निर्णय नं. ७६५२ - जवर्जस्ती करणी

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७६५२ - जवर्जस्ती करणी भाग: ४८ साल: २०६३ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०६३/०२/१७ ३८८० निर्णय नं.७६५२ ने.का.प.२०६३ अङ्क २ सर्वोच्च अदालत संयुक्त इजलास माननीय न्यायाधीश श्री अनूपराज शर्मा माननीय न्यायाधीश श्री शारदाप्रसाद पण्डित सम्वत् २०६२ सालको फौ.पु.नंं ३७४५ फैसला मितिः २०६३।२।१७।४ मुद्दा : – जवरजस्ती करणी पुनरावेदक / प्रतिवादीः जिल्ला कन्चनपुर लक्ष्मीपुर गा.वि.स..वडा नं. ९ घर भएका विष्णु अधिकारी विरुद्ध वादी / प्रत्यर्थीः चक्रबहादुर चलाउनेको जाहेरीले नेपाल सरकार § ८ बर्षकी नवालिका पार्वतीलाई आफ्नो लिङ्ग खेलाउन लगाई खाटमा सुताई बलपूर्वक निजको योनीमा लिङ्ग पुर्‍याई वीर्य स्खलन गराएको कार्य जवरजस्ती करणीको कसूर नहुने भन्न नमिल्ने । § जवरजस्ती करणीको कसूर खासगरी महिलाको शरीर र इज्जतमाथि यौनेच्छा पूरा गर्ने उद्देश्यबाट गरिने आक्रमणको रुपमा लिनुपर्ने । § अवोध अवस्थाकी वालिकालाई आफ्नो लिङ्ग चलाउन लगाउने र निजको योनीद्वारसम्म लिङ्ग पुर्‍याई वीर्य स्खलन गराइ आफ्नो यौन सन्तुटी लिने कार्यलाई केवल करणीको उद्योग मात्र हो भनी व्याख्या गर्नु जवरजस्ती करणीसम्बन्धी कानूनी व्यवस्थाको भावना अनुकूल नहुने । § योनीमा लिङ्ग प्रबेश नगरेसम्म जबरजस्ती करणीको कसूर हुदैन भनी सबै अवस्थामा व्याख्या गर्ने हो भने शारीरिक रुपमा कमजोर महिलामाथि हुने यौनजन्य अपराधबाट प्रतिवादीले उन्मुक्ति पाउने अवस्था आउन सक्ने । (प्रकरण नं.१७) पुनरावेदन प्रतिवादी तर्फवाटः वादी प्रत्यर्थी तर्फवाटः विद्वान अधिवक्ता श्री हेमराज अधिकारी अवलम्विन नजीरः फैसला न्या.अनूपराज शर्माः पुनरावेदन अदालत महेन्द्रनगरवाट मिति २०६१।९।२०।३ मा भएको फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ख) बमोजिम पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छ :- २. अन्यायी विष्णु अधिकारीको र मेरो घर वरपरतिर पर्दछ । निज विष्णु अधिकारीको खेत अधिया गर्न भनि निजकै खेतमा वीउ राखेको र २०६०।२।२४ गते दिउंसो वर्ष ८ को छोरी पार्वती चलाउने उक्त वीउको रेखदेख गर्न गएकीमा निज बदमास विष्णु अधिकारीले छोरी पार्वतीलाई ललाई फकाई घर कोठामा लगी जवरजस्ती करणी गरेको रहेछ । २०६०।३।१० गते छोरीले पेट दुख्यो भनि भन्दा के भयो भनि हेर्दा योनी पाकेको देखि सोधपुछ गर्दा विष्णु अधिकारीले २०६०।२।२४ गते मलाई जवरजस्ती करणी गरेको हो भनि वताएको हो भन्ने समेत व्यहोराको जाहेरी दरखास्त । ३. मिति २०६०।२।२४ गते विहान म नुहाई आफ्नै कोठामा सुतेको अवस्थामा पार्वती चलाउनेले मेरो लिङ्ग सुमसुमाई राखेको अवस्थामा व्यूँझिदा देखी मलाई निजले मेरो लिङ्ग खेलाएको राम्रो लाग्यो र मैले पार्वती चलाउनेलाई आफ्नो लिङ्ग खेलाउन दिएँ, एकैछिन मलाई वढी उत्तेजना भएकोले निज पार्वतीलाई समाती निजको योनीको प्वालमा पुगाई छुने वित्तिकै मेरो विर्य स्खलन भै हाल्यो । सो पश्चात निज पार्वती आफ्नो घर गई हाली । मैले पार्वतीलाई जवरजस्ती करणी गर्न खोजेको होइन भन्ने समेत प्रतिवादी विष्णु अधिकारीले अधिकार प्राप्त अधिकारी समक्ष गरेको वयान । ४. पार्वती चलाउनेको स्वास्थ्य परीक्षण गर्दा करणी भएको, उक्त करणी एकहप्ता भित्रै भएको हुनुपर्ने, घाउ चोट पटकमा No external injury seen, soreness into introitus present हाइमन च्यातिएको सम्वन्धमा Hymen torn भएको भन्ने समेत स्वास्थ्य परीक्षण रिपोर्ट । ५. मिति २०६०।२।२४ गते मेरो वुवा प्रतिवादी विष्णु अधिकारीको जग्गा अधिया कमाउने भएकोले म खेतमा लगाएको धान