निर्णय नं. ३३७५ - लिखत पास

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३३७५ - लिखत पास भाग: ३० साल: २०४५ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०४५/०१/०८ ३०५५ निर्णय नं. ३३७५ ने.का.प. २०४५ अङ्क २ संयुक्त इजलास माननीय न्यायाधीश श्री बब्बर प्रसाद सिंह माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान सम्वत् २०४२ सालको दे.पु.नं. ५३६ फैसला भएको मिति : २०४५।१।८।४ मा पुनरावेदक/वादी : का.जि. बिष्णुदेवी गा.पं. वा.नं.३ बस्ने रामप्रसाद श्रेष्ठको मु.स. गर्ने भक्त लक्ष्मी श्रेष्ठ विरुद्ध प्रत्यर्थी/प्रतिवादी : का.जि.का.न.पं. वडा नं. ९ वत्तीसपुतली बस्ने कृष्णबहादुर गुरुङ मुद्दा : लिखत पास (१) फिराद पर्दा विपक्षीको नाउँमा विवादको जग्गा दर्ता भइसकेको देखिएकोले रजिष्ट्रेशन गर्ने अवस्थामा रजिष्ट्रेशनको १७ नं. मा भएको व्यवस्था बमोजिम लिखतको जग्गामा विपक्षी असामीको हक पुगिसकेको देखिएकोले यस्तोमा पनि लिखत पास नहुने ठहर्‍याएको इन्साफ मिलेको नदेखिने । (प्रकरण नं. २१) पुनरावेदक/वादी तर्फवाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्त प्रत्यर्थी तर्फबाट : विद्वान अधिवक्ता श्री गुरुप्रसाद वराल फैसला न्या. हिरण्येश्वरमान प्रधान : म.क्षे.अ.को फैसला उपर न्या.प्र.सु.ऐन, २०३१ को दफा १३(५) को खण्ड (ख) अनुसार पुनरावेदनको अनुमति प्राप्त गरी पेश हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं जिकिर निम्नानुसार छ । २. विपक्षी कृष्णबहादुर गुरुङले रु.८,५००।– लिई अरु कसैको हक नलाग्ने मेरो एकलौटी हक भोगको वत्तिस पुतली गा.पं. वार्ड नं. ६(क) कि.नं ७८ को १–२–० जग्गा राजीनामा भएको ऐनको म्यादभित्र पास गरिदिउँला भनी २०२३।१०।५ मा लिखत गरिदिएको तर पास गरी नदिएकोले ऐन बमोजिम पास गराई पाउँ भन्ने समेत व्यहोराको फिराद दावी । ३. वादीलाई नचिनेको निजबाट कर्जा खाई राजीनामा पनि नगरेको हुँदा वादी र मेरो अदालतबाट सनाखत गराई लिखत अ.बं. ७८ नं. बमोजिम सुनाई भूमि प्रशासन शाखा काठमाडौंको रेकर्ड फाँटका ख. गंगा श्रेष्ठ समेतलाई अ.बं. १३९ नं. बमोजिम बुझी फिराद दावीबाट फुर्सद गराई पाउँ भन्ने समेत व्यहोराको प्रतिउत्तर जिकिर । ४. २०३२।१०।५ को लिखत कृष्णबहादुरको स्व.हस्ताक्षरको हो लिखतमा पुछारमा लेखिएको मितिको अंक गते ५ गते रोज ३ को अंक मलाई वारेश दिने कुष्णबहादुरले लेखेको छैन । अंक कीर्ते हो सत्य होइन । लिखत जालसाजी हो भन्ने समेत व्यहोराको प्र.वा. रामचन्द्रले गरेको बयान । ५. लिखतमा गते रोज राखेको रहेनछ । गते रोज नभई लिखत पास हुन सक्दैन । रामप्रसाद निरक्षरी हुँदा रु.५००। बढी दिएमा लेखी दिनेछु भनी निज कृष्णबहादुरको हस्ताबाट लेखिएको हो । कुनै जालसाज कीर्ते गरेको होइन भन्ने वादी वा तिर्थप्रसादको बयान । ६. राजीनामाको कागज मैले गराएको छैन । कर्मचारी पदमा बहाल अवस्थामा निजको मुद्दा त्यही फाँटमा भएको नाताले सामान्य पहिचान मात्र भएको हो । मैले निजसंग रकम लिई काम गरिदिएको होइन । निजलाई सजायँ गरिपाउँ भन्ने गंगा श्रेष्ठको बयान । ७. रामप्रसादले पैसा दिई कृष्णबहादुरले कागज गरिदिएको सो कागजमा म साक्षी बसी सहिछाप समेत गरिदिएको छ, भन्ने बुद्धीबहादुरको बयान । ८. रामप्रसादले कृष्णबहादुरलाई पैसा दिएको देखेको तमसुकमा साक्षी बसि दिएको हुँ भन्ने टीकारामको बयान । ९. २०३३।१०।५ को रु.८,५००।– को लिखत व्यहोरामा लेखिएको ३ अंक संग रोज ३ को अंक लेख्ने तरिकामा फरक छ भन्ने समेत व्यहोराको विशेषज्ञ रामबहादुर थापाको बकपत्र । १०. वादी प्रतिवादी बीच भएको लिखतका अन्तरसाक्षी सबैले व्यवहार साँचो हो, हामीहरूकै रोहवरमा प्रतिवादीले रुपैयाँ ल