा म साथी गोविन्द द्विवेदी र रामबहादुर क्षेत्री समेत ३ जनाको राय सल्लाह अनुसार माडवारी सेवा समाज संघको गोदाम खन्तिको सहाराले कोठाको ढोकाको ताल्चा लगाउने कुण्डा उखेली र साथी रामबहादुर गोविन्द ढोकाभित्र पसी भाडावर्तनहरू चोरी गरी बाहिर दिँदै गरे म चाहीं त्यहाँबाट उठाई केही पूर्वतर्फ लगी थुपार्दै गरें, अन्तमा आफ्नो टाउकोमा भाँडाकुडा उठाई प