निर्णय नं. ३३८२ - घरबाट निकाला गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३३८२ - घरबाट निकाला गरिपाउँ भाग: ३० साल: २०४५ महिना: असार अंक: ३ फैसला मिति :२०४५/०२/२० २१२३ निर्णय नं. ३३८२ ने.का.प. २०४५ अङ्क ३ पूर्ण इजलास सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान सम्वत् २०४४ सालको दे.पु.ई.नं. १०९ फैसला भएको मिति : २०४५।२।२०।५ निवेदक/वादी : डोटी दानकोट गर्खालाटामाडो गा.पं. वडा नं. ५ भट्याल बस्ने पद्मराज जोशी विरुद्ध विपक्ष/प्रतिवादी : ऐ. पाच कर्टे वडा मुडभरा गा.पं. वडा नं. ७ देवाली गाउँ बस्ने यज्ञराज जोशी मुद्दाः घरबाट निकाला गरिपाउँ (१) थैलीमा मुख नमिलेपछि प्रतिवादीबाट पेश भएको लिखत अ.बं. ७८ नं. बमोजिम वादीलाई सुनाई त्यसबाट जो गर्नुपर्ने कारवाई गरी मात्र ठहर गर्नुपर्नेमा सो बमोजिम भए गरेको नदेखिएकोले यस्तो अवस्थामा प्रतिउत्तर जिकिरलाई दावी कायम गरी साँवा व्याज भराई दिने गरेको कानून मिल्दो देखिन नआउने । (प्रकरण नं. २०) फैसला न्या.धनेन्द्रबहादुर सिंह : श्री ५ महाराजाधिराज सरकारका हजूरमा कानून बिपरीतको फैसला बदर गरिपाउँ भनी वादी पदमराज जोशीले चढाएको बिन्तिपत्रमा मुद्दा पूर्णइजलासबाट दोहराई हेरी कानून बमोजिम निर्णय गर्नु भन्ने श्री ५ महाराजाधिराजबाट हुकूम वक्सेकोछ भनी मौसुफ सरकारका विशेष जाहेरी विभागबाट ०४३।११।४ मा तोक लागी आई पूर्णइजलासको लगतमा दर्ता भई पेश हुनआएको प्रस्तुत मुद्दाको तथ्य यसप्रकार छ : २. मेरो देवाली जग्गामा घर अंश हुँदा मेरो अंश भागमा रहेको घर छोडी अर्कै घर बनाई बसेकोमा सो खाली घर मलाई दिनु पर्‍यो भनी अन्यायवालाले भनेकाले रु.४,५००।– मूल्य कायम गरी लिखत लेख्न लाग्दा रु.२,०००।– नगद र रु.१,५००।– को तमसुक लेखी दिएका र बाँकी रु.१,०००।– देउ भन्दा पास गर्ने बखत दिछु भनी बाँकी राखेका थिए । रु.१,०००। नदिई मेरो उनले लिएको भनेको भरमा उनै बसी आएकोले तिमीले दिएको रु.३,५००। लिई घर छाडी देउ भन्दा मिति २०४०।१।१० मा कुटी रु.१००। लुटी मिति ०३९।१२।१४ गते मेरो हिस्साको आधा घर छाडी घरको झ्याल साङ्गला फुकाली घरको ढुङ्गा निकाली वेपत्ता पारेकाले सोको बिगो रु.९४६। भराई घरबाट निकाला गराई मैले रु.३,५००। बुझाउने गरी चलन समेत चलाई पाउँ भन्ने समेत व्यहोराको फिरादपत्र । ३. फिराद दावी बमोजिम वादीको घरमा भएका झ्याल ढोका साङ्गला समेत बेपत्ता गरेको होइन छैन । वादीले देवालीको घर छोडी घरको मूल्य रु.४,५००। कायम गरी सो रुपैयाँ दिई वादीबाट लिखत गराई लिएकोमा उक्त लिखत रजिष्ट्रेशन पारित नगरिदिएको हुँदा सो घरमा बसेको छैन लिखत बमोजिम रुपैयाँ नदिई रु.१,०००। बाँकी राखेको भन्ने वादी दावी झुठ्ठा हो भन्ने समेत व्यहोराको प्रतिउत्तरपत्र । ४. वादीले प्रतिवादीलाई घर बेचे भन्ने सुनेको छु । अरु थाहा छैन भन्ने वादीका साक्षी टीका कार्कीको अदालतमा भएको बकपत्र । ५. वादीका घर वादीकै भोगचलनमा छ । रु.४,५००। मा लिने भनेको घर प्रतिवादीका नाममा पास हुनसकेको छैन । ०३९।१२।१४ मा प्रतिवादी वादीका घरमा बसेकाले ढोका समेत निकाली फालिदिए भन्ने कुरा हो वादी दावी झुठ्ठा हो भन्ने समेत प्रतिवादीका साक्षीप्रसाद भाटको बकपत्र । ६. आफ्नो भोगचलनमा रहेको घरलाई खिचोला गरेको भन्ने वादी दावी झुठ्ठा ठहर्छ भन्ने समेत डोटी जिल्ला अदालतको फैसला । ७. सो शुरु इन्साफ उपर सेती अञ्चल अदालतमा पुनरावेदन परी इन्साफ हुँदा शुरुले गरेको इन्साफ सदर गरी सेती अञ्चल अदालतबाट भएको फैसला । ८. सेती अञ्चल अदालतबाट इन्साफ उपर व