निर्णय नं. ७०९९ - कर्तव्य ज्यान ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७०९९ - कर्तव्य ज्यान । भाग: ४४ साल: २०५९ महिना: भाद्र अंक: ५ फैसला मिति :२०५९/०२/०२ २८२९ निर्णय नं.७०९९ ने.का.प.२०५९ अङ्क ५.६ संयुक्त इजलास माननीय न्यायाधीश श्री अरविन्दनाथ आचार्य माननीय न्यायाधीश श्री चन्द्रप्रसाद पराजुली सम्वत् २०५८ सालको फौ.पु.नं...२५१५ सम्वत् २०५९ सालको फौ.साधक नं.४२२ फैसला मितिः २०५९।२।२।५ मुद्दाः कर्तव्य ज्यान । पुनरावेदक प्रतिवादीःजिल्ला सोलुखुम्वु, गा.वि.स. गोराखानी वडा नं. ४ घर भै सोलुखुम्वु कारागार शाखामा थुनामा रहेको नुर्वु शेर्पा बिरुद्ध प्रत्यर्थी वादीः नाम्खा शेर्पाको जाहेरीले श्री ५ को सरकार वादीः नाम्खा शेर्पाको जाहेरीले श्री ५ को सरकार विरुद्ध प्रतिवादीः जिल्ला सोलुखुम्वु गा.वि.स. गोराखानी वडा नं. ४ घर भै सोलुखुम्वु कारागार शाखामा थुनामा रहेको नुर्वु शेर्पा § वलिरहेको दाउराले टाउको जस्तो संवेदनशील अंगमा दुईतीन पटक प्रहार गरी मृतकको मृत्यु भएको अवस्थामा रक्षा शिक्षा गर्नेले मर्नेको हितको निमित्त कुटपिट गर्दा भवितव्य भै मृत्यु भएको मान्न नमिल्ने भै मर्नेको हितको निम्ति कुटपिट गर्दा मृत्यु भएकोले ज्यान सम्वन्धीको ६(३) वमोजिम हुनुपर्ने भन्ने प्रतिवादीको जिकिर मनासिव देखिन नदेखिने । (प्र.नं. २१) पूनरावेदक प्रतिवादी तर्फबाटः प्रत्यर्थी वादी तर्फबाटः अवलम्वित नजिरः फैसला न्या.अरविन्दनाथ आचार्यः न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) वमोजिम पुनरावेदन अदालत राजविराजको मिति ०५७।११।१ को फैसला उपर यस अदालतमा प्रतिवादीको पुनरावेदन पर्न आएको र साधक जांचको लागि समेत दर्ता भएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छ । २. मिति २०५६।९।२१ गतेका दिन मेरो जेठान दाजु नुर्वु शेर्पा मलाई वोलाउन आएको हुंदा म र काजी शेर्पा समेत नुर्वु शेर्पाको घरमा पुग्दा घरको माथिवाट निज नुर्वु शेर्पाको श्रीमती रगतम्य मृत अवस्थामा रहेको र सोहि ठाउंमा कामी शेर्पा समेत सख्त घाइते अवस्थामा रहेको हुंदा निज कामी शेर्पालाई मृतक कान्छी शेर्पाको मृत्यु के कसरी भयो भनि सोधनी गर्दा उक्त मितिको विहान म नुर्वु शेर्पाको घरमा आउदा श्रीमान श्रीमती दुवै जना झगडा गरि रहेका थिए । सोहि अवस्थामा निज नुर्वु शेर्पाले अगेनामा वलिरहेको अगुल्टोले निर्मम तरिकावाट श्रीमतीलाई कुटपिट गर्न लागे म छुट्याउन जांदा म समेत घाइते भएं । मृतक कान्छी शेर्पाको के कुन अवस्थामा मृत्यु भयो मलाई थाहा भएन भनि भनेकाले मृतक कान्छी शेर्पालाई नुर्वु शेर्पाले कर्तव्य गरी मारेको हो । कानून वमोजिम कारवाही गरी पाउं भन्ने समेत व्यहोराको नाम्खा शेर्पाको मिति २०५६।९।२२ को जाहेरी दरखास्त । ३. मृतकको अनुहार सम्पूर्ण रगतले भिजेको टाउको तथा अनुहारको सम्पूर्ण भाग सुनिएको, दाहिने पट्टिको कानको माथि टाउको भागमा अं ४ इन्च लम्वाई गहिराई नाप्न नसकिने चोट र घुच्चुकको टाउको पछाडिको भागमा अं. ३.१/२ इन्च लम्वाई गहिराई नाप्न नसकिने चोट भएको र मृतक लास नजिक मृतकलाई प्रहार गरेको दाउरामा रगत तथा कपाल लागेको अवस्थामा फेला परेको भन्ने समेत व्यहोराको लास प्रकृति मुचुल्का । ४. मिति २०५६।९।२१ गतेका दिन म घरमा नै रहेको अवस्थामा कामी शेर्पा मेरो घरमा रगताम्य अवस्थामा आई नुर्वु शेर्पाले श्रीमतीलाई कुटपिट गरेकोमा मैले छुट्याउन जांदा मलाई समेत घाइते वनाई दिए भनेको हुंदा म समेत नुर्वु शेर्पाको घर गई नुर्वु शेर्पालाई तिमीले किन कामी शेर्पालाई कुटपिट गरेको भनि सम्झाउदै गरेको अवस्थामा नुर्वु शेर्पाको आमाले भित्र हेर्न आइज भनि