निर्णय नं. ३३९४ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३३९४ - उत्प्रेषणको आदेश जारी गरिपाउँ भाग: ३० साल: २०४५ महिना: असार अंक: ३ फैसला मिति :२०४५/०२/०२ २४३० निर्णय नं. ३३९४ ने.का.प. २०४५ अङ्क ३ संयुक्त इजलास सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल सम्वत् २०४३ सालको रिट नं. २०९२ आदेश भएको मिति : २०४५।२।२।१ मा रिट निवेदक : पर्सा, वि.न.पं. वार्ड नं. ७ रेशम कोटी वस्ने लोकनाथ माडवारी विरुद्ध विपक्षी : जिल्ला भूमिसुधार अधिकारी भू.सु.का.वारा, कलैयासमेत विषयः उत्प्रेषणको आदेश जारी गरिपाउँ (१) भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६(१) ले दाजुको नामको मोही हक निजको मृत्यु पश्चात भाईमा सर्ने व्यवस्था गरेको नदेखिने, विवादित जग्गा रिट निवेदकबाट भूमिसम्बन्धी ऐन, ०२१ को दफा ३४ को उपदफा (१) अनुसार कबूलियत गरी कमाएको भन्न र कबूलियत पनि पेश गर्न नसकेको यस्तो अवस्थामा मोही कायम गरेको निर्णय त्रुटिपूर्ण देखिने । (प्रकरण नं. १०) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री मोतिकाजी स्थापित प्रत्यर्थीतर्फबाट : विद्वान अधिवक्ता श्री कृष्णराम श्रेष्ठ विद्वान अधिवक्ता श्री अवधेश कुमार सिंह आदेश प्र.न्या. धनेन्द्रबहादुर सिंह : नेपालको संविधानको धारा ७१ अन्तर्गत दर्ता भई निर्णयार्थ पेश हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त व्यहोरा यसप्रकार छः– २. विश्वनाथ माडवारी जग्गाधनी भएको वारा जिल्ला छतवा गा.पं. को कि.नं.११३, कि.नं.११९, कि.नं.१२२, कि.नं.१२१, कि.नं.१२३, र कि.नं.१०६ समेतको गरी ज.वि. ४–२–३ जग्गाको मोही भई कमाई आएको, मोहियानी हकको प्रमाणपत्रमा मोही मेरो दाजु सुन्द्यर रातउ वरै भनी लेखिएको भए तापनि उक्त जग्गाहरूको वास्तविक मोही म भई जग्गाधनीलाई कूत बुझाई भर्पाई लिने गरिआएकोले उपरोक्त सम्पूर्ण जग्गाको मोही कायम गरी मोहियानीको प्रमाणपत्र पाउँ भन्ने विपक्षी लक्ष्मी राउत वरैको निवेदन विपक्षी जि.भू.सु.का.मा परेको थियो । विपक्षी लक्ष्मी राउतले दावी गर्नु भएको जग्गा मध्ये कि.नं.११९ र कि.नं.१२२ को मोही विपक्षी लक्ष्मी राउत वरै हुन् सो बाहेक अरु विपक्षीको दावीको कि.नं.११३, कि.नं.१२१, कि. नं. १२३ र कि.नं.१०६ को जग्गाको दर्तावाल मोही विपक्षी नभई सुन्दर राउत वरै दर्तावाल मोही हुनु भएकोमा निज सुन्दर राउत २०३४ सालमा परलोक भई निजको हकवाला श्रीमती र छोराहरू समेत कोही नहुँदा म आफैंले जोतेका छु भन्ने समेत व्यहोराको प्रतिउत्तर मैले दिएको थिएँ । विपक्षी कार्यालयबाट यसमा लक्ष्मी वरै र सुन्दर राउत वरै एका घरका दाजूभाई हुन् भन्ने प्रमाण ४ नं. जो.अ.नि. मा उल्लेख भएको र दावीको प्रमाण र भर्पाईबाट देखिँदा माग बमोजिमको कित्ताको ३ नं. मोही कायम गरी प्रमाणपत्र बनाई दिने ठहर्छ भन्ने निर्णय मिति ०४३।६।६ मा गरियो । निम्न प्रत्यक्ष कानूनी त्रुटीहरू भएकोले सो फैसला कामय रहन नसकी बदरभागी छ । ३. दाजुको नाउँको मोहियानी भाइले स्वतः पाउन सक्ने कुनै कानूनी व्यवस्था छैन । दर्तावाला मोहियानी हक निजको शेषपछि निजका श्रीमती वा छोरामा जग्गाधनीले पत्याएकोले पाउने भन्ने भू.सं. ऐन, २०२१ को दफा २६ (१) मा प्रष्ट भइराखेको हुनाले विपक्षी लक्ष्मी राउत वरै दर्तावाल मोही सुन्दर राउत वरैको भाइ हुँदा सो ऐनले निज भाइको मोही हक पाउन सक्ने व्यक्ति होइन । दर्तावाला मोहिको मृत्युपछि विपक्षीसंग ऐ.ऐनको दफा ३४(१) बमोजिम उक्त जग्गाको सम्बन्धमा कबूलियत भएको पनि छैन । विपक्षी लक्ष्मी राउत वरैबाट पेश भएका भर्पाई प्रमाणमा लगाउनु अघि अ.नं. ७८ नं. बमोजिम ती भर्पाई मलाई द