निर्णय नं. ७६५४ - जालसाज
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७६५४ - जालसाज भाग: ४८ साल: २०६३ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०६२/१०/१९ ३९११ निर्णय नं.७६५४ ने.का.प.२०६३ अङ्क २ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री खिलराज रेग्मी माननीय न्यायाधीश श्री हरिजंग सिजापती सम्बत् २०५८ सालको फौ.पु.नं.२९६० फैसला मितिः २०६२।१०।१९।४ मुद्दा : जालसाज । पुनरावेदक / प्रतिवादीः कञ्चनपुर जिल्ला श्रीपुर गा.वि.स.वडा नं.७ बस्ने सोभान सिंह खड्का बिरुद्ध विपक्षी / वादीः ऐ.जिल्ला महेन्द्रनगर नगरपालिका वडा नं.४ बस्ने वलवहादुर सिनाल समेत § अंश मुद्दाको फैसलाले पनि ऋण वण्डा हुने ठहराएको अवस्था नभै सो फैसला अन्तिम भएर रहेको देखिदा पछि वादीले दिएको लेनदेन मुद्दामा रतनवहादुर बाहेक यी वादीहरु मध्ये कसैलाई पनि विपक्षी बनाएको नदेखिएकोले सो लिखत सोही समयमा प्रकाशमा आएको संझन नमिल्ने । § लिखत बमोजिमको साँवाव्याज वादीले प्रतिवादीबाट भरी पाउने ठहर भएको जिल्ला अदालतको २०५४।६।२ को फैसलाको नक्कल वादीहरुले २०५५।१।२५ मा रीतपूर्वक सारी थाहा पाएपछि मात्र सो लिखतको तथ्य प्रकाशमा आई आफ्नो हकमा समेत प्रतिकूल असर परेको ठानी २०५५।४।१७ मा वादीहरुको प्रस्तुत मुद्दाको फिराद परेको देखिएबाट काम भए गरेका मितिले किर्ते कागजको १८ नं.को हदम्याद भित्र फिराद दिनुपर्ने भन्ने सान्दर्भिक नदेखिने । (प्रकरण नं.१८) § किर्ते कागजको ३ नं. को कानूनी व्यवस्थालाई सरसर्ती हेर्दा जालसाजी क्रिया हुनलाई अर्काको हक मेट्ने वा कुनै तरहसँग नोक्सान पार्ने क्रिया भै सकेको अवस्थाको अनिवार्यता देखिने। (प्रकरण नं.१९) § वादीहरुले प्रतिवादीहरुको के कुन काम कुराले आफ्नो हक मेटिन गएको हो सो कुराको स्पष्ट रुपमा जिकिर लिन नसकेको र वादी दावीमा उल्लेख गरेको तथ्यबाट वादीहरुको हक जाने, नोक्सान हुने कुनै काम कारवाही भए गरेको अवस्था देखिन नआएकोले त्यस्तो अस्पष्ट र अनिश्चित दावीको आधारमा वादी माथि कुनै दायित्व आउँछकि भनी पूर्व अनुमान गरी जालसाजी जस्तो फौजदारी अपराधमा प्रतिवादीहरुलाई कसूरदार ठहराउन न्यायोचित नहुने । (प्रकरण नं.२०) पुनरावेदक प्रतिवादी तर्फवाटः विद्धान अधिवक्ताद्वय श्री शंभु थापा र श्री कृष्ण थापा विपक्षी वादी तर्फवाटः अवलम्वित नजीरः फैसला न्या.खिलराज रेग्मीः पुनरावेदन अदालत महेन्द्रनगरको मिति २०५७।१२।६ को फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा १२ बमोजिम मुद्दा दोहोराई पाउँ भनी प्रतिवादीको यस अदालतमा परेको निवेदनमा मुद्दा दोहोराउने निस्सा प्राप्त भै पुनरावेदनमा दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छ :– २. बुबा उदय सिनालका प्रतिवादी रतनवहादुर सिनाल समेत हामी ५ भाई छोरा हौं । विपक्षी रतनले हाम्रो अंश भाग लाग्ने सम्पत्ति हाम्रो जानकारी विना बेचविखन गरी दिएकाले अंश र र.पा.बदर हक कायममा मुद्दा दिई हाम्रो दावी बमोजिम अंश पाउने र र.पा.बदर हुने ठहर अन्तिम समेत भएको छ । विपक्षी रतनवहादुरले विपक्षी सोभान सिंहसँग मिलोमतो गठजोर गरी अंश मुद्दाको तायदातीमा ऋण देखाएको ऋणका हकमा साहुका उजुर परेका वखत ठहरे बमोजिम हुने भनी ठहर भएको थियो । ३. विपक्षी सोभानले विपक्षी रतन सिनालका नाउँमा २०५४मा लेनदेन मुद्दा दायर गरेकोमा रतनवहादुरले म्यादमा प्रतिउत्तर नफिराई म्याद गुजारी बसेकाले १,५०,०००।– साँवा र १० प्रतिशत व्याज समेत भरी पाउने ठहरी २०५४।६।२ मा मुद्दा फैसला भएको छ । विपक्षी सोभान त्यति ठूलो रकम ऋण दिन र रतन सिनाल त्यही लिने व्यक्ति नै होइनन् । विपक्षीहरुले यसरी झुठ्ठा तथ्य