निर्णय नं. ८७७९ - उत्प्रेषणसमेत
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८७७९ - उत्प्रेषणसमेत भाग: ५४ साल: २०६९ महिना: असार अंक: ३ फैसला मिति :२०६८/१०/१९ ३५३६ ने.का.प. २०६९, अङ्क ३ निर्णय नं. ८७७९ सर्वोच्च अदालत, विशेष इजलास माननीय न्यायाधीश श्री रामकुमार प्रसाद शाह माननीय न्यायाधीश श्री प्रकाश वस्ती माननीय न्यायाधीश प्रा.डा.श्री भरतबहादुर कार्की रिट नं. २०६६–WS–००१३ आदेश मितिः २०६८।१०।१९।५ विषयः– उत्प्रेषणसमेत । निवेदकः स्वास्थ्य मन्त्रालय, औषधि व्यवस्था विभागको वरिष्ठ फर्मासिष्ट, अधिकृत आठौं तहमा कार्यरत् पानबहादुर क्षेत्री विरुद्ध विपक्षीः प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय समेत § कुनै पद वा दरवन्दी दुर्गम क्षेत्रमा नभएको अवस्थामा स्वास्थ्य सेवा ऐन, २०५३ को दफा २६(३) को व्यवस्थाले असमान व्यवहार गरेको परिणाम निस्कने गरी स्वास्थ्य सेवाका अन्य समूहका कर्मचारीहरू सरह समान आधारमा बढुवा हुन पाउने हकमा अनुचित तवरबाट बन्देज लगाएको देखिने । (प्रकरण नं.७) § दुर्गम क्षेत्रमा कुनै पद वा दरबन्दी नै नरहेको कारण दफा २६ को प्रतिबन्धात्मक वाक्याँशको खण्ड (३) को व्यवस्था असमान रहेको देखिन आएको भए तापनि दुर्गम क्षेत्रमा पद वा दरबन्दी रहेको अन्य तह वा समूहहरूको सम्बन्धमा उक्त व्यवस्थालाई असमान र भेदभावपूर्ण भन्न नसकिने । § कानूनी व्यवस्था मात्रको कारण कानूनबमोजिम बढुवा हुन पाउने हक अवरुद्ध भएको अवस्थामा फार्मेसी समूहलगायत दुर्गम क्षेत्रमा पद वा दरबन्दी नै नरहेको अन्य तह वा पदहरूमा कार्यरत् कर्मचारीहरूको बढुवाका सम्बन्धमा खण्ड (३) को उक्त व्यवस्था लागू नहुने गरी उचित कानूनी व्यवस्था गर्नुपर्ने । (प्रकरण नं.८) निवेदकका तर्फबाटः विद्वान अधिवक्ता श्रीप्रसाद पण्डित विपक्षी तर्फबाटः विद्वान सहन्यायाधिवक्ता महेश शर्मा पौडेल अवलम्बित नजीरः सम्बद्ध कानूनः § स्वास्थ्य सेवा ऐन, २०५३ को दफा २६(३) आदेश न्या.रामकुमार प्रसाद शाहः नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३२ तथा १०७(१) (२) अन्तर्गत दायर हुनआएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार रहेको छः– म निवेदक लोकसेवा आयोगको सिफारिशमा तत्कालीन श्री ५ को सरकारको मिति २०५२।३।१५ को निर्णयानुसार नेपाल स्वास्थ्य सेवाको रा.प. तृतीय (प्रा.) फर्मासिष्ट पदमा सेवा प्रवेश गरी नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ अन्तर्गत तह मिलान हुँदा मिति २०५४।२।१४ देखि अधिकृत सातौं तहमा कार्यरत् रहेको अवस्थामा मिति २०५७।९।४ को निर्णयले स्तरवृद्धि भई हाल वरिष्ठ फर्मासिष्ट पदमा कार्यरत् छु । नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ मा २०६३ सालमा भएको तेस्रो संशोधनले दफा २६ मा संशोधन गरी उपदफा (३) मा “यो दफा प्रारम्भ भएपछि बढुवाको लागि उम्मेदवार हुन कम्तीमा दुई वर्ष दुर्गम क्षेत्रमा काम गरेको हुनुपर्नेछ” भन्ने व्यवस्था गरेको छ । आजसम्म स्वास्थ्य सेवाको फार्मेसी समूहमा अधिकृतस्तर आठौं तहको कुनै पनि पदको दरबन्दी दुर्गम क्षेत्रमा रहेको छैन । फार्मेसी समूहको नवौं तहको एउटा पद रिक्त रहेकोले विपक्षी लोकसेवा आयोगबाट सूचना नं. ८२।०६५।६६ मार्फत् बढुवाद्वारा पूर्तिका लागि दरखास्त माग भएअनुरूप दरखास्त फारम दर्ता गर्न गएको थिएँ । तर विपक्षी लोकसेवा आयोगबाट स्वास्थ्य सेवा ऐन, २०५३ को दफा २६(३) बमोजिम बढुवा हुने तहभन्दा एक तहमुनिको पदमा कम्तीमा दुई वर्ष दुर्गम क्षेत्रमा काम गरेको प्रमाण नभएको भन्ने आधारमा मेरो दरखास्त दर्ता गर्न इन्कार गरियो । विपक्षी आयोगको उक्त सूचना नं. ८२।०६५।६६ अन्तर्गत ऐनको दफा २६(३) को प्रावधानको कारणले