निर्णय नं. ३३९७ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३३९७ - उत्प्रेषण भाग: ३० साल: २०४५ महिना: असार अंक: ३ फैसला मिति :२०४५/०१/२२ २५३१ निर्णय नं. ३३९७ ने.का.प. २०४५ अङ्क ३ संयुक्त इजलास सम्माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल सम्वत् २०४२ सालको रि.नं. १७९४ आदेश भएको मिति : २०४५।१।२२।४ मा निवेदक : का.न.पं. वा.नं. २० मरुटोल बस्ने का.मु.डि.ई. इश्वरिमान ताम्राकार विरुद्ध विपक्षी : लोक सेवा आयोग कमलपोखरीसमेत विषय : उत्प्रेषण (१) अनुमानित कुरा लिई रिट क्षेत्रमा प्रवेश गरेको निवेदकको कानूनी तथा संवैधानिक हक हनन् भएको भन्न मिल्ने स्थिति नरहने । सम्बन्धित विषयमा योग्य उम्मेदवारलाई अधिकारप्राप्त अधिकारीले कानूनले तोकेको प्रकृया तथा अधिकार प्रयोग गरी गरेको निर्णय मिलेकै देखिने । (प्रकरण नं. १९) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री गान्धी पण्डित प्रत्यर्थीतर्फबाट : विद्वान अधिवक्ता श्री राजेन्द्र प्रसाद कोइराला, विद्वान अधिवक्ता श्री शम्भु थापा आदेश न्या. बब्बरप्रसाद सिंह– नेपालको संविधानको धारा १६।७१ अन्तर्गत दर्ता हुन आएको प्रस्तुत रिट निवेदनको तथ्य एवं जिकिर निम्न प्रकार छ । २. म निवेदक २०२८ साल असोज देखि २०३० साल बैशाख १० गते सम्म अस्थायी र तत्पश्चात २०३० साल बैशाख ११ गतेदेखि आजसम्म अटुट रुपमा रा.पं.तृ (इन्जिनियरिंग सेवा) को अधिकृत पदमा सेवारत छु । शैक्षिक योग्यतातर्फ वि.इ. र एम.इ. सरहको डिप्लोमा हासिल, प्रशासन व्यवस्था विभागद्वारा संचालित तालीम प्राप्त गरेको, गोरखा दक्षिणबाहु (चतुर्थ) विभुषण प्राप्त तथा विभिन्न भौगोलिक क्षेत्रमा काम गरेको र कार्यालय प्रमुख भई विशेष जिम्मेवारी समेत वहन गरी करीव १५ वर्षको कार्य अनुभवसमेत गरिसकेको छु । ३. २०४१ साल आषाढ मसान्त सम्म सम्भाव्य उम्मेदवारहरूबाट हाईड्रोपावर उप–समूह पदमा १, श्यानीटरी उप–समूहतर्फ २ पदको दर्खास्त आव्हान गरे बमोजिम श्यानीटरी तर्फको पदमा आवेदन भरेको थिएँ । २०४२।११।३० मा बढुवा सूचना प्रकाशित हुँदा विपक्षी श्रीराम श्रेष्ठ र दिनेश चन्द्र प्याकुरेलको नाम श्यानीटरी तर्फको रिक्त पदको निमित्त न्यूनतम अंक २४०, ८२४ प्राप्त गरी सिफारिश भएको र विपक्षी मध्येको केदार प्रकाश रिजालले २२२०६० मात्र प्राप्त गरी हाइड्रोपावर उप–समूहतर्फका पदका निमित्त सिफारिश पाएको कुरा थाहा हुन आयो । श्रीराम श्रेष्ठलाई स्यानीटरी उप–समूहको रिक्त पदमा सिफारिश नगरेको भए कम्तिमा पनि २३८ भन्दा बढी अंक प्राप्त गर्ने म निवेदकको नाम स्यानीटरीतर्फ दोश्रो क्रमका निस्किनु पर्ने निश्चित थियो । नि.से.नि., २०२१ को नियम ३–५(९)(१०) बमोजिम लोक सेवा अयोग समक्ष उजुरी दिएकोमा कुनै छानबीनै नगरी निर्णय ठिकै हुनाले उजूरी मुताविक कारवाही गर्न नपर्ने भन्ने समेत आयोगबाट निर्णय भएको रहेछ । ४. सूचना नं. ९१।०४१ को सि.नं. ३ को हाईड्रोपावर तर्फ सबैभन्दा बढी अंक प्राप्त गर्ने श्रीराम श्रेष्ठलाई पहिले बढुवाको निमित्त सिफारिश नगर्नु उक्त नियमको डाडै बिपरीत कार्य भएको छ । हाईड्रोपावर तर्फ विपक्षी श्रीराम श्रेष्ठले सबैभन्दा बढी अंक पाएको हुँदा हुँदै निजलाई सिफारिश नगरी श्यानीटरी समूहतर्फ थोरै अंक भई सिफारिश हुनै नसक्ने विपक्षी केदार प्रकाश रिजाललाई जसरी पनि बढुवा गर्न विपक्षी श्रीराम श्रेष्ठलाई श्यानीटरीतर्फ नियम विरुद्ध कार्य गरी सिफारिश गरिएको छ । ६. प्रत्यर्थी बढुवा समितिले बढुवा सिफारिश गर्दा नि.से.नि. को नियम ३.५(१) विरुद्ध कार्य गरेकोले श्यानीटरीतर्फ विपक्षी श्रीराम श्रेष्ठलाई सिफारि