निर्णय नं. ३३८५ - उत्प्रेषण वा जो चाहिने आज्ञा, आदेश जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३३८५ - उत्प्रेषण वा जो चाहिने आज्ञा, आदेश जारी गरिपाउँ भाग: ३० साल: २०४५ महिना: असार अंक: ३ फैसला मिति :२०४५/०१/२८ २३९९ निर्णय नं. ३३८५ ने.का.प. २०४५ अङ्क ३ पूर्ण इजलास माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री महेशराम भक्त माथेमा माननीय न्यायाधीश श्री प्रचण्ड राज अनिल सम्वत् २०४३ सालको रिट पूर्णइजलास नम्बर ४३ आदेश भएको मिति : २०४५।१।२८।३ मा निवेदक : का.जि.का.न.पं. वडा नं. १० बस्ने सन्तकुमारी शाहसमेत विरुद्ध विपक्षी : श्री मध्यमाञ्चल क्षेत्रीय अदालत, रानीपोखरी काठमाडौंसमेत विषय : उत्प्रेषण वा जो चाहिने आज्ञा, आदेश जारी गरिपाउँ (१) प्राप्त गरेको बकसपत्र लिखत तथा सो बमोजिम निजका नाममा भएको दर्ता बदर नभएपछि सोही जग्गा मध्येबाट खरीद गरी लिनेको जग्गामा निहित हक नमेटिने । (प्रकरण नं. १२) (२) जबसम्म दाताको हक मेटिंदैन तबसम्म खरीद गरेको जग्गामा हक कायम रहने । (प्रकरण नं. १२) (३) एकाको नाममा दर्ता हक कायम रहेको जग्गा दर्ता बदर नभएसम्म पछि परेको अंश मुद्दाको तायदातीमा पारी वण्डा गरी दर्ता गर्दैमा अघिल्लो दर्तावालाको हक स्वामित्व जाने वा समाप्त हुने कुरा नआउने । (प्रकरण नं. १२) निवेदकहरूतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्त प्रत्यर्थीहरूतर्फबाट : विद्वान का.मु. सह–न्यायाधिवक्ता श्री कृष्णराम श्रेष्ठ विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी आदेश न्या. सुरेन्द्रप्रसाद सिंह : नेपालको संविधानको धारा ७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनमा सर्वोच्च अदालत डिभिजनबेञ्चका माननीय न्यायाधीशहरूको बीच राय मतैक्य हुन नसकी निर्णयार्थ पेश हुनआएको प्रस्तुत रिट निवेदनको तथ्य यसप्रकार छ : २. हामी निवेदकका पति तथा पिता फत्तेजङ्ग मिल्न नसकी मिति २०२२।४।६ मा भान्सा अलग गरी खाई आएकोमा उक्त घरसारको वण्डापत्र बमोजिम छुट्याई नदिएकोले का.जि.अ. मा हामी निवेदकले २०३० सालमा नालेस गरी मिति २०२२।४।६ लाई मानो छुट्टिएको मिति कायम गरी तायदाती मागियो । फत्तेजङ्गबाट तायदाती नपर्दा म खगेन्द्रजङ्गबाट तायदाती पर्यो । यसमा भीमसेनगोला गाउँपञ्चायत वडा नं. ९ को कि नं. १०७ को जग्गा समेत छ । उक्त तायदाती मिति २०३२।१०।१४ मा पति एवं पितालाई सुनाइयो । प्रतिकृया नरहेकोले २०३२।१०।१४ मा उक्त जग्गा समेत अंश लाग्ने गरी का.जि.अ. बाट फैसला भयो । मिति २०३४।८।१५ मा म.क्षे.अ. बाट सो फैसला सदर गरी फैसला भई अन्तिम रुपमा रहेको छ । उक्त फैसला अनुरुप उक्त कि.नं.१०७ बाट कित्ताकाट भई कायम भएको कि.नं.२२४ र २२५ का जग्गा समेत हामी वादी प्रतिवादी बीचमा का.जि.अ. तहसीलबाट वण्डा लगाई हामीलाई चलन दिई का.जि.अ.को पत्रानुसार मालापोत कार्यालय काठमाडौंबाट हाम्रो नाममा दर्ता समेत भएको छ । उक्त कि.नं.१०७ बाट कायम भएको कि.नं.२२४ ओजस्वी राज्यलक्ष्मीबाट मिति २०३२।९।२५ मा पाएको हुँदा स्रेस्तामा मेरो नाम हुँदा मलाई नबुझी अंशको फैसलामा कि.नं.२२४ अंश लाउन नहुने भनी रुपा शाहको सम्मानीत अदालतमा रिट परी मिति २०३८।११।२४ मा रिट खारेज भयो । अर्कोतर्फ रुपा शाहले दर्ता बदर गरिपाउँ भनी काठमाण्डौ जिल्ला अदालत समक्ष नालेश गर्नु भएकोमा बाबुले आधा मात्र आफू खुस गर्न पाउने हुँदा आधा बदर फैसला गरेकोमा बागमती अञ्चल अदालत समक्ष पुनरावेदन गरेकोमा अञ्चल अदालतबाट ओजस्वीलाई दिएको २०२८ सालको बकसपत्र बदर नभएको भन्दै पुरै दर्ता बदर गरेको उपर पुनरावेदनको अनुमतिको लागि निवेदन गरेकोमा मिति २०४२।१।२६ मा अनुमति प्रदान नगर्ने आद