निर्णय नं. ७०९६ - उत्प्रेषण ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७०९६ - उत्प्रेषण । भाग: ४४ साल: २०५९ महिना: भाद्र अंक: ५ फैसला मिति :२०५९/०१/१७ ३३७९ निर्णय नं.७०९६ ने.का.प.२०५९ अङ्क ५.६ संयुक्त इजलास माननीय न्यायाधीश श्री गोविन्दवहादुर श्रेष्ठ माननीय न्यायाधीश श्री शुसिला सिंह सिलु संवत् २०५६ सालको रिट नं. ..३५९७ आदेश मितिः २०५९।१।१७।३ विषयः उत्प्रेषण । निवेदकः का.जि.का.म.न.पा.वडा नं. २६ इटुंवहाल वस्ने दिलशोभा शाक्य समेत विरुद्ध विपक्षीः काठमाडौं जिल्ला अदालत काठमाडौं समेत § फैसला बमोजिम जग्गा छुटयाई पाउं भनि एक पक्षले दिएको निवेदनको आधारमा अर्को पक्षलाई आफ्नो भनाइ राख्ने मौका नदिई जग्गा छुटयाउने गरेको कार्य प्राकृतिक न्यायको सिद्धान्तको प्रतिकूलको हुने । § सर्जमिन मुचुल्का उठाउनु कारवाहीको एउटा प्रक्रिया र अर्को पक्षलाई सुनुवाइको मौका प्रदान गर्नु प्राकृतिक न्यायको सिद्धान्तको आधारभूत मान्यता भएकोले न्याय सम्पादनको शास्वत मान्यता भित्र नै प्रवेश नगरी गरेको कार्य त्रुटिपूर्ण हुने । § निवेदकहरुलाई जग्गा छुट्याउंदा कुनै सूचना तथा जानकारी नै नदिई नरमकरम मिलाई जग्गा वांडफांड गरिएको भनिएको कार्य प्राकृतिक न्यायको सिद्धान्त विरुद्धको देखिंदा मालपोत कार्यालय कलंकीवाट २०५६।६।१३ मा गरिएको दा.खा. नामसारी गर्ने निर्णय उत्प्रेषणको आदेशद्वारा वदर हुने । (प्र.नं. १० र ११) निवेदक तर्फबाटःविद्वान अधिवक्ताद्वय श्री गंगा सागर खत्री र श्री मेहर थापा विपक्षी तर्फबाटः विद्वान अधिवक्ता श्री कोमल प्रकाश घिमिरे अवलम्वित नजिरः आदेश न्या.गोविन्दबहादुर श्रेष्ठः नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३ र ८८ (२) अन्तर्गत दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एबं ठहर यसप्रकार छ । २. का.जि. कालीमाटी साविक वडा नं. १ (ख) कि.नं. ४७ को क्षे.फ.०-३-२, ऐ. कि.नं. ६६ को क्षे.फ. ०-७-२, ऐ.कि.नं. २४२ को क्षे.फ. १-२-३-२, ऐ. स्वयम्भु डल्लु साविक वडा नं. ३ (क) कि.नं. ११०७ को क्षे.फ. ०-१२-३-०, ऐ. वडा नं. १ कि.नं. ५३ को क्षे.फ. १-४-२-०, ऐ. सितापाइला वडा नं. ९ (ग) कि.नं. ५९० को क्षे.फ. १-१५-० का ६ कित्ता जग्गामा विपक्षी नं. ४ र ५ को ५०% र हामी निवेदकहरु मध्येका मान वहादुर, रत्नमान, सानुवावु, अमृतमान र दिलसोभा समेतको २५% लक्ष्मी सोभा मैयानानी, गुणरत्न समेतको १२.५% र भुवन देवी धर्ममान देवराज समेतको १२.५% र कि.नं. ५९० को जग्गामा मान वहादुर, रत्नमान, सानुवावु र दिलसोभा समेतले आफ्नो २५% ०५५।५।३१ को हा. व. लिखतवाट हक छाडी एकमान शाक्यको हक कायम भई संयुक्त जग्गाधनी दर्ता प्रमाणपूर्जा प्राप्त गरी संयुक्त रुपमा जोतभोग गरी आएकोमा उल्लेखित जग्गाको हक हिस्सा छुटयाई पाउं भनी विपक्षी ४ र ५ नं. ले काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गर्नु भएकोमा २०५५।१०।२५ मा नरम करम मिलाई कि.का. गरी दिनु भन्ने फैसला भएको थियो । उक्त फैसलालाई चित्त वुझाई वसेकोमा मालपोत कार्यालय कलंकीवाट हामी संयुक्त दर्तावालाहरुलाई वुझदै नवुझी थाहा जानकारी नै नदिई हामीहरु समेतको संयुक्त हक भोग कायम रहेको जग्गाहरु २०५६।६।१३ मा कित्ताकाट गर्ने निर्णय भई कित्ताकाट भैसकेको रहेछ । २०५५।१०।२५ को फैसला कार्यान्वयनको सन्दर्भमा कित्ताकाट गर्दा हामी निवेदकहरुलाई रोहवरमा राखी नरमकरम मिलाई कित्ताकाट गरी दिनु भनि जनाउ पूर्जी लेखि पठाउनु पर्नेमा सो बमोजिम गरिएको छैन । विपक्षी ४ र ५ नं. को भागमा असल, वाटोको मोहडा भएको, वढी मूल्यांकन पर्ने र दुई कित्ता जग्गामा मोहीले वनाएको घर नपर्ने गरी र हामी निवेदकहरुको भागमा कम अ