निर्णय नं. ७६५३ - उत्प्रेषण परमादेश लगायत जो चाहिने आज्ञा आदेश वा पूर्जी जारी गरिपाऊँ ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७६५३ - उत्प्रेषण परमादेश लगायत जो चाहिने आज्ञा आदेश वा पूर्जी जारी गरिपाऊँ । भाग: ४८ साल: २०६३ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०६३/०२/२९ २७९४ निर्णय नं.७६५३ ने.का.प.२०६३ अङ्क २ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री अनूपराज शर्मा माननीय न्यायाधीश श्री पवनकुमार ओझा संवत् २०६१ सालको रिट नं. –२९७९ आदेश मितिः २०६३।२।२९।२ विषयः– उत्प्रेषण परमादेश लगायत जो चाहिने आज्ञा आदेश वा पूर्जी जारी गरिपाऊँ । निवेदकः कालिकोट जिल्ला घर भई जिल्ला प्रहरी कार्यालय दाङ मातहत इलाका प्रहरी कार्यालय नारायणपुर दरवन्दी भई युनिफाईड कमाण्ड रोल्पामा कार्यरत कुलवहादुर बम विरुद्ध विपक्षीः गृह मन्त्रालय, सिंहदरवार समेत § प्रहरी नियमावलीले तोकेको रित पुर्याई सफाईको मौका समेत दिइएको हुँदा सुनुवाईको मौकानै नदिई प्राकृतिक न्याय सिद्धान्त विपरीत निर्णय गरिएको भन्ने निवेदकको जिकिर समेत मनासिव नदेखिने । (प्रकरण नं.११) § एउटै कसूरमा सामान्य र विशेष सजाय गर्न पाउने गरी निर्णय गर्ने अधिकारीलाई नियमले तजविजि अधिकार प्रदान गरेको अवस्थामा सामान्य वा नरम प्रकृतिको सजाय नै गर्नुपर्छ भनी व्याख्या गर्न नमिल्ने । § प्रचलित कानूनमा एउटै कसूरमा दुईवटा सजायको प्रावधान भएको अवस्थामा कम सजाय हुनुपर्ने र निवेदकलाई दर्जा र तलव घटाउने निर्णय गरिनुपर्ने भनी निवेदकतर्फका विद्वान कानून व्यवसायीले लिनु भएको जिकिर मनासिव नदेखिने । (प्रकरण नं.१२) निवेदक तर्फवाटः विद्वान अधिवक्ता श्री शिवराज अधिकारी विपक्षी तर्फवाटः विद्वान उपन्यायाधिवक्ता श्री अमृत वस्नेत अवलम्वित नजीरः आदेश न्या.अनूपराज शर्माः नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३ ,८८ (२) बमोजिम दायर हुन आएको प्रस्तुत रिट निवेदनको व्यहोरा र निर्णय यस प्रकार छः– २. म निवेदक ०५५।५।७ देखि नेपाल प्रहरीमा सेवा प्रवेश गरेकोमा ०५९।२।८ मा प्रहरी हवल्दारमा वढुवा पाई इलाका प्रहरी कार्यालय नारायणपुर दाङमा दरवन्दी रही युनिफाइड कमाण्ड रोल्पामा कार्यरत थिए । यस्तैमा मिति ०६०।५।२२ का दिन नेपालगन्जमा रहेका श्रीमती र १० महिनाको छोरा रु.१,२२,००० वरावरको धनमाल सहित वेपत्ता भएको खवर पाएपछी घरविदा स्विकृत गराई नेपालगन्ज गई खोज तलासको निवेदन समेत दिएको थिए । कुनै खोजतलासवाट पत्ता नलागेपछि म समेत मुटु सम्वन्धि रोगले ग्रसित हुने नेपालगन्जमा उपचार गराई रहेको र पश्चिम पृतना हेडक्वाटर नेपालगन्जमा रमाना हुन ०६०।८।१८ को पत्र साथ निवेदन चढाई सकेको अवस्थामा २०६०।११।११ मा स्पष्टिकरण लिर्ई मध्यपश्चिम क्षेत्रीय प्रहरी कार्यालय नेपालगन्जका प्रहरी उपरिक्षकले नोकरीवाट हटाउने गरी मिति ०६०।११।१८ मा मनोगत निर्णय गर्नु भएको सो उपर पुनरावेदन गर्दा समेत सोही निर्णय सदर भएकोले यो रिट निवेदन लिएर उपस्थित भएको छु । ३. म निवेदक मिति ०६०।१०।२८ गते सम्म आफ्नो कार्यालयमा हाजीर भई रहेको थिए । त्यस्तैमा २०६०।११।११ गते म स्वयं मध्यपश्चिम क्षेत्रीय प्रहरी कार्यालयमा उपस्थित भई आफूलाई परेको मर्का र गयल हाजीर हुनु पर्ने कारण सहित लिखत स्पष्टीकरण पेश गरेको थिए । मलाई प्रहरी नियमावली, २०४९ को नियम ८९ (२) ले निर्दिष्ट गरेको कार्यविधि अंगीकार नगरी नोकरीवाट हटाउने निर्णय गरिएको छ । आफू खुसी लाईन व्यारोक छाडी भागी हिडेको भनेर नोकरीवाट हटाउने निर्णय गरिएको छ तर सोही निर्णय पर्चामा पटक पटक विदा लिएर र हाजीर भएको भन्ने अवस्था समेत देखाइएको छ । प्रहरी नियमावलीको नियम ८८ (च) मा विदा नलिई वसेमा वा गैर हाजी