निर्णय नं. ३३९८ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३३९८ - उत्प्रेषण भाग: ३० साल: २०४५ महिना: असार अंक: ३ फैसला मिति :२०४५/०१/२२ ३९३२ निर्णय नं. ३३९८ ने.का.प. २०४५ अङ्क ३ संयुक्त इजलास माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल सम्वत् २०४३ सालको रिट नं. २७२६ आदेश भएको मिति : २०४५।१।२२।४ मा निवेदक : लमजुङ गाउँशहर गा.पं. वडा नं. ७ बस्ने नारायणदत्त बराल विरुद्ध विपक्षी : प्रमुख नापी अधिकृत ६ नं. नापी गोश्वारा लमजुङसमेत मुद्दा : उत्प्रेषण (१) जग्गा नापी वा जाँच हुँदा तेरो मेरोको प्रश्न उठेमा दुबै पक्षको प्रमाणको आधारमा बलियो प्रमाणवालालाई विवादित जग्गा अस्थायी दर्ता गरी अदालतबाट तेरो मेरोमा निर्णय गराई ल्याउन त्यस्को निस्सा समेत सम्बन्धित पक्षलाई दिनु पर्ने जग्गा नाप जाँच ऐन, २०१९ को दफा ६(७) मा कानूनी व्यवस्था विद्यमान नै रहको पाइने, यस्तो अवस्थामा नापी गोश्वाराले विवादित जग्गा स्थायी दर्ता गर्ने गरी तेरो मेरोमा अदालतमा जाने म्याद समेत नदिने गरी गरेको निर्णय कानून अनुकूल नदेखिने । (प्रकरण नं. १३) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री शोभाकर उपाध्याय प्रत्यर्थीहरूतर्फबाट : विद्वान अधिवक्ता श्री कुलबहादुर श्रेष्ठ र विद्वान अधिवक्ता श्री श्यामप्रसाद खरेल आदेश न्या. बब्बरप्रसाद सिंह : नेपालको संविधान, २०१९ को धारा ७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं जिकिर यसप्रकार रहेछ । २. विपक्षी धनकुमारी मेरी श्रमिती हुन् । निजले मबाट अंश दिलाई पाउन लमजुङ जि.अ. मा फिराद गरेकोमा असिपुरे नामको खेतमुरी २।७ र असी मुरे बगर नामको बिजन ।.।.।.१ को पाखो जग्गा समेत निजलाई अंश दिई २०४१।१।१४ मा मुद्दा मिलापत्र भएको थियो । ३. २०४२ साल पौष महीनामा त्यस क्षेत्रमा सर्भे नापी हुँदा विपक्षीले र मैले आ–आफ्नो जग्गा देखाई कित्ता काट समेत गराएका थियौं । विपक्षीले मिलापत्रबाट पाएको खेत ।२।७ कि.नं.७० र मेरो हकको जग्गा कि.नं.१ कायम भएको थियो । विपक्षी ४ नं. नापी टोलीले कि.नं.७१ को जग्गा बारे बुझ्न पनि मेरो नाउँमा पत्र पठाएकोमा उपस्थित हुन जाँदा धनकुमारी र तपाइँको के नाता पर्दछ, निजले पाउनु पर्ने मिलापत्र बमोजिमको ९ आना जति जग्गा दावी लिएको हुँदा दिन मन्जुर छ छैन भनी सोधनी भयो धनकुमारी मेरी जेठी श्रीमती हुन् । निजले कि.नं.७१ को जग्गाबाट ९ आना जग्गाको दावी लिनु पर्ने होइन । मेरो भागको असीमुरे खेत ।७। मध्येबाट २।७ निजलाई दिएको छु । जुन जग्गा कि.नं.७० मा नापी भएकै छ भनी कागज गरिदिएको थिएँ विपक्षीको के कस्तो उजूरी परेको थियो मलाई कुनै जानकारी थिएन । ३. विपक्षी ४ नं. नापी टोलीले मलाई पठाएको पत्र मिति ०४३।४।१२ को निर्णय र उजूरी बयान समेतको नक्कल सारी लिएँ । विपक्षी धनकुमारीले कि. फोड गरिपाउन ४ नं. नापी टोली समक्ष निवेदन दिएको त्यसमा २०४२।९।२८।१ मा प्रकाशित अनुसूची १ (क) मा मेरो निम्न कित्ताहरूमा निम्न बमोजिम हुनु पर्ने सो नभएकोले मेरा नाममा कि. फोड गरिपाउँ भन्ने व्यहोरामा र कैफियत खण्डमा ७१ कित्ताको ठूलो गरा ७० नं. कित्ताबाट नारां बल दत्तको कित्तामा पर्न गएको सिरानको गरा भन्ने लेखिएको जानकारी भयो र साथै नापी टोलीबाट धनकुमारीको पनि कागज गराइएको रहेछ । सो कागजमा निजले कि.नं.७१ को जग्गा ५–९–३–१ मा मेरा ।२।७ को कित्ता पुरै नापी हुनु पर्ने सो आधा गरी साँध किल्ला मिची ७० नं. मा १४ आना मात्र मेरो नाममा नापी भएको सूचनाबाट थाहा भई मेरो किल्ला बमोजिम सो मिलापत्र भएपछि मेरो हक भोग तिरो भरो गरिआएको जग्गा पनि प