निर्णय नं. ३३८३ - किर्ते जालसाजी
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३३८३ - किर्ते जालसाजी भाग: ३० साल: २०४५ महिना: असार अंक: ३ फैसला मिति :२०४५/०२/२० २३९१ निर्णय नं. ३३८३ ने.का.प. २०४५ अङ्क ३ पूर्ण इजलास सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान सम्वत् २०४३ सालको फौ.पु.ई.नम्बर २४ फैसला भएको मिति : २०४५।२।२०।५ निवेदक/वादी : रौतहट पिपरीया पञ्चायत वार्ड नं. ५ बस्ने गिदरी अहिरनी समेत विरुद्ध विपक्षी/वादी : वारा प्र. पचरौता विसुनपुर गा.पं. वार्ड नं. ३ बस्ने रामनीरेखन राउत मरी मु.स. गर्ने ऐ.ऐ बस्ने सत्य नारायण राय यादवसमेत मुद्दा : किर्ते जालसाजी (१) विवादको राजीनामा लिखतको ल्याप्चे सहीछाप रेखा विशेषज्ञबाट जाँच हुँदा लिखतको सिरमा लागेको ल्याप्चे सही नबुझिने भनी राय दिएकोले कागज जाँचको ५, ६ र ७ नं. ले रीत पुगेको भन्न नमिल्ने । (प्रकरण नं. १५) (२) रीत नपुगेको लिखत रजिष्ट्रेशनको २५ नं. ले पारित हुन नसक्ने । (प्रकरण नं. १५) (३) कानूनले मान्यता पाउन सकिने अवस्था नरहेको लिखतको आधारमा कुनै दावी लिन पाउने अवस्था नहुने । (प्रकरण नं. १५) (४) जुन राजीनामा लिखतबाट वादीको हक जाने भन्ने आधारमा फिराद दावी लिई आएकोछ, सो राजीनामा लिखतले कानूनी मान्यता नपाउने भई वादीको हकमा कुनै असर पर्ने अवस्था नरहेकोले त्यस्तो लिखत कीर्ते गरे भन्ने वादी दावीमा विचार गर्न नपर्ने । (प्रकरण नं. १५) (५) राजीनामा लिखतले कानूनी मान्यता नपाउने भएपछि वादीले झुठ्ठा दावी गरेको भनी दण्ड सजायँको १८ नं. बमोजिम सजायँ गरेको कानून मिल्दो नदेखिने । (प्रकरण नं. १५) निवेदक/वादीतर्फवाट : विद्वान अधिवक्ता श्री महादेवप्रसाद यादव तथा विद्वान अधिवक्ता श्री सुन्दर लाल चौधरी विपक्षी/प्रतिवादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कुंज विहारीप्रसाद सिंह फैसला प्र.न्या.धनेन्द्रबहादुर सिंह : श्री ५ महाराजाधिराजका हजूरमा सर्वोच्च अदालत डिभिजनबेञ्चको २०४०।१२।२४ को निर्णय दोहर्याई पाउँ भनी श्रीमती गिदरी अहिरनी समेतको हकमा प्रशुराम चौधरीले मिति ०४१।१।२२ मा न्यायिक समिति मार्फत चढाई पठाएको न्या.स. ६८।८७८ को विन्तीपत्र र यस बारे न्यायिक समितिद्वारा चढाई पठाएको मिति ०४२।२।१४ संख्या १४२२ को पत्र तथा पत्रसाथ संलग्न पर्चा समेतको व्यहोरा जाहेर हुँदा मौसुफ सरकारबाट नेपालको संविधानको धारा ७२(ख) बमोजिम उक्त निर्णय दोहर्याई दिनु हुकूम बक्सेको छ भनी मौसुफ सरकारका प्रमुख सचिवालयबाट मिति २०४२।२।२४ मा लेखी आए अनुसार लगतमा दर्ता भई पेश हुनआएको प्रस्तुत मुद्दाको तथ्य यसप्रकारछ : २. म गिदरी अहिरनीको नाउँ दर्ता भोगको विसनपुर गा.पं. वार्ड नं. ४ को कि.नं.१०९ को ज.वि. ०–१७–१५ विपक्षीहरूले झुठ्ठा लेखत बनाई मैले नगरेको दुवै बुढी औंलाको ल्याप्चे सहिछाप झुठ्ठा वनाई विपक्षी राम निरखन राउत कुर्मी भई आफ्ना नाउँमा कीर्ते लेखत खडा गरी सम्पत लाल कायस्त र महेन्द्रप्रसादले सनाखत गर्ने साक्षी बसी, विपक्षी मोहनप्रसादले साक्षी बसी, विपक्षी राजेन्द्रलाल लेखत साक्षी बसी मेरो लोग्ने पुगित राउत समेतको झुठ्ठा ल्याप्चेको सहिछाप बनाई साक्षीमा राखी उक्त लेखत कीर्ते खडा गरी रु.११०००। को थैली हाली मिति ०३१।१०।११।६ मा भु.प्र.का.बाराबाट रजिष्ट्रेशन पारित गराई दिएको हुँदा हामीहरूको हक धन जाने नोक्सान हुने गरी कीर्ते गरे गराएकोले विपक्षीहरूलाई कीर्ते कागजको ऐन अन्तर्गत सजायँ गरिपाउँ भन्ने गिदरी अहिरनी समेतको फिरादपत्र । ३. गिदरी अहिर