निर्णय नं. ७६४८ - जोत नामसारी
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७६४८ - जोत नामसारी भाग: ४८ साल: २०६३ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०६२/१२/१७ २८८४ निर्णय नं.७६४८ ने.का.प.२०६३ अङ्क २ सर्वोच्च अदालत, पूर्ण इजलास माननीय न्यायाधीश श्री केदारप्रसाद गिरी माननीय न्यायाधीश श्री अनूपराज शर्मा माननीय न्यायाधीश श्री गौरी ढकाल संवत् २०६२ सालको दे.पु.ई.नं. ........३७ फैसला मितिः २०६२।१२।१७।५ मुद्दा :— जोत नामसारी । पुनरावेदक / प्रतिवादीः काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं. १९ ढोकाटोल वस्ने सागरप्रसाद मिश्रको मु.स.गर्ने छोरा नरेन्द्रप्रसाद मिश्र समेत विरुद्ध प्रत्यर्थी / वादी का.जि.का.म.न.पा.वडा नं. ३५ कोटेश्वर वस्ने कृष्णप्रसाद आचार्य § मोही निष्काशन हुने गरी फैसला भइसकेपछि पनि जग्गाधनीले साविक मोहीलाई नै मोही स्वीकार गरेको र उक्त फैसलाअनुसार तत्कालै मोही लगतकट्टा हुन नसकी कानूनीरुपमा साविकदेखिनै मोही रहिरहेको अवस्थामा साविकदेखि मोहीको हैसियतले कमाई आएको विवादित जग्गामा निजको मोहियानीसम्वन्धी हक अधिकार समाप्त भइसकेको मान्न मनासिब नहुने । (प्रकरण नं.२०) § साविक मोहीको मृत्यृपछि निजको हक खाने छोराका नाउंमा मोही नामसारी हुने । (प्रकरण नं.२२) पुनरावेदक प्रतिवादी तर्फवाटः विद्धान अधिवक्ता श्री हरिहर दाहाल प्रत्यर्थी वादी तर्फवाटः अवलम्वित नजीरः फैसला न्या.केदारप्रसाद गिरीः पुनरावेदन अदालत, पाटनबाट मिति २०५६।२।२० मा भएको फैसला उपर प्रतिवादी तर्फको यस अदालतमा मुद्दा दोहर्याई पाउं भनी परेको निवेदनमा न्याय प्रशासन ऐन, २०४८ को दफा १२ को उपदफा (१) को खण्ड (क) र (ख) वमोजिम मुद्दा दोहर्याई हेर्ने निस्सा प्रदान भई पेश हुँदा संयुक्त इजलासका माननीय न्यायाधीशहरु बीच मतैक्य हुन नसकी सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३ (१) (क) बमोजिम यस इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको तथ्य एवं ठहर यसप्रकार छः- २. म निवेदकको आमा पूर्ण कुमारी आचार्य (उपाध्याय) मोही र का.जि.का.म.न.पा.वडा नं. १९ ढोकाटोल वस्ने वलभद्र मिश्र जग्गाधनी भएको साविक कोटेश्वर गा.पं. वडा नं. ९ (क) कि.नं. ९८ को क्षे.फ. २–१–० हाल का.न.पा. वडा नं. ३५ अन्र्तगत पर्ने जग्गा म निवेदकको आमाको नाममा मोहियानी हक प्राप्त भई हाल आमा परलोक भएपछि मैले जोतभोग गर्दै आएको छु । आमा पूर्ण कुमारी मिति २०५०।११।१७ मा परलोक हुनु भएको हुँदा भूमि सम्वन्धी ऐन, २०२१ को दफा २६ (१) वमोजिम उक्त जग्गा म निवेदकको नाममा मोही नामसारी गरी पाउं भन्ने समेत व्यहोराको कृष्णप्रसाद आचार्यको निवेदन पत्र । ३. विपक्षी कृष्णप्रसाद आचार्यले जोत नामसारी गरी पाउं भनेको जग्गाको जग्गाधनी हाम्रो पिताजी वलभद्र मिश्र परलोक भई उहांको हकदारहरु हामी २ भाई वाहेक अरु कोही छैनन् । विपक्षीको माताजी श्रीमती पूर्ण कुमारी उपाध्यायनी आचार्यसंग वाली भराई जग्गावाट निष्काशन गरी पाउं भन्ने मुद्दामा काठमाडौं जिल्ला अदालतको मिति २०२६।३।२४ गतेको फैसलावाट वाली भराई जग्गावाट निष्काशन हुने ठहरेकोमा हाल सम्म मोही लगतमा निजैको नाम कायम भइराखेको, हाम्रो पिताजी वलभद्र मिश्र परलोक भई सक्नु भएकोले हकदार हामी २ भाई वाहेक अरु कुनै नभएकोले मृत्यु दर्ता प्रमाण पत्र राखी फैसला कार्यान्वयन गरी पाउं भनी यस कार्यालयमा २०४८।१२।१७ मा दे.नं. ७८८४ को निवेदनपत्र दर्ता भएकोमा सो जग्गा हाम्रो नाममा नामसारी दर्ता भई नसकेकोले कार्यान्वयन हुन नसकिरहेको सम्म हो । सो फैसला पश्चात् हाम्रो जग्गा कसैलाई कमाउन दिएको र कसैले कमाई आएको छैन । त्यसकारण विपक्षीको मागदाव