निर्णय नं. ३३९२ - उत्प्रेषणयुक्त परमादेशको आदेश जारी गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३३९२ - उत्प्रेषणयुक्त परमादेशको आदेश जारी गरिपाउँ भाग: ३० साल: २०४५ महिना: असार अंक: ३ फैसला मिति :२०४५/०१/१२ २०९४ निर्णय नं. ३३९२ ने.का.प. २०४५ अङ्क ३ संयुक्त इजलास सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल सम्वत् २०४४ सालको रिट नं. १५८४ आदेश भएको मिति : २०४५।१।१२।१ मा निवेदक : काठमाडौं जिल्ला अदालतका स्थायी बहिदार लक्ष्मण कुँइकेल विरुद्ध विपक्षी : श्री बागमती अञ्चल अदालत, डिल्लीबजार, काठमाडौंसमेत विषय : उत्प्रेषणयुक्त परमादेशको आदेश जारी गरिपाउँ (१) निजामती सेवा नियमावली, २०२१ को नियम ३.५ को देहाय (६) को देहाय (क)(१) मा सेवा प्रवेशको निमित्त न्यूनतम शैक्षिक योग्यता भन्नाले हाल बहाल रहेको पदमा नयाँ नियुक्ति गरिंदा आवश्यक पर्ने शैक्षिक योग्यतालाई सेवा प्रवेशको निमित्त तोकिएको न्युनतम शैक्षिक योग्यता मानिने व्यवस्था भएबाट वहिदार पद हाल बहाल रहेको पद र सो पदमा नियुक्ति गरिंदा आवश्यक पर्ने शैक्षिक योग्यता अष्टम कक्षा उत्तीर्ण देखिन्छ, सो अंक एक तह माथिको कुनै एक शैक्षिक योग्यता भन्नाले दशम कक्षा उत्तीर्ण हुन आउने । (प्रकरण नं. १०) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री राधेश्याम पराजुली प्रत्यर्थीतर्फबाट : विद्वान का.मु.सह–न्यायाधिवक्ता श्री कुष्णराम श्रेष्ठ आदेश प्र.न्या. धनेन्द्रबहादुर सिंह : नेपालको संविधान, २०१९ को धारा १६।७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त व्यहोरा यसप्रकार छ : २. निवेदकले २०३९।२।१६ गते सुर्खेत जिल्ला अदालतमा अस्थायी बहिदार पदमा नियुक्ति पाएको र २०३९।४।१ मा स्थायी नियुक्ति भई हाल सोही पदमा काठमाडौं जिल्ला अदालतमा सरुवा भई कार्यरत छु । विपक्षी बढुवा समिति काठमाडौं जिल्ला अदालतले मिति २०४४।१।१७ मा विचारी पद एक आन्तरिक बढुवाद्वारा पदपूर्ति गर्ने भनी सूचना प्रकाशित गरेकोमा म निवेदक सम्भाव्य उम्मेद्वार भएकाले आवेदन भरेको थिएँ । त्यस्तै विपक्षी सोमप्रसाद श्रेष्ठ समेत ६ जनाको आवेदन परेको । बढुवा समितिको मिति २०४४।५।५।६ को निर्णयले विपक्षी सोमप्रसाद श्रेष्ठलाई बढुवा गर्ने निर्णय गरेकोमा म्यादै भित्रै मिति २०४४।६।५ मा बागमती अञ्चल अदालतमा उजूरी गरेकोमा विपक्षी बढुवा समितिको निर्णय मनासिव ठहराई मिति २०४४।७।२४ मा निर्णय भएको जानकारी निवेदकलाई नदिए पनि विपक्षीलाई बढुवा पुर्जी दिएको हुँदा थाहा हुनआएको र सो निर्णयबाट निवेदकको नेपालको संविधान, २०१९ को धारा ११(१) ११(२)ङ द्वारा प्रदत्त हकमा आघात पर्न आएकोले यो निवेदन गर्न आएको छु । ३. विपक्षी बागमती अञ्चल अदालतले मलाई जेष्ठता बापत १५.९८३ वर्गीकृत ७.६३० शैक्षिक योग्यता बापत ५३.०० का.स.मु. १०२.०० गरी जम्मा १७८.५८३ दिएको छ । विपक्षी सोमप्रसाद श्रेष्ठलाई जेष्ठता १६.३१७, वर्गीकृत ४०७९ शैक्षिक योग्यता बापत ५३ र का.स.मू. ११२.०० गरी जम्मा १८५.३९६ दिई मैले भन्दा ६.७८३ अंक बढी पाएको ठहर गरी विपक्षीलाई बढुवा दिने गरेको पाइन्छ जुन प्रत्यक्ष त्रुटिपूर्ण छ । म निवेदकको न्युनतम शैक्षिक योग्यता बापत ३६.०० र निवेदकले एस.एल.सी.उत्तीर्ण गरेको हुँदा न्युनतम योग्यता भन्दा माथिको कुनै एक उपाधिको पाउने भई १७ अंक समेत शैक्षिक योग्यता बापत जम्मा अंक ५३ नोकरी जेष्ठताको १६.०० वर्गीकृत ११.२०८ का.स.मू. १०२ कायम गरे पनि १८२.२०८ हुन्छ । विपक्षी एस.एल.सी.उत्तीर्ण नगरी मात्र टेष्ट पास गरेको हुँदा एस.एल.सी.उत्तीर्ण गरेको अंक दिएको त्रुटिपूर्ण छ । विपक्षी बढुवा समितिले दिएक