निर्णय नं. ७६४९ - लागू अौषध
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७६४९ - लागू अौषध भाग: ४८ साल: २०६३ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०६३/०२/२५ ५४८७ निर्णय नं.७६४९ ने.का.प.२०६३ अङ्क २ सर्वोच्च अदालत, पूर्ण इजलास माननीय न्यायाधीश श्री मीनबहादुर रायमाझी माननीय न्यायाधीश श्री शारदाप्रसाद पण्डित माननीय न्यायाधीश श्री राम कुमारप्रसाद शाह सम्वत् २०६२ सालको फौ.पु.ई.नं. ...३० फैसला मितिः २०६३।२।२५।५ मुद्दाः— लागूऔषध । पुनरावेदक / प्रतिवादी जिल्ला रुपन्देही बुटवल नगरपालिका वडा नं.११ घर भई हाल कारागार शाखा त्रिपुरेश्वर, काठमाडौंमा थुनामा रहेको सचिन श्रेष्ठ विरुद्ध प्रत्यथी / वादीः प्र.ना.नि.विनोद निरौलाको जाहेरीले श्री ५ को सरकार § सरकारी मुद्दासम्बन्धी ऐन, २०४९ को दफा १५ को उपदफा (३) मा सरकारवादी हुने फौजदारी मुद्दामा तहकिकातको लागि थुनामा राख्ने म्याद थपको लागि अदालतमा उपस्थित गराउँदा आफ्नो शारीरिक जाँचको लागि अदालत समक्ष निवेदन गर्न सक्ने व्यवस्था गरिएको र यस व्यवस्थाले मुद्दाको अनुसन्धान तहकिकातको अवस्थामा प्रहरीवाट हुन सक्ने गैरकानूनी बल प्रयोगवाट अभियुक्तलाई सुरक्षाको प्रत्याभूति प्रदान गरिएको देखिनुका साथै उक्त कानूनी व्यवस्थाअनुसार निवेदन दिन सकिने व्यवस्थाको प्रमाण ऐन, २०३१ को दफा ९(२)(क) को कानूनी व्यवस्थासंग सार्थक सम्बन्ध रहेको मान्नुपर्ने । (प्रकरण नं.२४) § प्रहरी अधिकृतले सरकारी वकीलसमक्ष गराएको बयान आफ्नो स्वच्छा विपरीत भएको वा प्रहरीले कुटपीट गरी वा डर त्रासमा पारी गराएको भन्ने जिकिर लिन र सो कुराका सम्वन्धमा अदालतलाई विश्वास दिलाउन नसकेको अवस्थामा पुनरावदेक प्रतिवादीको सो सम्बन्धी पुनरावेदन जिकिर कानून तथा औचित्यको दृष्टिकोणवाट समेत मनासिब देखिन नआउने । (प्रकरण नं.२५) § प्रस्तुत मुद्दा प्रहरी नायब निरीक्षक विनोद निरौलाको प्रतिवेदनवाटै उठान भएको र निजले नै प्रतिवादीहरूको खानतलासी गरी लागूऔषध बरामद गरेको भन्ने मिसिल संलग्न प्रतिवेदन तथा बरामदी मुचुल्कावाट देखिन आएकोले प्रस्तुत वारदातका सम्वन्धमा निजले गरेको बकपत्रलाई प्रमाणमा लिन मिल्दैन भन्ने पुनरावेदन जिकिरमा कुनै कानूनी आधार नदेखिने । (प्रकरण नं.२६) पुनरावेदक प्रतिवादी तर्फवाटः विद्वान अधिवक्ता श्री लभ कुमार मैनाली प्रत्यर्थी वादी तर्फवाटः विद्वान उपन्यायाधिवक्ता श्री महेन्द्रबहादुर कार्की अवलम्वित नजीरः फैसला न्या.रामकुमारप्रसाद शाहः विशेष अदालत काठमाडौंको मिति ०५९।११।२९ को फैसला उपर विशेष अदालत ऐन, २०५९ को दफा १७ बमोजिम यस अदालतमा परेको पुनरावेदन निर्णयार्थ पेश हुँदा संयुक्त इजलासका माननीय न्यायाधीशहरू विच मतैक्य हुन नसकी सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३(१) (क) बमोजिम यस इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको तथ्य एवं ठहर यसप्रकार छः— २. जिल्ला रुपन्देही बुटवल नगरपालिका वडा नं. ११ बस टर्मिनल (नयाँ बसपार्क) को पश्चिम किनारा, पुर्व बसपार्किङ्ग गर्ने पक्की भाग, पश्चिम सोही बसपार्कको पक्की पर्खाल उत्तर खाली जग्गा तथा पेटी, दक्षिण पेटी यति चार किल्ला भित्र बसन्त क्षेत्रीले लगाएको पाइन्टको दाहिने खल्ती भित्र निलो रंगको रुमालमा लपेटी राखेको प्लाष्टिकको पोका भित्र ३५ ग्राम, सचिन श्रेष्ठको पाइन्टको बाया खल्ती भित्र सानो पोको प्लाष्टिक भित्र ३० ग्राम हेर्दा खैरो रंगको देखिने लागूऔषध ब्राउन सुगर बरामद भएको भन्ने बरामदी मुचुल्का । ३. मिति २०५९।२।२४ गते बुटवल नगरपालिका वडा नं.११ नयाँ बसपार्कमा बसन्त क्षेत्रीको शरीर तलासी गर्दा ३५ ग्राम र सचिन श्रेष्ठको शर