निर्णय नं. ७०९४ - उत्प्रेषण समेत ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७०९४ - उत्प्रेषण समेत । भाग: ४४ साल: २०५९ महिना: भाद्र अंक: ५ फैसला मिति :२०५९/०५/२१ ३११८ निर्णय नं.७०९४ ने.का.प.२०५९ अङ्क ५/६ संयुक्त इजलास माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय माननीय न्यायाधीश श्री मीनवहादुर रायमाझी संवत् २०५८ सालको रिट नं. .... २९०२ आदेश मितिः २०५९।५।२१।६ विषयः उत्प्रेषण समेत । निवेदकः नेपाल कृषि अनुसन्धान परिषद, केन्द्रिय कार्यालय सिंहदरवार प्लाजामा लेखापाल पदमा कार्यरत चेतनाथ लामिछाने समेत विरुद्ध विपक्षीः अख्तियार दुरुपयोग अनुसन्धान आयोग, ववरमहल समेत § जुन उत्तर पुस्तिकाहरुमा अनियमितता देखिएको छ त्यस्ता उत्तरपुस्तिकाको आधारमा परीक्षा उत्तिर्ण भै सेवामा नियुक्ति पाउने ब्यक्ति र अनियमिततारहीत उत्तर पुस्तिकाका आधारमा परीक्षा उत्तिर्ण भै सेवामा प्रवेश पाउने ब्यक्तिलाई कारवाहीको तहमा समकक्षमा राख्न नमिल्ने। § प्रश्नपत्रको अनियमितता वा सम्पूर्ण परीक्षा नै अनियमित नभै केही ब्यक्तिहरुको उत्तरपुस्तिकाको सम्म अनियमितता देखिएको स्थितिमा सम्पूर्ण परीक्षा नै बदर गर्नुपर्ने औचित्य नदेखिने । § सम्वन्धित सार्वजनिक पद धारण गरेको व्यक्ति उपर मुद्दा चलाउने वा विभागीय कारवाही वा अन्य आवश्यक कारवाहीको लागि सिफारिश गर्न सम्म पाउने आफ्नो अधिकारक्षेत्रको परिधि वाहिर गई अन्ततः सवै रिट निवेदकहरु सेवा मुक्त हुन जाने प्रकृतिको परीक्षा नै वदर गर्न लेखी पठाउने गरी विपक्षी अख्तियार दुरुपयोग अनुसन्धान आयोगवाट गरिएको निर्णय औचित्यपूर्ण र न्यायोचित मान्न नमिल्ने । § आयोगको अनुसन्धानवाट विवादित परीक्षा प्रक्रियामा संलग्न भएका मध्ये दुषित नतिजा प्रकाशनका लागि सहभागी भएका जिम्मेदार व्यक्ति को को हुन ? स्पष्ट खुल्ने गरी कानून वमोजिम निर्णय गर्नु भनि विपक्षी अख्तियार दुरुपयोग अनुसन्धान आयोगका नाउंमा परमादेश जारी हुने । (प्र.नं. १० र ११) निवेदक तर्फबाटः विद्वान वरिष्ठ अधिवक्ता श्री गणेशराज शर्मा, विद्वान अधिवक्तात्रय श्री प्रकाश वस्ती, वालकृष्ण न्यौपाने र दिनेश त्रिपाठी विपक्षी तर्फबाटःविद्वान नायव महान्यायाधिवक्ता श्री नन्दबहादुर सुवेदी, विव्दान अधिवक्ता श्री यज्ञमूर्ति वन्जाडे र श्री राधेश्याम पराजुली अवलम्वित नजिरः आदेश न्या.केदारनाथ उपाध्यायः नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३।८८(२) अन्तर्गत दायर भई पेश भएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य र निर्णय यसप्रकार छ । २. विपक्षी कृषि अनुसन्धान परिषद पदपूर्ति समितिले २०५६।११।२७ को गोरखापत्रमा प्रकाशित विज्ञापन नं. १ देखि २७/५६–५७ सम्मका २७ खुल्ला प्रतियोगितात्मक विज्ञापन वमोजिम विज्ञापन नं. २४ लेखापाल पदसंख्या २८, वि.नं. २५ प्रशासकीय अधिकृत पदसंख्या २ र वि.नं. २६ प्रशासन सहायक पदसंख्या १४ को खुल्ला प्रतियोगितामा लिखत र मौखिक परीक्षा दिएकोमा सफल उमेदवारको रुपमा सिफारिश भई २०५७।७।१५ को नियुक्तिले हांमी निवेदक पदस्थापन भई कामकाज गरि आएका छौं । हाम्रो परीक्षणकाल सन्तोषजनक भएकोले स्थायी नियुक्ति दिने भनि सम्वन्धित अधिकृतले सिफारिश गरेका परीक्षणकालको नौ महिने अवधि समाप्त गरेका व्यक्ति हौं । ३. यसै वीच २०५८।६।३ को पत्रपत्रिकामा नेपाल कृषि अनुसन्धान परिषदले खुल्ला प्रतियोगितावाट पदपूर्ति गरेका उक्त नतिजा वदर गर्ने भनि प्रकाशन गरेकोले के रहेछ भनि विपक्षी अ.दु.अ.आ.को २०५८।५।२७ को वैठकको निर्णय उतार हेर्दा लेखा अधिकृत २ पद, लेखापाल २८ पद, प्रशासकीय अधिकृत २ पद र प्रशासन सहायक १४ पदको लिखित परीक्षा लिएकोमा लेखा अध