निर्णय नं. ३३८७ - सवारी दुर्घटनाबाट मानिसको मृत्यु
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३३८७ - सवारी दुर्घटनाबाट मानिसको मृत्यु भाग: ३० साल: २०४५ महिना: असार अंक: ३ फैसला मिति :२०४४/१२/२३ २६६३ निर्णय नं. ३३८७ ने.का.प. २०४५ अङ्क ३ संयुक्त इजलास सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह सम्वत् २०४४ सालको फौ.सा.नं. ७२ फैसला भएको मिति : २०४४।१२।२३।३ मा वादी : प्र.ह. चन्द्रप्रकाश मिश्र र तुलासिंह पुनःसमेतको जाहेरीले श्री ५ को सरकार विरुद्ध प्रतिवादी : भारत घर भई जि.टि.के. ४०११ नं. को टुरिष्टबस चालक शोभावाई पटेलसमेत मुद्दा : सवारी दुर्घटनाबाट मानिसको मृत्यु (१) ब्रेक लगाउँदा काम दिन नसकेकोले दुर्घटना भएको कुरा प्रतिवादीले स्वीकार गरेको, आफूले चलाएको बस भन्दा अगाडि सनसाइकल गइरहेको कुरा पनि स्वयंले स्वीकार गरेको, सो सनसाइकललाई उछिनी आफ्नो बस अगाडि लैजान खोजेको, जाहेरवाला र सरजमीनका व्यक्तिहरूको अदालतमा भएको बकपत्रबाट समेत प्रतिवादीको गाडी हँकाई लापरवाही रहेछ भन्ने देखिन आएको यस स्थितिमा प्रतिवादी बस चालक निर्दोष रहेको भन्न सकिने अवस्था नरहने । प्रतिवादीलाई माग दावी बमोजिम ज्यानसम्बन्धी १३(३) नं. बमोजिम सर्वश्वसहित जन्मकैद गरेको इन्साफ मनासिव ठहर्ने । (प्रकरण नं. १५) फैसला प्र.न्या.धनेन्द्रबहादुर सिंह : पश्चिमाञ्चल क्षे.अ.ले साधक निकाशाको लागि जाहेर गरेको प्रस्तुत मुद्दाको तथ्य यसप्रकार छ : २. २०४०।२।२३ गतेका दिन दिउँसो १.१५ बजेको समयमा मधौलिया गा.पं. अन्तर्गत कोटिहवानिर जि.टि.४०११ नं. को टुरिष्ट बसले लु.अं. ६१० नं. को सनसाइकल एक्सिडेन्ट गर्यो भन्ने थाहा पाई गई हेर्दा उक्त नं.को सनसाईल कच्याक कुचुक परेको र उक्त साइकिलमा सवारी रहेका सि.न.पं. वडा नं. ३ बस्ने सत्यजित पुनलाई मृतक अवस्थामा देखि दुर्घटना बस र चालक सोमावाई पटेल समेतलाई पक्राउ गरी दाखिल गरेको छु । कारवाही होस् भन्ने प्र.ह. चन्द्र प्रकाश मिश्रको प्रतिवेदन रहेछ । ३. जि.रु. मधौलिया गा.पं. वडा नं. ४ मा पर्ने सिद्धार्थ राजमार्गको पूर्व सडकको पानी जाने कुलो पश्चिम सडक र आँपको रुख, उत्तर राजमार्ग, दक्षिण सोही राजमार्ग यति ४ किल्ला भित्र जि.टि.के. ४०११ नं. को इण्डीयन टुरिष्ट बस लु.अं. ६१० नं. को प्राइभेट सनसाइकलमा सवार रहेको सत्यजित पुनको लाश, सो लाश हेर्दा दुबै हात छाती मुनि टाउको गिद्धि उछिटिएको र उत्तर पूर्व, उत्तर पश्चिम तर्फ पुगेको, दाहिने हात पाखुरामा ४ ठाउँमा काटिएको बायाँ खुट्टाको पैताला माथि २ जति टिसर्टमा टायरको डाम देखिएको, लाशको घाँटी पुरै फुटेको, मुटु कलेजो बाहिर निस्केको हात खुट्टा छुटेको पिचरोडको चौडाई १५ हातको पश्चिमतर्फ ८ हात चार अंगुल आफ्नो साइड छोडी दायाँ तिर साइडको सडकमा टायर घिसारिएको डाम देखिएको शुरु ब्रेक लगाएको स्थान देखि सनसाइकल ठोकिएको ठाउँसम्मको दुरी ४९ हात ४ अंगुल भएको र टायरको डाम देखिएको सो ठोकिएको ठाउँ देखि सात हात उत्तरतर्फ घिसारिइँदै गएर उक्त सनसाइकल पल्टिएको ठाउँ देखि ४।। हात उत्तर साइकल सवार मृतक सत्यजित पुनको लाश । लाशलाई कुल्चिदै गई ८२ हात उत्तरतिर बायाँ साइडमा लागि घटना गर्ने जि.टि.के ४०११ नं. को बस रोकिएको घटनास्थल तथा लाश प्रकृति मुचुल्का रहेछ । ४. भारत गुजारातबाट नेपाल पशुपतिनाथको दर्शन गर्न भनी म समेतका ५० जना पेसेन्जर भई उक्त ४०११ नं. को बसमा आएको अवस्था भैरहवा आई बुटवलतर्फ गई रहेको बखत मधौलिया गा.पं. अन्तर्गत कोटिहवा निर पुग्दा अगाडि लु.अं. ६१० नं. को सनसाइकल गई रहेको पछि पछि हामी बसेको बस ८०।९० कि.मि. को रफ्