निर्णय नं. ७१०० - परमादेश समेत ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७१०० - परमादेश समेत । भाग: ४४ साल: २०५९ महिना: भाद्र अंक: ५ फैसला मिति :२०५८/१०/२३ २९५९ निर्णय नं.७१०० ने.का.प.२०५९ अङ्क ५.६ संयुक्त इजलास माननीय न्यायाधीश श्री हरिश्चन्द्रप्रसाद उपाध्याय माननीय न्यायाधीश श्री दिलीपकुमार पौडेल सम्बत २०५६ सालको रिट नं. ...३१२० आदेश मितिः २०५८।१०।२३।३ बिषय :– परमादेश समेत । निवेदकः कपिलवस्तु जिल्ला, छो भगवानपुरको हाल शिवपुर गा. वि. स. वडा नं. ७ शिवपुर बस्ने सरस्वती अधिकारी समेत बिरुद्ध विपक्षीः श्री ५ को सरकार निर्माण तथा यातायात मन्त्रालय, बबरमहल काठमाडौं समेत § २०२७ साल देखि सरकारी प्रयोजनको लागि लिइएका निवेदकहरुको जग्गा हालसम्म पनि श्री ५ को सरकारले कब्जा गरी सम्वन्धित ब्यक्तिलाई भोग गर्न पनि नदिने र अधिग्रहण गरी मुआब्जा दिनेतर्फ कारवाही किनारा समेत नगरी अनिर्णित अबस्थामा राखी राख्न कानून र न्यायसम्मत नहुने § निवेदन दावीका उल्लेखित जग्गाहरु श्री ५ को सरकारलाई आवश्यक पर्ने नपर्ने के हो ? आदेश प्राप्त भएका मितिले एक बर्ष भित्र उचित रुपमा कारवाही टुङ्गो लगाई कानून बमोजिम निर्णय गरि दिनु भनि प्रत्यर्थी यातायात मन्त्रालय, सडक विभाग र क्षेत्रीय सडक निर्देशनालय पोखराका नाउँमा परमादेशको आदेश जारी हुने । (प्र.नं. १२) निवेदक तर्फबाटः विद्वान वरिष्ठ अधिवक्ता मुकुन्द रेग्मी विपक्षी तर्फबाटः विद्वान सहन्यायाधिवक्ता श्री मोहनबहादुर कार्की अवलम्वित नजिरः आदेश न्या.हरिश्चन्द्रप्रसाद उपाध्यायः नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३।८८(२) बमोजिम यस अदालतमा दायर हुन आएको प्रस्तुत रिट निवेदनको सँक्षिप्त तथ्य एवं ठहर यसप्रकार छ । २. कपिलवस्तु जिल्ला साविक छो भगवानपुरको हाल शिवपुर गा.वि.स. वार्ड नं. ७(च) कि. नं. ९ क्षेत्रफल ०–३–१५ ऐ. ऐ. कि. नं. ४५४ क्षेत्रफल १–१९–२.१र४ म निवेदिका सरस्वती अधिकारीका हकको हो ऐ. ऐ. कि. नं. ३७९ क्षेत्रफल ०–४–१२ ऐ. ऐ. कि. नं. ३८२ क्षेत्रफल ०–३–० ऐ. ऐ. कि. न.. ३८५ क्षेत्रफल ०–२–१२, ऐ. ऐ.कि. नं. ३८८ क्षेत्रफल ०–३–० म निवेदिका भगवती पौडेलका हकको हो यसैगरी ऐ. ऐ. कि. नं. ३४७ क्षेत्रफल १–६–४ म निवेदिका लक्ष्मी देवी नेपालको र ऐ. ऐ. कि. नं. ४०२ मध्येको क्षेत्रफल ०–५–० म निवेदक गुरुनाथ उपाध्यायका हकको हो । हामी निवेदकहरुका उक्त कि. नं. का जग्गाहरु समेतमा पूर्व पश्चिम राजमार्ग (हाल महेन्द्र राजमार्गको वुटवल – कोहलपुर (मध्यखण्ड सडक) निर्माणको सिलसिलामा २०२७ सालमा भारतीय सहयोग नियोगको लागी अस्थायी रुपमा क्याम्प बनाउने र सडक निर्माण कार्य सम्पन्न भएपछि हाम्रो जग्गा हामीलाई नै फिर्ता गर्ने या श्री ५ को सरकारलाई चाहिएमा प्राप्ति वा अधिग्रहण गर्ने भनियो । देशको लागि अति महत्वपूर्ण पूर्व पश्चिम राजमार्ग बन्ने भएको खुशियालीमा हामीले पनि भारतीय सहयोग नियोगको क्याम्प बनाउन आफ्नो जग्गा फिर्ता हुने हुनाले मञ्जुर गर्यौं । ३. भारतीय सहयोग नियोगले हामी समेतका जग्गा र अन्य जग्गा समेत १६ एकड जग्गा अर्थात जग्गा विगाहा १०–१०–० जग्गामा तारवार लगाई २०२७ र २०२८ साल सम्ममा आपूmलाई आवश्यक पर्ने भवनहरु निर्माण गरियो । जसमध्ये म सरस्वतीको कि. नं. ४५४ को पश्चिम भागमा सी. टाइपको ३१.१० वाई ८.४५ मिटरको ३ वटा घर बनाइयो, अरु जग्गा खाली नै छ । म भगवतीको कि. नं. ३८२ र ३८५ मा पर्ने गरी पश्चिमतर्फ दिस्पेन्सरी घर बनाइयो, हाल विपक्षी गा. वि. स. को कार्यालय रहेको छ । अरु बाँकी जग्गा खाली नै छ । म लक्ष्मीदेवीको कि. नं. ३४७ मा पर्ने गरी ३१.१० मिटर वाई ८.४५ म