निर्णय नं. ७०९२ - गोली हानी हत्या ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७०९२ - गोली हानी हत्या । भाग: ४४ साल: २०५९ महिना: भाद्र अंक: ५ फैसला मिति :२०५८/०७/१६ २९६२ निर्णय नं.७०९२ ने.का.प.२०५९ अङ्क ५/६ संयुक्त इजलास माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय माननीय न्यायाधीश श्री ज्ञाइन्द्रबहादुर श्रेष्ठ संवत २०५० सालको फौ.पु.नं. .. २८५४ फौ.सा.नं. ...... २८० फैसला मितिः २०५८।७।१६।५ मुद्दाः गोली हानी हत्या । वादी पक्षः श्री ५ को सरकार प्रतिवादी विपक्षीः शेर सिंह लिम्वु पुनरावेदक प्रतिवादीः पांचथर जिल्ला लिम्वा गा.वि.स. वडा नं. ७ घर भई शाही नेपाली सेना शाही रक्षक हवाई सुरक्षा व्याट्री राजदरवारमा अमलदार पदमा कार्यरत हाल एै मा थुनामा रहेको शेर सिं लिम्वु विरुद्व विपक्षी वादी मानवहादुर तामाङको जाहेरीले श्री ५ को सरकार § रक्सी खाएर शाही सेनाका केही जवान हो हल्ला गरेको कारणबाट उत्पन्न स्थानीय गाउंलेहरुसंगको विवादका वारेमा जिम्मेवार सैनिकले रक्सी सेवन गरेको अवस्थामा लोड गरेको वन्दुक लिई गाउंले युवा समात्न जाने कार्यलाई कदापी उचित र कानूनसम्मत मान्न नसकिने । § मुलुकी ऐन ज्यान सम्वन्धीको ५ नं. मा ज्यान लिने इविलाग वा मनसाय नभै कसैले आफूले गरेको कर्तव्यले मानिस मर्ला जस्तो नदेखिएको कुनै काम कुरा गर्दा त्यसैद्वारा केही भै कुनै मानिस मर्न गएमा भवितव्य ठहर्छ भन्ने परिभाषा हुनाले सो परिभाषा भित्र प्रस्तुत अपराध पर्न नआउने । § प्रतिवादी स्वयंले साविति भई गरेको वयान र त्यसबाट अपराधको तहकिकातको निरोपणमा सघाउ पुग्न गएको स्थितिलाई विचार गर्दा मुलुकी ऐन अ.व. १८८ नं. वमोजिम ७(सात) वर्ष मात्र कैद सजाय हुने । (प्र.नं. २७ र २८) वादी तर्फबाटः पुनरावेदक प्रतिवादी तर्फबाटः विव्दान अधिवक्ता श्री लिलामणी पौडेल अवलम्वित नजिरः फैसला न्या.ज्ञाइन्द्रबहादुर श्रेष्ठः पुनरावेदन अदालत पाटन ललितपुरको मिति ०५७।८।२० को फैसला उपर चित्त नवुझी प्रतिवादीको पुनरावेदन परिआएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण एवं ठहर निम्नप्रकार छ :– २. का.जि.का.गोलढुंगा गा.वि.स. वडा नं. ४ मा पर्ने श्रीनागर्जुन मा.वि. जाने वाटोको चोकमा मिल जाने वाटो देखि ३ फिट फरक नागर्जुन जाने वाटोमा पानी वगेको ठाउँमा ३।३ इन्ची फरकमा वगेको पानीमा फायर भएको 9x19 MFS 93 लेखिएको फायर भएको खोका ३ र सोही नजिक पानी वाहिर मानिस हिड्ने वाटोतर्फ ३४ इन्चको फरकमा 9x19 MFS 93 लेखिएको फायर भएको गोलीको ४ खोका समेत थान ७ गोलीको खोका भेटिएको सो गोलिको खोका देखि करिव डेढ फिट फरकमा ३ फिट सडकमा रगत आलो वगेको भन्ने समेत व्यहोराको घटनास्थल प्रकृति विवरण । ३. २०५४।१२।३१ गतेको वेलुका ९:४५ वजेको समयमा म खाना खान गइरहेको अवस्थामा ४।५ वटा गोली पडकेको आवाज आई मानिस मर्यो भन्ने सुनि दौंडदै जाँदा कृष्णकुमार लामालाई रक्ताम्मे अवस्थामा निजको आमा र श्रीमतीले घर तर्फ ल्याउँदै गरेको अवस्थामा गोली लाग्यो भनेकोले पिकप गाडीमा हाली म र अन्य गाउँका मानिस समेतले अस्पतालमा ल्याउना साथ मुत्यु भयो । ४।५ जना शाही नेपाली सेनाका मानिसले गोली हानेको भनेको भनि निजका भाईले भनेको सुनेको थिएँ भन्ने व्यहोराको राम लामाको कागज । ४. वा.अ.ख. ४३ नं. को पिकप गाडीमा गाउँमा जादैको अवस्थामा वेखु भन्ने ठाउँमा पुगेपछि जंगलतिर गोली पड्केको आवाज आएको थियो । मान्छे वोकेको देखि सोधपुछ गर्दा आर्मीले गोली हानी लाग्यो भनि भनेकाले घाईते कृष्ण कुमार लामालाई गाडीमा राखि उपचारकोलागि वीर अस्पताल पुर्याउँदा निजको मृत्यु भएको हो भन्ने व्यहोराको कमल घिमिरेको कागज ।