निर्णय नं. ३३९६ - जग्गा खिचोला किल्ला बदर

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३३९६ - जग्गा खिचोला किल्ला बदर भाग: ३० साल: २०४५ महिना: असार अंक: ३ फैसला मिति :२०४४/१२/२९ २३५८ निर्णय नं. ३३९६ ने.का.प. २०४५ अङ्क ३ संयुक्त इजलास सम्माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान सम्वत् २०४२ सालको दे.पु.नं. ४५८, ४५९ फैसला भएको मिति : २०४४।१२।२९।२ मा पुनरावेदक/प्रतिवादी : जिल्ला तनहुँ माझकोट गा.पं.वा.नं ९ मीपुलंङ बस्ने तन्हौ जिल्लापञ्चायतका सभापति विष्णु वीर आले विरुद्ध प्रत्यर्थी/वादी : जिल्ला तनहुँ क्यामिन छाप थोक गा.पं.वा.नं. १ बस्ने चिरंजिवी उपाध्यायसमेत पुनरावेदक/वादी : जिल्ला तनहुँ गा.पं. क्यामिन वा.नं. १ नरंगा वेल थुम्की वस्ने चिरंजिवि उपाध्यायसमेत विरूद्ध प्रत्यर्थी/प्रतिवादी : जिल्ला तनहुँ माझकोट गा.पं.वा.नं. ९ मिलुङ् वस्ने जिल्लापञ्चायतका हालका सभापति विष्णु वीर आलेसमेत मुद्दा : जग्गा खिचोला किल्ला बदर (१) जिल्लापञ्चायत कार्यालयले दानपत्र पारित गरी लिएको भन्ने भएपछि आफू जिल्लापञ्चायतले नलिँदै पहिल्यै उजूर गर्नु पर्ने प्रहरी कार्यालयको हक स्वामित्व स्थापित भएको छ भनी नलाग्ने कानून विरुद्ध बुँदा लगाई अदालतले गलत इन्साफ दिन नमिल्ने । (प्रकरण नं. २५) (२) आफूले कानूनको रितपुर्वक जग्गा प्राप्त नगरेको र पारित गरी लिनेको नाउँमा पनि ऐनको म्यादभित्र उजूर परी रहेको भएपछि त्यस्तो आफ्नो हक नपुगेको र झगडा परिरहेको जग्गामा घर बनाएको भन्ने भएबाट त्यस्तो कुरामा घर बनाउने ४ नं. बमोजिम नै हुने । (प्रकरण नं. २५) पुनरावेदक वादीतर्फबाट : विद्वान व.अधिवक्ता श्री मुकुन्द रेग्मी र विद्वान वरिष्ठ अधिवक्ता श्री कुष्णप्रसाद पन्त विपक्षी पुनरावेदक प्रत्यवादीतर्फबाट : विद्वान अधिवक्ता श्री यादवप्रसाद खरेल फैसला न्या. सुरेन्द्रप्रसाद सिंह : पश्चिमाञ्चल क्षेत्रीय अदालतको मिति ०४१।११।३०।४ को निर्णयमा चित्त बुझेन पुनरावेदनको अनुमति पाउँ भनी दुबै पक्षबाट यस अदालतमा निवेदन परी पुनरावेदनको अनुमति प्राप्त भई निर्णयार्थ यस इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको विवरण संक्षेपमा निम्न प्रकार छ । २. केशबहादुर दरैले म चिरंजिवीलाई निजकै भाइ मानबहादुरको नाउँ दर्ता पूर्व सोमबहादुर समेतको खेत ४ किल्ला भित्रको अघि देवी थान डिही हाल कटहर वारी भन्ने रैकर पाखो जग्गा रु.३,०००। मा मिति २०२७।४।१८।१ मा रजिष्ट्रेशन गरिदिनु भएको र मु. अन्तवीर थापाले वहाली पुर्जी गरिदिनु भएको मेरो भोग तिरोको उक्त जग्गा समेत किल्ला भित्र परी विपक्षी बोटेहरूले हाम्रो बाजेको नाउँमा लालमोहर भएको सुरकालीका गुठीमा तिर्नु बुझाउनु पर्ने हाम्रो भोगचलनको रु.२०,०००।– मोलीने २४ साल देखि नगर योजना व्यवस्था भइरहेको भन्ने समेत झुठ्ठा व्यहोर उल्लेख गरी दानपत्र लेखी विपक्षी तारापति मार्फत जि.पं.का.तनहुँका नाउँमा मिति २०२९।५।२३।२ मा पारित गरेको विपक्षीका बाजेको नाउँमा लालमोहर भएको जग्गा होइन । अघि हिरा सिंह र सुब्बा गौरीनाथको गुठी मुद्दामा घर दर हुँदा लेखाउन देखाउन सक्नु पर्ने सो समेत भएको छैन, ७।१४ नं. फाराम भर्न पनि सकेका छैनन् नगर योजना व्यवस्था ०२५ साल देखि सो मेरो जग्गा देखि दक्षिण तर्फमात्र गरिएको छैन । उल्लिखित जग्गा बोटेहरूको होइन दरैहरूको हो भन्ने कुरा जि.पं. काले स्वीकार गरी निज दरै जातिबाट लिएको २०३७।५।१३।६ को दानपत्रबाट देखिन्छ । सो जग्गा प्रहरीलाई थाना बनाउन दिने भनी जि.पं.का.ले २०२८ सालमा निर्णय गरेको, तर आफैं जि.पं.का.ले २९ सालमा मात्र दानपत्र पारित गरेको त्