निर्णय नं. ७१०१ - जवरजस्ती करणी ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७१०१ - जवरजस्ती करणी । भाग: ४४ साल: २०५९ महिना: भाद्र अंक: ५ फैसला मिति :२०५९/०२/२७ ३५४१ निर्णय नं.७१०१ ने.का.प. २०५९ अङ्क ५.६ संयुक्त इजलास माननीय न्यायाधीश श्री टोपबहादुर सिंह माननीय न्यायाधीश श्री दिलीपकुमार पौडेल सम्वत २०५७ सालको फौ.पु.नं. .. २५७७ फैसला मितिः २०५९।२।२७।२ मुद्दाः– जवरजस्ती करणी । पुनरावेदक वादीः जि. मोरङ डाँगीहाट गा.वि.स. वडा नं. ९ बस्ने चित्रमाया धिमालको जाहेरीले श्री ५ को सरकार बिरुद्व प्रत्यर्थी प्रतिवादीः ऐ. ऐ. वस्ने दिपक भण्डारी समेत § पीडितको योनीमा पेनिट्रेशन भएको झिल्ली (Hymen) च्यातिएको भन्ने उल्लेख भएको हुंदा करणी गरेको होइन भन्न नसकिने। § पीडित चित्रमायाले आफ्नो सतित्व वचाउ गर्न संघर्ष गर्न नसकेको भन्ने आधारमा मात्र निजको मन्जुरी थियो भन्ने सम्मको अनुमान गर्न सकिने अवस्था नहुंदा प्रतिवादीहरुले सामूहिक रुपमा जाहेरवालीलाई जवरजस्ती करणी गरेको ठहराउनु पर्नेमा सो नठहराई शुरु मोरङ जिल्ला अदालतले प्रतिवादीहरुलाई आरोपित कसूरबाट सफाइ दिने ठहराएको फैसला सदर गरेको पुनरावेदन अदालत विराटनगरको फैसला नमिलेकोले उल्टी हुने । (प्र.नं. २६) पुनरावेदक वादी तर्फबाटः विद्वान उपन्यायाधिवक्ता महेन्द्रबहादुर कार्की प्रत्यर्थी वादी तर्फबाटः अवलम्वित नजिरः फैसला न्या.टोपबहादुर सिंहः न्याय प्रशासन ऐन २०४८ को दफा १२(१) (ख) अन्तर्गत मुद्दा दोहोर्याई हेरी पाउं भन्ने निवेदन परी मुद्दा दोहोर्याई हेर्ने निस्सा प्रदान भई पुनरावेदन सरह दर्ता भै आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर प्रकार छ :– २. २०४७।५।२८ गते डाँगीहाट स्थित नरवारी गाउँमा थारु जातिको नाचगान कार्यक्रम भएकोले म पनि वहिनी नावालिकालाई साथमा लिई गएकी र सो कार्यक्रम समाप्त भएपछि आफ्नो घर आउन नावालिका वहिनी २ दिदी दुखनी धिमाल साथमा लिई राती अं. ११।१२ वजे घर आउँदै गर्दा वाटामा ऐ. वस्ने दिपक भण्डारी, ऐ. ६ वस्ने सुवास कटुवाल, ऐ. वस्ने प्रदिप कटुवाल, भिम भण्डारी र भानु राजवंशी समेत ५ जना हामी भएको ठाउँमा पुगी करणीको उद्देश्यले मलाई यौवन चिन्हमा पक्री जोर जुलुम गर्न लागेको र दिदी दुखनी भाग्न सफल भएकी, म रोई कराई गर्दा दिपक भण्डारीले आफ्नो चुप्पी झिकी आज करणी गर्न नदिए यसै चुप्पीले प्रहार गरी ज्यान लिन्छौं भनि डर त्रासमा पारी साथमा रहेकी नावालक वहिनी समेतलाई पालोपालो सँग पांचै जनाले करणी लिई वीर्यपात योनीमा भएपछि अपराधी पांचजना भागी गएको र म अवला नारीलाई आक्रमण गरी करणी गरी निजहरुको विर्य योनी र लगाएका सारी समेतमा पारी करणी लिएकाले निजहरुलाई जवरजस्ती करणी अन्तर्गत सजाय गरी पाउँ भन्ने समेत चित्रमाया धिमालको जाहेरी दर्खास्त । ३. प.सं. २६१ च.नं. ३६४ मिति २०४७।६।५ को कोशी अंचल अस्पतालबाट चित्रमाया धिमालको योनी जाँच रिपोर्ट मिसिल संलग्न रहेको । ४. २०४७।५।२८ गते प्रदिप कटुवाल, दिपक भण्डारी, भिमवहादुर भण्डारी, टेकवहादुर कटुवाल र म समेत नाच हेर्न गई राती पानी पर्न लागेकोले दिपक भण्डारी वाहेक हामी ४ जना आफ्ना घरमा गयौं । सोहीरात दिपक भण्डारी कुंडा जाहेवाली सँग ठोकिन गएको कुरा भोलिपल्ट सुने । गाउँकै गणेश चौधरीले हामी ५ चैं जनालाई बोलाई कुटपिट गरेपछि सो कुटपिटको सजायबाट जोगिन निज गणेशले जाहेरवालीलाई उक्साई उजुर गरेको हो मैले अपराध गरेको होइन भन्ने समेत प्र. भानु राजवंशीले प्रहरीमा गरेको बयान । ५. २०४७।५।२८ गते मेरो दाजु टेकवहादुर, भानु र भीमवहादुर नाच हेर्न गई राती १० वजे घर फर्किएका, सो दिन दिपक चित