निर्णय नं. ७१०३ - लेनदेन ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७१०३ - लेनदेन । भाग: ४४ साल: २०५९ महिना: भाद्र अंक: ५ फैसला मिति :२०५८/०६/०३ २९४८ निर्णय नं. ७१०३ ने.का.प.२०५९ अङ्क ५.६ संयुक्त इजलास माननीय न्यायाधीश श्री भैरवप्रसाद लम्साल माननीय न्यायाधीश श्री केदारप्रसाद गिरी सम्बत २०५४ सालको दे.पु.नं. .. ४०४५ फैसला मितिः २०५८।६।३।४ मुद्दाः लेनदेन । पुनरावेदक प्रतिवादीः जिल्ला उदयपुर गा.वि.स.भूमरसुवा वडा नं.९ हाल त्रि.न.पा. वडा १५ वस्ने भेषराज रेग्मी बिरुद्व प्रत्यर्थी वादीः जि. खोटाङ गा.वि.स.दिक्तेल वार्ड नं.४ भै हाल जि.उदयपुर त्रि.न.पा. वार्ड नं.१ वस्ने तारानाथ आचार्य § पुनरावेदक प्रतिवादीले आफ्नो नाममा रहेको जग्गा २०५१ साल पौष मसान्त सम्ममा वादीलाई पारीत गरिदिने भाखा राखी रु.५०००। वुझी लिई मिति २०५१।८।१७ मा लिखत गरिदिएको अवस्थामा पुनरावेदन जिकिर वमोजिम तत्काल प्रचलित करार ऐन, २०२३ को दफा १८(२)(ग) वमोजिमको हदम्याद आकर्षित हुने § प्रस्तुत मुद्दाको फिराद लेनदेन व्यवहारको ४० नं. ले लिखत भएको मिति २०५१।८।१७ को २ वर्ष भित्र परेको देखिंदा हदम्याद नाघी फिराद परेको भन्न नमिल्ने । (प्र.नं. ११) पुनरावेदक प्रतिवादी तर्फबाटः प्रत्यर्थी वादी तर्फबाटः अवलम्वित नजिरः फैसला न्या.केदारप्रसाद गिरीः पुनरावेदन अदालत राजविराजको फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ग) बमोजिम दायर भएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार छ :– २. जि. उदयपुर गा.वि.स. भूमरसुवा वार्ड नं. ७ (ख) कि.नं. १२८ का विगाहा ०–६–२ जग्गा धान वाली लाग्छ मेरो नाममा दर्ता छ, मूल्यको हकमा रु.५,०००।– दिएमा जग्गा जम्मा मुल्य रु. ४२,७८०।– मा बाँकी मूल्य मसान्त सम्ममा बुझी जग्गा पारीत गरि दिन्छु भनेर मिति ०५१।८।१७ गतेका दिन बिहान हरिप्रसाद आचार्य र मैले नचिनेका मानिस समेत २ जनाको रोहवरमा मैले रु.५,०००।– नगदी नोट भेषराज रेग्मीलाई दिएँ । निजले बुझी बाँकी मुल्य मसान्तसम्ममा दिई पारित गरि दिन्छु नतिरे दोबर लिनु भनि आफ्नो हस्ताक्षरबाट लिखतलेखी निज हरिप्रसाद र मेरो अपरिचित व्यक्ति हिरा रेग्मी सोही लेखाई तमसुक बनाई मलाई दिई जग्गा पारित गरिदिन्छु भन्नु भयो । जग्गा पारीत गरिदिनु होस् पैसा लिनुहोस् भन्दा आज भोलि पारित गरिदिन्छु भन्दै आलटाल गर्दै भाखामा पारित समेत नगरी दिएकाले निजले बुझी लिएको साँवा र सर्त बमोजिम साँवा रु.५,०००।– र पारीत नगरे डबल बुझाउने छु भनि सर्त भएपनि लेनदेन व्यवहारको ६ नं. बमोजिम सयकडा १०।– भन्दा बढीमा भराई दिने दावी नपुग्ने हुँदा लिएको मिति २०५१।८।१७ ले फिराद दर्ता भएको मिति २०५२।४।२१ गते सम्मको १०% ले व्याज रु. ३२१।– समेत जम्मा विगो रु. ५३२१ र भराएका मिति सम्मको व्याज अन्य दस्तुर समेत विपक्षीबाट दिलाई भराई पाउँ भन्ने वादीको फिराद पत्र । ३. विपक्षी तारानाथले मेरा नाममा दिनुभएको वादीको प्रमाण २ मा उल्लेख भएको जि. उदयपुर गा.वि.स. भुमरसुवा वार्ड नं. ७ कि.नं. १२८ को ज.वि. ०–६–२ जग्गा मेरा नाउँमा दर्ता रहेको हुँदा जग्गा विक्री गर्ने प्रसंग भएको हुँदा विपक्षी वादी पनि खरिद गर्ने भै जग्गा खोजी हिडेकै अवस्था मेरो जग्गा समेत विक्री हुने कुरा गाउँघरबाट सुनी मेरो घरमा आई विपक्षीको र मेरो भेटघाट भै जग्गाको मोल हुँदा दुवै पक्षको चित्तबुझी जम्मा मोल रु.४२,७००। कायम गरी २०५१।८।१७ गते बैना वापत रु. ५०००।– दिनु लिनु गरी बैना बट्टाको लिखत भएको हो । २ जनाको संयुक्त मञ्जुरीबाट बैनाबट्टा लिखत २०५१।९। मसान्तको भाखा राखी जग्गाधनीले जग्गा नदिए वैमान गरे बैनाको दोबर