निर्णय नं. ३३७३ - हक कायम समेत

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३३७३ - हक कायम समेत भाग: ३० साल: २०४५ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०४४/११/१६ २३११ निर्णय नं. ३३७३ ने.का.प. २०४५ अङ्क २ संयुक्त इजलास माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान सम्वत् २०४३ सालको दे.पु.नं. ५३६ फैसला भएको मिति : २०४४।११।१६।१ मा पुनरावेदक/प्रतिवादी : का.प.जि. श्रीखण्डपुर गा.पं. वडा नं. ८ खडकु छाप गाउँ बस्ने दुर्गाबहादुर के.सी. विरुद्ध विपक्षी/वादी : ऐ.वडा नं. ८ म्यान्डोल बस्ने धनबहादुर थापा क्षेत्री मुद्दा : हक कायम समेत (१) जग्गा नाप जाँच ऐन, २०१९ को तत्काल प्रचलित व्यवस्था बमोजिम परेको उजुरीबाट कारवाही भई सोही व्यवस्थाले निर्देश गरे बमोजिम परेको फिराद म्याद नाघेको भन्न नमिल्ने । (प्रकरण नं. १३) (२) अघि दिएको फिरादमा लेखेकै भए पनि तत्काल कानूनले फिराद गर्न अनिवार्य भएकोमा नगरेमासम्म कानुनी प्रतिबन्ध लाग्ने हो तर यस्तो एकाको जग्गा अरुले आफ्नो कित्तामा घुसाई नापी गराएमा तत्काल प्रचलित जग्गा नाप जाँच ऐन, २०१९ ले नापी टोली र मा.पो.का. समेतमा कानूनले व्यवस्था गरे बमोजिम माथि लेखी देखाइए बमोजिम उजूर परी कारवाही चलाउँदै रहेको देखिएकोले सो फिरादमा लेखे बमोजिम फिराद नदिएकैबाट जिकिर बमोजिम फिराद म्याद नाघि परेको भन्न नमिल्ने । (प्रकरण नं. १३) पुनरावेदकतर्फबाट : विद्वान अधिवक्ता श्री शम्भु थापा प्रत्यर्थीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी फैसला न्या. हिरण्येश्वरमान प्रधान : श्री म.क्षे.अ.को इन्साफ उपर चित्त नबुझाई परेको निवेदनमा यस अदालतमा मिति २०४३।४।१७ का आदेशले पुनरावेदनको अनुमति प्रदान भई निर्णयार्थ पेश भएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यसप्रकार रहेछ । २. मेरो हक भोग दर्ता तिरोको विजन ।–। ।५।५। घरवारी र ।–।–।३। खेत विजन लागेको जग्गा मध्ये मेरो घरबाट झर्ने ठाडो बाटो देखि दक्षिण छेउ चिलाउनीको रुख भित्तापट्टी काली ऐसेलु पैयौंको रुख साँधसम्मको जग्गा नापी हुँदा घुसाएकोले मैले नापीमा उजूर गरेको जग्गा छुट्याई पाउन मालपोत कार्यालयमा उजूर गर्दा अदालतमा गई हक गराई ल्याउनु भनी २०३८।११।३ मा सुनाई दिएकोले नालेस गर्न आएको छु । सो जग्गा घुसाई नापी गराई दर्ता गरे दर्ता बदर गरी हक कायम गरी मेरा नाउँमा दर्ता समेत गरिपाउँ भन्ने समेत व्यहोराको फिरादपत्र । ३. वादी दावी झुठ्ठा हो । विपक्षीको फिराद अ.बं. १८० नं. ले खारेज भागी छ । विपक्षीले २०३५ साल कार्तिक २ मा ५ नं. नापी टोलीमा उजूर गरी सनाखत गरिसकेको २०३५।७।२६ मा निजलाई ३५ दिने सूचना दिएकाले विपक्षीको फिराद हदम्याद भित्रको छैन भन्ने समेत व्यहोराको प्रतिउत्तर जिकिर । ४. २०२५।१२।२७ को बागमती अञ्चल अदालतको अन्तिम भई बसेको फैसलाबाट प्रतिवादीका दाजु सनकबहादुरले लिएकै लुटपीटको दावी नपुग्ने गरी फैसला भएको समेतबाट प्रतिवादीले गरेको दर्ता बदर भई वादीको हक कायम हुने ठहर्छ भन्ने समेत व्यहोराको काभ्रेपलाञ्चोक जिल्ला अदालतको मिति २०३९।६।२७ को फैसला । ५. सो फैसलामा चित्त बुझेन इन्साफ उल्टाई पाउँ भन्ने समेत व्यहोराको प्रतिवादी तर्फबाट बागमती अञ्चल अदालतमा परेको पुनरावेदनपत्र । ६. वादीले दर्ता मुद्दामा नै जग्गा घुसाएकोमा छुट्टै उजूर गर्ने भनी २०३५।१०।२३ मा उल्लेख गरेकोमा ज.मि.को. १८ नं. ज.प. को १७ नं. बमोजिम म्याद नाघी परेको फिरादलाई मान्यता दिई सुरुले गरेको फैसला गल्ती देखिएकोले वादी दावी खारेज हुने ठहर्छ भन्ने समेत व्यहोराको बागमती अञ्चल अदालतबाट भएको मिति २०