निर्णय नं. ३३७४ - ज्यान

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३३७४ - ज्यान भाग: ३० साल: २०४५ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०४४/१२/१९ २३२२ निर्णय नं. ३३७४ ने.का.प. २०४५ अङ्क २ संयुक्त इजलास माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान सम्वत् २०४१ सालको फौ.पु.नं. ५६६ सम्वत् २०४१ सालको साधक फौ.नं. १२४ फैसला भएको मिति : २०४४।१२।१९।६ मा पुनरावेदक/प्रतिवादी : रौतहट, गंगापिपरा गा.पं. वा.नं.२ बस्ने हरिहर सिंह भुमिहारसमेत विरुद्ध विपक्षी/वादी : रामकिशोर प्रसाद सिंहको जाहेरीले श्री ५ को सरकार वादी : श्री ५को सरकार विरुद्ध प्रतिवादी : रामनरेन्द्र सिंहसमेत मुद्दा : ज्यान (१) आश्विनको महीनामा रौतहट जस्तो तराई ठाउँमा मानिस चिसोको कारणले मर्न सक्छ भनी भन्न मिल्ने नदेखिँदा मृतकको मृत्यु हुनाको कारण भनी प्रतिवादी समेतले देखाएको कारण विश्वासनीय एवं युक्तिसंगत देखिन नआउने । (प्रकरण नं. २८) (२) मृतकको लाश लगी फालेको हो भनी यकीनन भन्न नसकी इनारमा छवाङ आवाज आएकोले सो कुरा शंकाकै भरमा भनेको र यदि लाश देखेकै भए समयमै हल्ला गरी सो कुरा यकीन गर्नुपर्नेमा सो गरेको नदेखिएकोबाट मृतकको मृत लाशलाई इनारमा फाली बनावटी वारदातको श्रृजना गरे होलान् भनी सम्झन मनासिव नदेखिने । (प्रकरण नं. २८) (३) मृतकको मृत्यु हुनाको कारण भई आएको पोष्टमार्टम प्रतिवेदनमा मृत्युको कारणमा नाकमुख बन्द भइकन मरेको भन्ने देखिने यदि मृतक आफैं नालीमा खसी नाकमुख बन्द भइकन मरेको भए सो लाश जाँच प्रतिवेदनबाट मृतकको नाकमुखमा हिलो पानी समेत देखिन पर्ने, किनकी कुनै जिवित व्यक्ति नालीमा खसेर नाकमुख बन्द भई मर्दछ भने त्यस अवस्था उसको नाकमुख नालीको हिलोपानीमा डुबेको हुने, जसले गर्दा उस्को नाकमुखमा हिलोपानी हुनुपर्ने । (प्रकरण नं. २८) (४) प्रतिवादीहरू समेतलाई पोल गरी किटानी जाहेरी दर्खास्त परेको र सो जाहेरी दर्खास्तमा उल्लेख भएका कुरा बकपत्रबाट समेत समर्थित भई पुष्ट्याँई भएको र अन्य देख्ने भनिएका व्यक्तिको भनाईबाट प्रतिवादीहरूको घटनास्थलमा उपस्थित थियो भनी वकी लेखाएको समेतबाट प्रतिवादीहरूको इन्कारी बयानलाई विश्वसनीय मान्न नसकिने । (प्रकरण नं. २८) पुनरावेदकतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कुन्ज विहारीप्रसाद सिंह प्रतिवादी तर्फबाट : विद्वान वैतनिक अधिवक्ता श्री रामजी विष्ट विपक्षीतर्फबाट : विद्वान सह–न्यायाधिवक्ता श्री प्रेमबहादुर विष्ट फैसला न्या.हिरण्येश्वरमान प्रधान : म.क्षे.अ.को फैसलामा चित्त नबुझेकोले पुनरावेदन गर्ने अनुमति पाउँ भनी प्र.हरिहरसिंको निवेदनमा यस अदालत डिभिजन बेन्चका मिति २०३९।११।९ गतेका आदेशले अनुमति प्रदान भई निर्णयार्थ पेश भएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यसप्रकार छ । २. २०३५ साल आश्विन १९ गतेको राति मेरो छोरा मुरारी भन्ने महेश्वरप्रसाद सिंह पुजारी रघुनाथको साथमा हरिहर सिंहको दर्वाजामा पुर्‍याई खैनी खान बसी कुराकानीको झगडामा निज हरिहर सिंह, दामोदर सिंह, सरोवर सिंह, विश्वनाथ सिंह, रामनरेन्द्र सिंह समेतले मेरो छोरा महेश्वरलाई मारी निजहरू र रामएकवाल सिंह, रामऔतार सिंह समेतको मिलोमतोबाट लाश इनारमा फालेको लाश ऐ.२२ गते विहान इनारमा भेटिएकोले लाशजाँच गरी विपक्षीहरूलाई पक्राउ गरी ज्यान मारे दबाए छपाएमा कानून बमोजिम प्रतिवादीहरूलाई सजायँ समेत गरिपाउँ भन्ने समेत व्यहोराको रामकिशोरप्रसाद सिंह भूमिहारको जाहेरी । ३. २०३५।६।१९ गते राति ठूलो पानी र बतास अर्थात हावापानी भयो । हरिहर सिंहको वरण्डामा लाल्टेन बली राखेको