निर्णय नं. ३३८८ - उत्प्रेषणयुक्त परमादेशको आदेश जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३३८८ - उत्प्रेषणयुक्त परमादेशको आदेश जारी गरिपाउँ भाग: ३० साल: २०४५ महिना: असार अंक: ३ फैसला मिति :२०४४/१२/२८ २०९१ निर्णय नं. ३३८८ ने.का.प. २०४५ अङ्क ३ संयुक्त इजलास सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल सम्वत् २०४३ सालको रिट नम्बर २५१५ आदेश भएको मिति : २०४४।१२।२८।१ मा निवेदक : वारा जिल्ला भतैडा गा.पं.वडा नं. ५ बस्ने खड राउत कुर्मी विरुद्ध विपक्षी : ऐ.ऐ. बस्ने ध्रुवप्रसाद गुप्तासमेत विषय : उत्प्रेषणयुक्त परमादेशको आदेश जारी गरिपाउँ (१) कित्ता नं. खुलाई छुट्टा छुट्टै निवेदन परी रहेको स्थितिमा छुट्टा छुट्टै मिसिल कायम गरी निर्णय गर्नुपर्ने । दुबै मुद्दाको एउटै मिसिल खडा गरी निर्णय गरेको त्रुटिपूर्ण देखिने । (प्रकरण.नं. ९) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री प्रकाश वस्ती विपक्षीतर्फबाट : विद्वान का.मु. सह–न्यायाधिवक्ता श्री कृष्णराम श्रेष्ठ आदेश प्र.न्या. धनेन्द्रबहादुर सिंह : नेपालको संविधानको धारा ७१ अन्तर्गत दर्ता भई निर्णयार्थ पेश हुनआएको प्रस्तुत रिट निवेदनको संक्षिप्त व्यहोरा यसप्रकार छ : २. भतौडा गा.पं. वडा नं. ५ स्थित साविक कि.नं.१४७ को ज.वि. ०–२–१५ को जग्गाधनी विपक्षी किशोरीलाल साहु कानुको पिता उगर साहु कानून ऐ. स्थित साविक कि.नं.१४८ को ज.वि. ०–५–० को ज.ध. विपक्षी ध्रुबप्रसाद गुप्ताको पिता हिरालाल भई दुवै कित्ता जग्गाको जोताहा मेरो पिता समशेर भन्ने रमेश राउत कुर्मी भएकोमा विपक्षीहरूका पिताले २०२३ साल देखि मोहियानी हटक गरेकाले मेरा पिताले फिराद गरी भूमिसुधार विशेष अदालत वाराबाट क्रमशः मिति २०२३।५।२४, २०२३।५।१६ मा मेरा स्वर्गीय पिताको मोही हक कायम हुने निर्णय भई उक्त जग्गाको जोताहा महलमा मेरो पिताको नाम कायम गरिएकोमा पिता स्वर्गीय भए पश्चात उक्त जग्गा मैले जोती कूत बुझाई आइरहेको थिएँ । निज विपक्षीहरूको पिताहरूको देहान्त पश्चात उक्त जग्गाको जग्गाधनी विपक्षीहरू हुनु भएबाट उक्त जग्गाको मोही नामसारी गरिपाउँ भन्ने मैले निवेदन विपक्षी भूमिसुधार कार्यालय, वारामा दिएको र पछि हालको कि.नं.पनि उल्लेख गरी दुई अलग–अलग संशोधन निवेदन दिएकोमा मिसिल सामेल भई कारवाहीका निमित्त रहेको थियो । विपक्षी नं. ३ बाट जारी भएको म्यादमा विपक्षी नं. २ ले म्याद बुझी प्रतिवाद नै नगरी मेरो दावीलाई स्वीकार गरेको र दावी अनुरुपको जग्गाको जग्गाधनी म होइन भन्ने विपक्षी नं. १ को प्रतिवाद भए पनि निज जग्गाधनी रहेको कि.नं.१३४ नै साविक कि.नं.१४८ रहेको प्रमाण मिसिल सामेल रहेको । भूमिसुधार विशेष अदालत फैसला अनुसारको जग्गाको ज.ध. विपक्षी नं. १ र २ नं. भएको भन्दै मेरो निवेदन तामेलीमा राख्ने गरी विपक्षी नं. ३ ले मिति २०४३।२।८ मा निर्णय गर्यो । ३. दुइवटा कित्ता जग्गामा दुई अलग–अलग विवाद भएकोमा एउटै निर्णय हुनु प्रतिपादित सिद्धान्तको बर्खिलाप छ । विवादित जग्गाको विधिवत मोही मेरो पिता भएको तथ्युक्त प्रमाण भूमिसुधार वि.अ. वाराको मिति २०२३।५।२४ र २०२३।५।१६ को फैसला छ । उक्त फैसला यथास्थितिमा भएबाट चुनौती रहित छ । भूमिसम्बन्धी ऐन, २०२१ को दफा २५(१) को बिपरीत भई विपक्षी नं. ३ ले मेरो निवेदन उपर कुनै सबूद प्रमाण नै नबुझी तामेलीमा राख्ने गरी गरिएको निर्णयमा प्रमाण ऐनको दफा ३,५४ अ.बं. १८४(क) १८५ र १८९ नं. समेतको बिपरीत छ । विवादित जग्गाको साविक नम्बर उल्लेख गरी मैले निवेदन गरेकोमा पछि हाल नापी हुँदाको कि.नं.समेत उल्लेख गरी मैले समयमा नै संशोधन समेत गरी प