निर्णय नं. ३३७७ - कर्तव्य ज्यान

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३३७७ - कर्तव्य ज्यान भाग: ३० साल: २०४५ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०४४/१२/२२ २५५० निर्णय नं. ३३७७ ने.का.प. २०४५ अङ्क २ संयुक्त इजलास माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह सम्वत् २०४३ सालको फौ.पु.नं. ५३६ फैसला भएको मिति : २०४४।१२।२२।२ मा पुनरावेदक, वादी : दिलबहादुर दर्जीको जाहेरीले श्री ५ को सरकार विरुद्ध विपक्षी : जि. इलाम फिकल गा.पं. वार्ड नं. ३ बस्ने यमबहादुर गुरुङसमेत मुद्दा : कर्तव्य ज्यान (१) अपराध गरेको हुन भन्ने प्रत्यक्ष र अप्रत्यक्ष प्रमाण समेत नभएको अवस्थामा अनुमानको आधारमा कर्तव्य ठहराउन उचित नदेखिने । (प्रकरण नं. १७) वादीतर्फवाट : विद्वान का.मु. सह–न्यायाधिवक्ता श्री कृष्णराज श्रेष्ठ फैसला न्या. रुद्रबहादुर सिंह : पूर्वाञ्चल क्षेत्रीय अदालतको फैसला उपर पुनरावेदन परी पेश हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्नानुसार रहेछ । २. यामबहादुर गुरुङले नमस्ते तमाङलाई फिकल बजारसम्म पुर्‍याइ देउ भनी मृतक लालबहादुर दर्जीलाई साथ लिई आएका हुन् । घरमा फर्कि नआएकोले खोज्न तलाश गर्न जाँदा मरिरहेको लाश फेला परेकोले भवितव्य भई लडी मर्नेसम्मको स्थान नभएको हुँदा को को भई के कर्तव्यबाट मारे मराए अभियुक्त यामबहादुर र नमस्ते तमाङ माथि शंका भएको हुँदा अभियुक्तहरूलाई कानून बमोजिम सजायँ समेत गरिपाउँ भन्ने समेत व्यहोराको जाहेरी दर्खास्त । ३. ०४१ साल पौष २५ गतेको लाश प्रकृति मुचुल्का । ४. यामबहादुर गुरुङ र नमस्ते तमाङ समेतलाई फिकलसम्म जाउँन भनी श्रीमानलाई लगेको थियो सो रातमा घर नफर्केकोले भारी बोकी गएको होला भनी २।३ दिनसम्म खोजी गरियो । धेरै दिनसम्म नआउँदा खोज तलाश गर्दा लाश फेला परेकोले के गरी मरे म जान्दिन यिनै यामबहादुर र नमस्ते तमाङबाटै खुलाई पाउँ भन्ने व्यहोराका मृतक श्रीमती दयत्री दर्जीले डोरमा गरेको कागज । ५. ०४१।९।२०। गते मेरी दिदीको घरमा गएको थिएँ । इन्द्रबहादुर तमाङ पनि दिदी कहाँ बसेका रहेछन् । निज नमस्ते तमाङले घर जान्छु मलाई फिकलसम्म पुर्‍याई देउ भन्दा पुर्‍याउँन जान लाग्दा मृतक लालबहादुर निजैको आँगनमा भएको हुँदा साथी इन्द्रबहादुर तमाङलाई फिकलसम्म पुर्‍याई आउ म रक्सी किनी खुवाउँला भनी मैले भन्दा निज लालबहादुर हामीसँगै ३ जना फिकल बजार आई साथी इन्द्रबहादुरलाई छाडी म र मृतक लालबहादुर घर फर्किदा बाटो छेउमा पर्ने उत्तम प्रधानका घरमा २ बोतल रक्सी किनी १।१ बोतल रक्सी खाई घरतर्फ जाँदै थियौं । हाम्र घर जाने बाटोमा पुगे पछि म भित्र पट्टि लडे मृतक लालबहादुर बाटो डिलमनी लडेछन् । पछि होस् आई उठाउँदा कहाँ गएछन । बोलाउँदा बोलेन घर गए भन्ने शंका लागी म घर गई सुतें । लालबहादुर घर आए कि आएन भनी सोध खोज गरिन मेरो केही रिसइवि छैन थिएन । मैले कर्तव्य गरी मारेको होइन भन्ने व्यहोराको प्र.यामबहादुरले प्रहरीमा गरेको कागज । ६. म घर फर्किन लाग्दा यामबहादुरसंग चिना जान हुँंदा यामबहादुर गुरुङ मृतक लालबहादुरले झिकल मोडसम्म पुर्‍याई निजहरू घर फर्के । दुवै जनाले रक्सी खाएका थिए । लालबहादुर धेरै मातेको थिए । कस्का घरमा रक्सी खाए कति वेला घर फर्के मृतकसंग मेरो कुनै रिसइवी थिएन । मृतकलाई मारी फालेको होइन म संग छुटी गई सकेपछि कस्ले मारे कस्ता किसिमबाट मारे जान्दीन भन्ने समेत व्यहोराको इन्द्र बहादुर तमाङले प्रहरीमा गरेको कागज । ७. पक्राउ परेका अन्य मानिस समेतको कसूरबाट लालबहादुर दर्जी मरेको होइन कर्तव्यमा शंका छैन भन्ने समेत व्यहोराको सर