निर्णय नं. ३३९१ - उत्प्रेषणको आदेश जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३३९१ - उत्प्रेषणको आदेश जारी गरिपाउँ भाग: ३० साल: २०४५ महिना: असार अंक: ३ फैसला मिति :२०४५/०१/१० २१७१ निर्णय नं. ३३९१ ने.का.प. २०४५ अङ्क ३ संयुक्त इजलास सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला सम्वत् २०४३ सालको रि.नं. २२५३ आदेश भएको मिति : २०४५।१।१०।६ मा रिट निवेदक : तनहुँ गा.पं. पुरकोट गाउँ वडा नं. ९ बस्ने तिलाराम ढकालसमेत विरुद्ध विपक्षी : श्री पश्चिमाञ्चल क्षे.अदालत पोखरा श्री तनहुँ जिल्ला अदालतसमेत विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ (१) लिलाम सम्बधी मिसिल उजूर गर्ने म्यादभित्र तामेलीमा राख्दैमा ऐनले पक्षलाई उजूर गर्न पाउने सुविधा प्रदान गरेकोलाई समाप्त गरियो भन्न नमिल्ने । (प्रकरण नं. ११) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री शम्भु थापा प्रत्यर्थीतर्फबाट : विद्वान मुख्य न्यायाधिवक्ता श्री केदारप्रसाद शर्मा आदेश प्र.न्या.धनेन्द्रबहादुर सिंह : नेपालको संविधानको धारा ७१ अन्तर्गत दर्ता भई निर्णयार्थ पेश हुनआएको प्रस्तुत रिट निवेदनको संक्षिप्त व्यहोरा यसप्रकार छ : २. निवेदक मणी प्रकाश वादी र प्रत्यर्थी नेत्रबहादुर कामी, गंगामाया कमिनी, दानबहादुर कामी, पदमबहादुर कामी समेत प्र.भई तनहूँ जिल्ला अदालतमा चलेको लुटपीट मुद्दामा मिति २०३९।८।८।३ मा फैसला हुँदा मैले बिगो रु.९९०। भरी पाउने ठहरी फैसला भयो । उक्त फैसला उपर प्रत्यर्थी प्रतिवादीहरूको अं.अ. मा पुनरावेदन परेकोमा शुरु जिल्ला अदालतलाई नै समर्थन गरी मिति ०४१।९।६ मा फैसला भयो । प्रतिवादीहरूले मैले भरी पाउने बिगो नबुझाएकोले बिगो भरी पाउन पुरकोट कुडापानी गा.पं. वडा नं. ५ को कि.नं.२६७ को ६–०–१–३ देखाई मिति ०४२।५।५ मा निवेदक मणी प्रकाशले तनहुँ जिल्ला अदालतमा दर्खास्त दिएकोले प्रतिवादीहरूका नाममा ३५ दिने सूचना पठाइएकोमा प्रतिवादी मध्येका नेत्रबहादुर आफैंले बुझी अन्य प्र. को नामको म्याद सम्बन्धित वडाहरूको मानिस र गा.पं.स. रोहवरमा राखी घर दैलामा अ.बं. ११० नं. बमोजिम रीत पूर्वक टाँसिएको तथ्यलाई ०४२।५।२१ को म्याद तामेलले सिद्ध गर्दछ । उक्त म्याद तामेल भएपछि पनि बिगो बुझाउन नल्याएकोले दर्खास्तमा देखाएको कि.नं.२६७ को जग्गा मिति ०४२।११।२२ मा तायदात भई आए बमोजिम ०४३।१।९ मा जग्गाको मूल्यांकन गर्दा रु.९०००।– मूल्यांकन समेत भई मिति ०४३।२।२५ मा लिलामको तारिख समेत तोकियो । उक्त तोकिएको मितिको लिलाममा निवेदक मध्ये म तिलारामले रु.९०२५। मा लिलाम सकार गरे बमोजिम निवेदकलाई अलग पुर्जी तथा उक्त लिलामबाट प्राप्त भएको कि.नं.२६७ को जग्गाधनी प्रमाणपूर्जा समेत प्राप्त गरी सकेको छु । लिलामको सम्पूर्ण काम समाप्त भएपछि हामी निवेदकहरूको नाममा क्रमशः मिति ०४३।११।६ र ०४३।१०।५ मा बुझेको म्यादमा मिति ०४३।२।२५ मा भएको लिलामको सम्पूर्ण काम कारवाही आदेश चलानी पुर्जी समेत प्रत्यर्थी पश्चिमाञ्चल क्षे.अ.बाट बदर गरिएको व्यहोरासंग अवगत भएकोले सम्मानीत अदालतमा निवेदकहरूले यो निवेदन प्रस्तुत गरेका छौं । ३. मिति ०४३।२।२५ मा लिलामको कार्य समाप्त भई मिति ०४३।२।३० का तामेलीमा राख्ने आदेश समेत भइसकेको छ लिलामको कार्य अन्तिम रुपमा टुंगो लागि सकेपछि उक्त लिलामको सम्बन्धमा प्रत्यर्थीहरूले लिलाम बदर गर्न अ.बं. ८६ नं. लगायत २०८ नं. को बाटो नअपनाई अ.बं. १७ नं. को बाटो अपनाई भएको आदेश त्रुटिपूर्ण भई बदरभागी छ अ.बं. ७८ नं. अन्तिम भइरहेको विषयमा आकर्षित हुँदैन । लिलाम सम्बन्धी सम्पूर्ण कारवाही सकिएको अवस्थामा अ.बं