निर्णय नं. ७०९१ - उत्प्रेषण मिश्रित परमादेश ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७०९१ - उत्प्रेषण मिश्रित परमादेश । भाग: ४४ साल: २०५९ महिना: भाद्र अंक: ५ फैसला मिति :२०५९/०४/२८ २५१९ निर्णय नं.७०९१ ने.का.प.२०५९ अङ्क ५/६ संयुक्त इजलास सम्माननीय प्रधानन्यायाधीश श्री केशवप्रसाद उपाध्याय माननीय नयायाधीश श्री कृष्णजंग रायमाझी संवत् २०५७ सालको रिट नं......४०७९ आदेश मितिः २०५९।४।२८।३ विषयः– उत्प्रेषण मिश्रित परमादेश । निवेदकः जिल्ला वाग्लुङ, वाग्लुङ नगरपालिका वडा नं. १ बस्ने देवेन्द्रबहादुर हमाल विरुद्व विपक्षीः सचिव, जलश्रोत मन्त्रालय समेत § निवेदकले नियुक्ति पाएको पद नै कटौतीमा परेपछि श्री ५ को सरकारले अन्यत्र काम गर्न लगाएको कारणबाट पदमा वहालमा रही रहन पाउने कानूनी हक सृजना हुने भन्न नमिल्ने । § अस्थायी प्रकृतिको पद भएको र आयोजनाको आवश्यक पद संख्या पूरा भएको भन्ने समेत देखिन आएकोबाट सफाइको मौका दिनुपर्ने तथा निजले पदमा वहाल रही रहन पाउने भन्न नमिल्ने हुंदा रिट निवेदकलाई अवकास दिएको विपक्षीको कार्यवाट रिट निवेदकको कुनै संवैधानिक एवं कानूनी हकमा आघात परेको नदेखिंइदा निवेदन माग बमोजिमको आदेश जारी गर्न नपरी प्रस्तुत रिट निवेदन खारेज हुने । (प्र.नं. ८ र ९) निवेदक तर्फबाटः विद्वान अधिवक्ता श्री श्यामराज ढुंगेल विपक्षी तर्फबाटः विद्वान सह न्यायाधिवक्ता श्री राजनारायण पाठक अवलम्वित नजिरः आदेश न्या.कृष्णजंग रायमाझीः नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३ र ८८(२) वमोजिम दायर हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त व्यहोरा यस प्रकार छ । २. सिंचाई तथा जलवायु विज्ञान विभागको २०३९।४।१ को निर्णय अनुसार अस्थाई निजामती सेवामा शुरु गरी २०४० बैशाख देखि अत्रौली पुट्टार सिंचाई योजनालको विकासको दरवन्दिमा पदस्थापन भई काम गरेको छु । २०४२।७।१६ गते सिंचाई तथा जलवायु विज्ञान विभागको योजना अवधि भरका लागि सिभिल इन्जिनियर, रा.प्र. तृ.प्रा. (इरिगेसन उप–समूह) को पदमा विज्ञापन भई परीक्षामा सफल भई श्री ५ को सरकारको २०४३।२।८ को निर्णय बमोजिम विकास तर्फको स्थाई निजामती कर्मचारीको रुपमा नियुक्ति भएको हुँ । उक्त नियुक्ति बमोजिम अत्रौली पुट्टार सिंचाई योजनामा पदस्थापन भई २०५० साल माघसम्म कार्यरत रहेकोमा २०५०।६।२८ को श्री ५ को सरकारको निर्णय बमोजिम चापाकोटटार सिंचाई योजना, स्याङ्जा सरुवा भई सेवा गरेको छु । त्यस योजनाबाट पनि श्री ५ को सरकारको मिति २०५२।८।१५ का निर्णय अनुसार वागमती सिंचाइै योजनामा सरुवा भै काम गर्दै आएकोमा मिति २०५६।८।२४ को सिंचाई विभागको पत्र अनुसार २०५६।८।२८ देखि मलाई हाजिर गर्न नदिई २०५६।१०।१४ मा अवकाश पत्र बुझायो । उक्त अवकास पत्रमा सचिव स्तरीय मिति २०५६।८।२४ को निर्णय अनुसार स्थायी इन्जिनियरबाट पदपुर्ति भएको हुँदा तपाईलाई अस्थाई इन्जियर पदवाट अवकास दिएको भन्ने उल्लेख रहेको । यसरी मलाई अवकाश दिंदा कुनै सुनवाईको मौका समेत दिइएको छैन । अवकास दिने अधिकार श्री ५ को सरकरमा मात्र निहित रहेकोमा सचिव स्तरीय निर्णयबाट मलाई अवकाश दिइएको अधिकार क्षेत्रको त्रुटी समेत छ । अस्थाई नभै स्थाई निजामती कर्मचारी भएकोमा अस्थाई भनि उल्लेख गरी अवकाश दिएको समेत कानून विपरीत छ । ने.का.प. २०५१ पृ. ५५३ मा प्रकाशित नजिरको आधारमा निजामती सेवाको साधारणतर्फ स्थायी गर्नु पर्नेमा अवकास दिएको समेत गैरकानूनी छ । तसर्थ उपरोक्त विपक्षीहरुको गैर कानूनी काम कारवाहीवाट मेरो मौलिक हकमा आघात पुर्‍याएको हुँदा विपक्षीको २०५६।८।२४ को अवकास दिने निर्णय बदर गरी साविकदेखि कार्यरत पदमा बहाल गरी निजाम