निर्णय नं. ३३८४ - उत्प्रेषण उपयुक्त रिट आज्ञा, आदेश जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३३८४ - उत्प्रेषण उपयुक्त रिट आज्ञा, आदेश जारी गरिपाउँ भाग: ३० साल: २०४५ महिना: असार अंक: ३ फैसला मिति :२०४५/०२/२५ २३१० निर्णय नं. ३३८४ ने.का.प. २०४५ अङ्क ३ पूर्ण इजलास सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री प्रचण्ड राज अनिल सम्वत् २०४३ सालको रिट पु.इ.नम्बर ५३ आदेश भएको मिति : २०४५।२।२५।३ मा निवेदक : का.न.पं. वडा नं. २७ असन बालकुमारी किशीढोका बस्ने ज्ञानमान तुलाधार विरुद्ध विपक्षी : निर्माण तथा यातायत मन्त्रालय, श्री ५ को सरकारसमेत विषय : उत्प्रेषण उपयुक्त रिट आज्ञा, आदेश जारी गरिपाउँ (१) नगरपञ्चायतबाट घर निर्माण गर्ने, नक्शापास हुने व्यवस्था रहेको तर नगर योजना स्वीकृत भएका नगरहरूमा नगर योजना कार्यान्वयन समितिबाट नियमित, नियन्त्रण तथा निषेध गर्न सकिने, घर भत्काउने आदेश नगरपञ्चायतबाट मात्र हुनसक्ने भन्न नमिल्ने, नगरपञ्चायत नगर विकास योजना कार्यान्वयन समिति रहेको स्थानहरूमा उजूरी हेरी कारवाही गर्ने अधिकार नगरपञ्चायत र समिति दुवैलाई हुने । (प्रकरण नं १३) निवेदकतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री सर्वज्ञरत्न तुलाधर विपक्षीतर्फबाट : विद्वान का.मु. अतिरिक्त न्यायाधिवक्ता श्री प्रेम बहादर विष्ट र विद्वान अधिवक्ता श्री होराप्रसाद जोशी उल्लिखित मुद्दा : पुनरावेदक मनोरमा ताम्राकार विपक्षी विरेन्द्र नगर निर्माण योजना कार्यान्वयन समिति सुर्खेत समेत भएको २०४३ सालको दे.पु.ई. नं. ७५ को निषेधाज्ञा मुद्दामा सर्वोच्च अदालत पूर्णइजलासबाट मिति २०४४१२१६ मा निर्णय भई सिद्धान्त प्रतिपादित आदेश न्या. धनेन्द्रबहादुर सिंह : प्रस्तुत रिट निवेदन नेपालको संविधानको धारा ७१ अन्तर्गत दर्ता भई सर्वोच्च अदालत संयुक्त इजलास समक्ष पेश हुँदा माननीय न्यायाधीशहरूको राय मतैक्य हुन नसकी यस इजलास समक्ष पेश हुनआएकोमा मुद्दाको तथ्य यसप्रकार छ : २. म निवेदकको घरको झ्याल ढोका छाना समेत भत्के विग्रेकोमा मर्मत गर्नको लागि का.न.पं. वडा नं. २७ वार्ड समितिबाट मिति २०३७।१२।१३ गते इजाजतपत्र लिई मर्मत कार्य गरेको यसरी मर्मत गरेकोमा विपक्षी कृष्णर्जुन कायस्तले मिति २०३८।२।२२ मा मेरो जग्गा समेत मिची झ्याल ढोका वरण्डा राख्न नपाउनेमा राखी मनमानी किसिमले नक्शा पास समेत नगरी घर उठाउँदै लगेकोले मेरो हक सुरक्षित गरिपाउँ भनी विपक्षी कार्यान्वयन समितिमा उजूर गर्नु भएको रहेछ । विपक्षी कार्यान्वयन समितिले उजूरीको सिलसिलामा मलाई बोलावट गरी मिति २०३८।९।७ मा बयान हुँदा गल्ली चोक भित्रको पुरानो घर नगरपञ्चायतको स्वीकृति अनुसार मरमत सम्म गरेको नयाँ बनाएको होइन भनी बयान गरेको थिए । यसमा बिना नक्शा पास नयाँ निर्माण कार्य गरी नगर निर्माण योजना कार्यान्वयन ऐन, २०२९ को दफा ५(१)(ग) को बिपरीत कार्य गरेकोले ऐ. ऐनको दफा ६(१) बमोजिम रु.५००।– जरिवाना गर्ने, अरुको जग्गातर्फ राखेका खुल्ला झ्याल बन्द गर्न लगाउने अरुको जग्गा माथि क्यान्टिलिभर निकाली बनाएको भाग जति सोही ऐनको दफा ५(१)(ग) बमोजिम प्रतिवादीले आफ्नैतर्फबाट भत्काउनु भनी सुनाई दिने नियमबमोजिम नक्शा पास गर्नको लागि ३५ दिनभित्र का.न.पं. मा निवेदन दर्ता गरी यस समितिलाई जानकारी दिने भन्ने विपक्षी कार्यान्वयन समितिबाट मिति २०३९।३।२७ गते फैसला भएको उपरोक्त फैसला उपर मेरो पुनरावेदन परेकोमा विपक्षी कार्यान्वयन समितिले मिति २०३९।३।२७ मा गरेको फैसला मनासिव भनी निर्माण तथा यातायात मन्त्रालयबाट मिति २०४२।९।१९ गते फैस