निर्णय नं. ३३७६ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३३७६ - उत्प्रेषण भाग: ३० साल: २०४५ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०४५/०१/१३ २३९५ निर्णय नं. ३३७६ ने.का.प. २०४५ अङ्क २ संयुक्त इजलास माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान सम्वत् २०४३ सालको रिट नं. १८६२ आदेश भएको मिति : २०४५।१।१३।२ मा निवेदक : का.जि.का.न.पं. वार्ड नं. ९ बस्ने प्रेम रमण सिग्देल विरुद्ध विपक्षी : श्री पशुपति अमालकोट कचहरी देवपतन काठमाडौंसमेत विषय : उत्प्रेषण (१) निवेदकलाई बुझ्दै नबुझी विवादको जग्गा जोताहामा लेखिएको निवेदकको नाम काटी विपक्षीको नाम कायम गर्न पठाएको पशुपति अमालकोट कचहरीको पत्र र सो बमोजिम टिप्पणी सदर गरी विपक्षीलाई दर्तावाला मोही कायम गरेको भु.सु.का.को निर्णय उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्रकरण नं. ९) निवेदकतर्फवाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्त विपक्षीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भुप्रसाद ज्ञावाली, विद्वान का.मु. अतिरिक्त न्यायाधिवक्ता श्री प्रेमबहादुर विष्ट आदेश न्या.हिरण्येश्वरमान प्रधान : नेपालको संविधानको धारा ७१ अन्तर्गत दर्ता हुनआएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं जिकिर यसप्रकार रहेछ । २. जग्गावाला कृष्ण बहादु गुरुङलाई सालको १० पाथी धान बुझाउनु पर्ने का.जि. बत्तिसपुतली साविक वार्ड नं. ६ कि.नं.५९ को ०–७–२ जग्गा र त्यसमा भएको घर समेत मैले शेरबहादुर थापा क्षेत्रीबाट ०२०।१२।२०।५ मा राजीनामा रजिष्ट्रेशन पारित गरी लिई भोगचलन गरिआएको छु । नापी हुँदा क्षेत्रीय किताबमा जोताहामा मेरो नाम उल्लेख भएको छ । यस घरलाई मर्मत गर्न तथा त्यस्मा तला थप्नका लागि मेरो एकाघरको छोराले तेजारथ कार्यालयबाट ऋण सापट लिई उक्त पक्की घर बनाई बसोबास गरिआएको छ । उक्त जग्गा पशुपति गुठीको लोकमाया खड्गीबाट मैले राजीनामा गरी लिएको जोताहा प्रेम रमणको नाउँमा काटी कटाई कायम गरिदिने भन्ने सम्बन्धमा कारवाई भई प.अ. कचहरीले भु.सु.का.लाई जोताहा प्रेम रमणको नाम कटाई दर्तावाला मोही इन्दिरा देवकोटाको नाम कायम गरिदिनु भनी पत्र लेखेको र त्यसको आधारमा भू.सुका.बाट २०४२।४।१४ मा टिप्पणी समेत सदर गरी सोही अनुसार श्रेस्ता जनाउनु भनी मा.पो.का.लाई पत्र लेखेको रहेछ । ३. यसरी राजीनाबाट प्राप्त गरी वर्षौं अघि देखि घरबास गरी भोगचलन गरिआएको नापी जोताहामा मेरो नाम भइरहेकोमा मलाई बुझ्दैै नबुझी विपक्षीको मात्र एकलौटी कुरा सुनी जोताहाबाट मेरो नाम काटी इन्दिरा देवकोटाको नाम लेख्नु भनी पशुपति अमालकोट कचहरीले निर्णय गरी सो व्यहोरा भू.सु.का.लाई र मा.पो.का.समेतलाई पत्रचार गर्नु समेत प्राकृतिक न्याय सिद्धान्त समेतको प्रतिकूल भई संविधानको धारा १०, ११(२)(ङ) र १५ समेतको प्रतिकूल हुँदा उक्त काम कारवाही तथा निर्णयहरू उत्प्रेषणको आदेशद्वारा बदर गरिपाउँ भन्ने मुख्य रिट निवेदन जिकिर रहेछ । ४. विपक्षीबाट लिखितजवाफ मगाई पेश गर्नु भन्ने यस अदालत एक न्यायाधीशको इजलासको मिति २०४३।७।२७।५ को आदेशले प्राप्त हुनआएको लिखित जवाफ यसप्रकार रहेछ । ५. सम्बन्धित गुठी कार्यालय श्री पशुपति अमालकोट कचहरीको मिति २०४२।२।१६।४ को पत्रानुसार इन्दिरा देवकोटाको नाम कायम गर्ने गरी यस कार्यालयबाट भएको निर्णयमा कुनै कानुनी त्रुटी नहुँदा प्रस्तुत रिट निवेदन खारेज गरिपाउँ भन्ने भू.सु.का.काठमाडौंको लिखितजवाफ रहेछ । ६. श्री पशुपनिाथको जग्गामा जोताहा दिने व्यवस्था छैन । सनदसवाल र २०३१।८।१८ मा भएको हुकूम प्रमाङ्गी समेतबाट जोताहा हक दिन म