निर्णय नं. ३३८९ - उत्प्रेषणयुक्त परमादेशको आदेश जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३३८९ - उत्प्रेषणयुक्त परमादेशको आदेश जारी गरिपाउँ भाग: ३० साल: २०४५ महिना: असार अंक: ३ फैसला मिति :२०४५/०१/०६ २५३० निर्णय नं. ३३८९ ने.का.प. २०४५ अङ्क ३ संयुक्त इजलास सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल सम्वत् २०४३ सालको रि.नं. २२४४ आदेश भएको मिति : २०४५।१।६।२ मा रिट निवेदक : सुनसरी जिल्ला दुहवी आर्दश गाउँपञ्चायत स्थित पशुपति विस्कुट इण्डष्ट्रिज प्रा.लि. को तर्फबाट ऐ.का अधिकार प्राप्त विराटनगर घर भई हाल का.जि. का.न.पं. वडा नं. २९ ठमेल बस्ने कम्पनीको अफिसर खेचरराज कोइराला विरुद्ध विपक्षी : सुनसरी जिल्ला दुहवी आर्दश गा.पं. मा कार्यालय भएको दुहवी आदर्श गा.पं.समेत विषय : उत्प्रेषणयुक्त परमादेशको आदेश जारी गरिपाउँ (१) गाउँपञ्चायतलाई उत्पादन गरी निर्यात गरेको विस्कुट चकलेट पदार्थमा कर लगाउन पाउने कानूनी अधिकार प्राप्त भएको नदेखिँदा सो निर्यात गरेको विस्कुट चकलेट पदार्थमा कर लगाउने गरेको गाउँपञ्चायतको निर्णय समेत त्रुटिपूर्ण हुँदा उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्रकरण नं. १२) निवेदकतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कुसुम श्रेष्ठ प्रत्यर्थीतर्फबाट : विद्वान अधिवक्ता श्री सुन्दरलाल चौधरी आदेश प्र.न्या. धनेन्द्रबहादुर सिंह : नेपालको संविधानको धारा ७१ अन्तर्गत दर्ता भई निर्णयार्थ पेश हुनआएको प्रस्तुत रिट निवेदनको संक्षिप्त व्यहोरा यसप्रकार छ : २. कम्पनी ऐन, २०२१ अन्तर्गत प्रा.लि.का रुपमा संस्थापित निवेदक कम्पनीले बुझाउनु पर्ने व्यापार कर नगरपञ्चायतहरू तथा प्रत्यर्थी गा.पं. समेतलाई तिरी आएका छौं तर उक्त व्यापार करको अतिरिक्त प्रत्यर्थी गा.पं. को मिति २०३९।४।२४ देखि २०३९।४।२६ गते सम्म बसेको बैठकले गा.पं. (कार्यव्यवस्था) नियमावली, २०२० को नियम ३३ ले दिएको अधिकारको उल्लेख गर्दै निवेदक कम्पनीको फैक्ट्रीबाट बाहिर निकासी हुन गएको सबै मालसामानमा कर लिने निर्णय गरी विस्कुटमा पच्चीस पैसा र विविधमा सयकडा पच्चीस पैसा कर निर्धारण गरेको निर्णयको जानकारी निवेदक कम्पनीलाई मिति २०२३।५।३ मा दिइएको थियो उक्त निर्णय अनुसार उठाइने निकासी कर संवैधानिक व्यवस्था कानूनको सर्वथा बिपरीत भएकोले बदर गरिपाउन सम्मानीत अदालत समक्ष २०४०।१०।८ मा रिट निवेदन गरेकोमा सम्मानीत सर्वोच्च अदालतले ०४१।१०।१।५ मा फैक्ट्रीबाट उत्पादित विस्कुटको निकासीमा कर लगाउन पाउने अधिकार दिएको देखिँदैन, तसर्थ कर लगाइएको अनाधिकार घोषित गर्दै कर लगाउने निर्णय बदर गर्ने निर्णय गरिएको थियो जुन निर्णय अन्तिम रुपमा अवस्थित छ । ३. उक्त निर्णयले कर लगाउन नपाउने स्पष्ट भएकोले फैक्ट्रीको विस्कुट समेतको निकासीमा कर बुझाउने प्रश्न नै थिएन । यस्तैमा प्रत्यर्थी नं. ले निवेदकलाई २०४३।१०।११ को पत्र प्रेषित गरी गा.प. ऐन, २०१८ को दफा २६(१)(क) अनुसार वा पेशामा कर लगाउन पाउने व्यवस्था भएको र सो कर गा.पं. कार्यव्यवस्था नियमावली, २०२० को नियम ३३ बमोजिम गाउँ सभा र गा.पं. ले आर्थिक वर्ष ०४०।४१ देखि नै रु.१००। को ।२५ पैसा निर्णय भएकोमा निवेदक कम्पनीले उत्पादित विस्कुट चकलेट मुनाफा कमाउने उद्देश्यले निर्यात गर्दा उपरोक्त निर्णय बमोजिम कर नबुझाई स्थानीय गा.पं.लाई विकास कार्यमा समेत सहयोग नगर्नु भएकोले आ.व. २०४०।४१ देखि आजसम्म के कति विस्कुट चकलेट उत्पादित गरी निर्यात गर्नु भएको छ लगत पठाई कर रकम यो पत्र प्राप्त भएको ७ दिनभित्र यस गा.पं.लाई उपलब्ध गराई दिनु होला अन्यथा अब देखि सो इण्डष्ट्रि