निर्णय नं. ७०९३ - कर्तव्य ज्यान ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७०९३ - कर्तव्य ज्यान । भाग: ४४ साल: २०५९ महिना: भाद्र अंक: ५ फैसला मिति :२०५८/०१/१३ २५९३ निर्णय न.७०९३ ने.का.प.२०४९ अङ्क ५/६ संयुक्त इजलास माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय माननीय न्यायाधीश श्री ज्ञाइन्द्रबहादुर श्रेष्ठ सम्वत २०५५ सालको फौ.पु.न. ... २०२५ सम्वत २०५६ सालको सा.नं. .. २९२ फैसला मितिः २०५८।१।१३।५ मुद्दाः– कर्तव्य ज्यान । पुनरावेदक प्रतिवादीःजिल्ला उदयपुर देउराली गा.वि.स.वडा नं.५ घर भई हाल कारागार शाख चन्द्रगढी झापामा थुनामा रहेकी पदममायाँ वस्नेत बिरुद्व प्रत्यर्थी वादीः राधा वस्नेतको जाहेरीले श्री ५ को सरकार पुनरावेदक वादीः राधा वस्नेतको जाहेरीले श्री ५ को सरकार विरुद्व प्रत्यथी प्रतिवादीः जि. उदयपुर देउराली गा.वि.स वडा नं. ५ भई हाल कारागार शाखा चन्द्रगढी झापामा थुनामा रहेकी पदममायाँ वस्नेत § मृतक बालकको उमेर केवल २ महिना ५ दिन मात्र भएको पाइदा त्यस्तो बालक कोक्राबाट बाहिर निस्कन र आफै कुनै वस्तु सेवन गर्न सक्ने अवस्था नहुने । § आफूले चाहे जस्तो गरि छोराको विवाह गर्न नपाएकोले छोराले इन्कार गर्दागर्दै अन्यत्र वच्चा जन्माएकी आईमाईलाई वच्चा सहित इच्छा विपरीत घरमा भित्र्याई दिएकाले समाजको सामु खिन्नता उत्पन्न भई कोही नभएको मौका छोपी कोक्रामा सुतिरहेको अवोध दुधे कलिलो (२ महिना ५ दिनको) उमेरको बालकलाई विष ख्वाई हत्या गरेको देखिंदा यसरी जानीजानी विष खुवाई कठोर अपराध गरेकोले अ.वं. १८८ नं. आकर्षित नहुने । (प्र.नं. ३६ र ३७) पुनरावेदक प्रतिवादी तर्फबाटः प्रत्यर्थी वादी तर्फबाटः अवलम्वित नजिरः फैसला न्या.ज्ञाइन्द्रबहादुर श्रेष्ठः न्याय प्रशासन ऐन ०४८ को दफा ९ अन्तर्गत परेको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छ : २. म जाहेरवाली जिल्ला उदयपुर गा.वि.स. देउरी वडा नं. ५ वस्ने सुर्यवहादुर वस्नेतको घरमा ४,५ वर्ष अगाडि देखि वसी जि. सप्तरी अन्तर्गत सिसवारी मा.वि.मा अध्ययन गर्दाको अवस्थामा ऐ ऐ वस्ने वर्ष १८ को सोमकुमार वस्नेतसंग सोही स्कूलमा पढ्ने दुवैजनाको मन्जुरीबाट शारीरिक सम्बन्ध कायम भई मिति २०५१ साल फाल्गुण महिना देखि गर्भ रहन गएको कुरा अवगत गराउँदा कतै पनि हल्ला नगर म छँदै छु भनेकोले मैले हल्ला गरिन । पछि अरुले थाहा पाएपछि सोम कुमारको बावु र मेरो वावु बसेर गाउँलेहरुलाई जम्मा गरी जिम्मा लगाउन खोज्दा निज केटा सोम कुमार भागी गएकोले मलाई सोही घरमा जिम्मा लगाएकोले म त्यही बसी आएकोमा मिति २०५२ साल मार्ग महिनामा मेरो गर्भबाट छोरा जन्मिएको थियो । तत्पश्चात पति सोमवहादुर पनि घरमा नै भएतापनि बोलचाल भने थिएन । २०५२।१०।८ गते विहान अं. ८ बजे तिर छोरा खम्ब सिंह बस्नेतलाई कोक्रामा सुताई घाँस काट्न गएकी र फर्की आउँदा कोक्रामा नानी आलसतालस भै मुखमा फिँज काडी रहेको भेटी कोक्राबाट झिकी दुध खुवाउँदा नखाएकोले नानीलाई के भयो भनि म कराउन खोज्दा ससुरा आई झारफुक गरि दिए पछि बालकको मृत्यु भयो । मैले बालक कर्तब्यबाट मरेको छ जाहेर गर्नु पर्छ भन्दा समेत नमानी गाउँले भेला भै लास दवाए, निज वालकको मृत्यु सासु पदममायाँ बस्नेत, पति सोमबहादुर बस्नेत समेतको कर्तब्यबाट भएकोमा विश्वास लाग्छ भन्ने समेत व्यहोराको राधा वस्नेतको जाहेरी दर्खास्त । ३. मृतक खम्व सिंह वस्नेतको लास राखेको ठाउँमा हेर्दा उत्तानो अवस्थामा भएको दुवै आँखा वन्द दुवै कानबाट केही नवगेको नाकको प्वालबाट तरल पदार्थ बगेको मुख खुला रहेको, मुखबाट फिंज बगेको, ओठ कालो देखिएको छाती र दाहिने पाखुरामा र