निर्णय नं. ७६४५ - बन्दीप्रत्यक्षीकरणको आदेश जारी गरी गैरकानूनी थुनाबाट मुक्त गरिपाऊँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७६४५ - बन्दीप्रत्यक्षीकरणको आदेश जारी गरी गैरकानूनी थुनाबाट मुक्त गरिपाऊँ भाग: ४८ साल: २०६३ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०६३/०२/२१ ३४१६ निर्णय नं.७६४५ ने.का.प.२०६३ अङ्क २ सर्वोच्च अदालत, बृहत पूर्ण इजलास माननीय प्रधान न्यायाधीश श्री दिलीपकुमार पौडेल माननीय न्यायाधीश श्री मीनबहादुर रायमाझी माननीय न्यायाधीश श्री रामनगिना सिंह माननीय न्यायाधीश श्री अनूपराज शर्मा माननीय न्यायाधीश श्री खिलराज रेग्मी संवत् २०६३ सालको रिट पूर्ण इजलास नं.१६ आदेश मितिः २०६३।२।२१।१ विषय :– बन्दीप्रत्यक्षीकरणको आदेश जारी गरी गैरकानूनी थुनाबाट मुक्त गरिपाऊँ । निवेदकः का.जि.का.म.न.पा.वडा नं.४ बिशालनगर घर भई हाल पहरागण त्रिपुरेश्वरमा थुनामा रहेको वर्ष ६२ को रमेशनाथ पाण्डेको हकमा टिकाराम अधिकारी विरुद्ध विपक्षीः प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरवार समेत § निवारक नजरबन्दसम्बन्धी संवैधानिक व्यवस्था, तत्सम्बन्धी कानूनी व्यवस्था र त्यससंग सम्बन्धित विवादहरुमा अदालतबाट प्रतिपादित सिद्धान्त अबीचलित र यथास्थितिमा रहिरहेको अवस्थामा त्यसको प्रयोग र परिपालनामा २०६३।१।११ को घोषणा र परिवर्तित विशेष परिस्थितिको सम्बन्धमा भैरहेको कानूनी व्यवस्था एवं प्रतिपादित कानूनी सिद्धान्तको परिपालनामा जटिलता भएको भन्ने परिकल्पना गर्नु कानूनको शासन अनुकूल हुन नजाने । (प्रकरण नं.१३) § ऐनमा परेको वाक्यलाई एकमुष्ट रुपमा उल्लेख गरी नजरबन्द आदेश जारी गरिएकोमा ऐनमा परेको वाक्य उल्लेख गर्नु मात्र नजरबन्दमा राख्नको लागि पर्याप्त नभै त्यस्मा लिइएको आधार र कारण उचित र पर्याप्त देखिनु पर्ने । § संवैधानिक र कानूनी व्यवस्था तथा यस अदालतबाट प्रतिपादित सिद्धान्त बमोजिम कुनै व्यक्तिलाई नजरबन्दमा राख्न निम्न कुरा विद्यमान रहन आवश्यक हुने । (क) नेपाल अधिराज्यको सार्वभौमसत्ता, अखण्डता वा सार्वजनिक शान्ति र व्यवस्थामा तत्काल खलल पर्ने पर्याप्त आधारको विद्यमानता, (ख) नेपाल अधिराज्यको सार्वभौमसत्ता, अखण्डता वा सार्वजनिक शान्ति र व्यवस्थामा तत्काल खलल पर्न सक्ने काम कुरा गर्नबाट कुनै व्यक्तिलाई रोक्नुपर्ने कुनै उचित र पर्याप्त आधार रहेको स्वयं स्थानीय अधिकारीको निस्कर्ष, (ग) नजरबन्दमा राख्नुपर्ने कारण र आधार स्पष्ट रुपमा खुलेको नजरबन्दमा राख्ने आदेश, (घ) आदेशमा उल्लिखित संभावना वस्तुगत र तथ्यगत पनि हुनुपर्ने, (ङ) आदेशमा उल्लेख भएका कार्यहरू भरपर्दो तथ्यबाट पुष्टि नभएको अवस्थामा केवल प्रहरी प्रतिवेदन पर्याप्त नहुने, (च) सार्वभौमसत्ता, अखण्डता वा शान्ति र व्यवस्था भन्ने शब्दले भिन्नाभिन्नै अवस्था बुझाउने हुँदा सगोलको भाषा प्रयोग गरी नजरबन्दमा राख्न नमिल्ने, (छ) कानूनको उचित प्रक्रिया पूरा नगरी कसैको पनि वैयक्तिक स्वतन्त्रता हनन् गर्न नहुने, वैयक्तिक स्वतन्त्रता हनन गर्दाको अवस्थामा पनि कानूनले तोकेको सरवान र कार्यविधिगत उचित प्रक्रिया अनिवार्य रुपमा अनुशरण गर्नु पर्ने । (ज) भइसकेको अपराधिक कार्यको लागि निवारक नजरबन्दको आदेश जारी हुन नसक्ने, (झ) वन्दीको जीउज्यान जोगाउने उद्देश्यले निवारक नजरवन्दमा राख्न नमिल्ने । (ञ) आधार र कारण खुलेको आदेश नजरबन्दमा राखिने व्यक्तिलाई दिएको हुनुपर्ने, (ट) स्थानीय अधिकारीवाट नजरवन्दमा राख्ने आदेश भएपश्चात मात्र प्रहरीले पक्राउ गर्नसक्ने । (ठ) आदेशको प्रतिलिपिसहित नजरवन्दमा राखिएको जानकारी गृह मन्त्रालयलाई दिएको हुनुपर्ने, (ड) नजरवन्दमा राख्ने आदेश जारी भएकोमा जुन जिल्लामा