निर्णय नं. ३३९० - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३३९० - उत्प्रेषणको आदेश जारी गरिपाउँ भाग: ३० साल: २०४५ महिना: असार अंक: ३ फैसला मिति :२०४५/०१/०७ २३४६ निर्णय नं. ३३९० ने.का.प. २०४५ अङ्क ३ संयुक्त इजलास सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह सम्वत् २०४४ सालको रिट नं. १५६८ आदेश भएको मिति : २०४५।१।७।३ मा निवेदक : जिल्ला ललितपुर नगरपञ्चायत वडा नं. १४ इखबिजापुननी बस्ने तुल्सीबहादुर सिल्पकार विरुद्ध विपक्षी : ऐ.ऐ. हौगंल टोल बस्ने पुष्पराज कर्णिकारसमेत विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ (१) हक बेहकमा मुद्दा नपरेको जग्गामा असर नपर्ने गरी घलापात ननघाई घर बनाउन पाउने गरी घर बनाउने नक्शा पास गरेको नगरपञ्चायतको निर्णय तथा सो अनुसार दिएको घर बनाउने पास पुर्जी त्रुटिपूर्ण नदेखिएकोले अन्यथा गर्नु पर्ने स्थिति विद्यमान नदेखिने । (प्रकरण नं. १०) विपक्षीतर्फबाट : विद्वान अधिवक्ता श्री पुण्यप्रसाद अर्याल तथा विद्वान अधिवक्ता श्री सीताराम तिवारी आदेश प्र.न्या.धनेन्द्रबहादुर सिंह : नेपालको संविधानको २०१९ को धारा १६।७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त विवरण यसप्रकार छ । २. पूर्व कि.नं.८०९ को साझा धलापात पश्चिम साझा चोक उत्तर कि.नं.९५१ को घर र कि.नं.९५० को पाताल जग्गा दक्षिण बाटो यति चार किल्ला भित्रको स्ववासी घर जग्गा सर्भे नापी हुँदा ल.पु.न.पं. वडा नं. १४ इखाविजापुननीको कि.नं.८०८ क्षेत्रफल ०–१–२–० जग्गामा बनेको पश्चिम मोहडाको २ नाले ४ तल्ले घर मेरो हक भोग दर्ताको घर हो । कि.नं.८०८ को पूर्व संधियार विपक्षी पुष्पराज कर्णिकारले ल.पु.न.पं. वडा नं. १४ को कि.नं.८१० मा बनी राखेको साविक घर भत्काई नयाँ घर बनाउने र कि.नं.९८१ मा विपक्षी पुष्पराजले नयाँ घर निर्माण गर्ने र पर्खाल बनाउने भनी ल.पु.न.पं. मा मलाई दक्षिण संधियार देखाई नक्शा पास गरेको दर्खास्त दिएको मेरो नाममा म्याद जारी हुँदा कि.नं.८१० को पश्चिमतर्फ मेरो घर र साझा धलापात भएकोमा नखोली पूर्व पश्चिम १४ “उत्तर दक्षिण १४” को कि.नं.८०९ को साझा धलापातमा नियम विरुद्ध ठूला–ठूला झ्याल र ३ भन्दा बढीको टप राख्न लागेको राख्न नमिल्ने राख्दा आफ्नो जग्गाबाट ३” हट्नु पर्ने भएकोले नक्शा दर्खास्त रोक्का राखी पाउँ भन्ने उजुरी दिनाको साथै पर्खाल र कि.नं.९८१ मा बनाउने घर सम्बन्धमा साविक देखि कायम भइराखेको पिंग देवताको सार्वजनिक चोकलाई निजी वनाई सार्वजनिक बाटो समेत बन्द गर्ने गरी ४६ फिटको पर्खाल घेर्ने सम्बन्धमा विपक्षी पुष्पराजको श्रीमती कमला राज कर्णिकारले निजको दाता अष्टकुमारी र गंगामाया ताम्राकार समेत उपर उक्त सार्वजनिक चोक निजी बनाए ल.पु.जि.अ. मा फिराद परी मुद्दा चल्दा चल्दै मिति २०३८।१०।१७ गते राजीनामा गराई लिएको दुषित लिखत र दर्ता उपर विपक्षी पुष्पराज कर्णिकार समेत उपर ल.पु.जि.अ. मा जालसाजी र लिखत दर्ता बदर मुद्दा परी हक बेहक प्रश्न खडा भएकाले उक्त मुद्दाहरू निर्णय नभएसम्म नक्शा पासको कारवाही मुलतवी राखी पाउँ भन्ने निवेदन चढाएकोमा मुलतवी राख्नु भनी विपक्षी प्रधानपञ्चबाट मिति २०४४।३।२३ मा आदेश भएको । ल.पु.न.पं. बाट बुझ्दा कि.नं.९८१ समेतमा मुद्दा परेको जवाफ ल.पु.जि.अ. बाट आएको मिति २०४४।५।२६ गते मुद्दा परेको बाहेक गरी अरुमा नक्शा पास गरिपाउँ भन्ने विपक्षी बाबुराज कर्णिकारले आफ्नो हकमा समेत दर्खास्त दिनु भई पेश गरेको नक्शा न.पं. ऐन, २०१९ को दफा ४८ को बिपरीत विपक्षीहरूको पश्चिम संधियार म रिट निवेदकलाई बुझ्दै नबुझी नक्शा पास गर