निर्णय नं. ३३९९ - उत्प्रेषणयुक्त परमादेश जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३३९९ - उत्प्रेषणयुक्त परमादेश जारी गरिपाउँ भाग: ३० साल: २०४५ महिना: असार अंक: ३ फैसला मिति :२०४२/०२/०० २४७५ निर्णय नं. ३३९९ ने.का.प. २०४५ अङ्क ३ संयुक्त इजलास माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल सम्वत् २०४४ सालको रि.नं. २४२५ आदेश भएको मिति : २०४५/२/ निवेदक : ल.पु.जि.ल.पु.न.पं.वार्ड नं. ११ कुटी सौगल बस्ने भाइलाल महर्जन विरुद्ध प्रत्यर्थी : प्र.जि.अ. ललितपुरसमेत विषय : उत्प्रेषणयुक्त परमादेश जारी गरिपाउँ (१) जिल्ला कार्यालय जग्गा जमीन सम्बन्धमा कागज गराए पनि ऐनले मान्यता नपाउने समेत हुँदा माग बमोजिमको आदेश जारी गर्न नमिल्ने । (प्रकरण नं. १४) निवेदकतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री वासुदेव ढुंगाना प्रत्यर्थीतर्फबाट : विद्वान सह–न्यायाधिवक्ता श्री जितबहादुर कार्की र विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी आदेश न्या. बब्बरप्रसाद सिंह– नेपालको संविधानको धारा १६।७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त व्यहोरा निम्न प्रकार छ । २. ल.पु.न.पं. वार्ड नं. २(ख) कि.नं.१३८ को जग्गाधनी सुरेन्द्र शमशेर मोही म निवेदक भएकोले संविधानद्वारा प्रदत्त हक निर्विवाद हक भोगको जग्गाको दक्षिणतर्फ विपक्षी बुनु कार्की र पवित्रकुमारी पाण्डेको जग्गा कि.नं.१४ भएकोमा मेरो जग्गाको प्र.प. १०९ उ.द. पूर्वतर्फ ३० फिट र प.तर्फ ११ फिट लगभग ८ आना जग्गा आफ्नो जग्गा भित्र पारि मेरो जग्गा मिचि नक्शा पास बेगर पर्खाल लगाएकोमा ल.पु.न.पं.मा नक्शा पास बेगर लगाइएको पर्खाल भत्काई पाउँ भनी उजूर गरेको छु कारवाही चलिरहेको छ । ३. कि.नं.१३८ को पूर्व दक्षिण रहेको कि.नं.२०१ को उत्तरतर्फको १० फुट बाटोको सम्बन्धमा लिखत बदर मुद्दा विपक्ष उमेशबहादुर श्रेष्ठ र अन्य व्यक्तिसंग झगडा परी ल.पु.जि.अ. मा कारवाही चलि अदालतको विचाराधिन रहेको छ । ४. यस्तो अधिकृत निकायमा उजूर परी कारवाही चलिरहेको व्यवस्थामा विपक्षी प्र.जि.अ. बाट कुनै पनि कारवाही गरिनु नहुनेमा गैरकानूनी तरिकाबाट मलाई प्रहरीद्वारा बोलाउन लगाई मिति ०४४।२।११ मा विपक्ष जिः कार्यालयमा उपस्थित गराई पहिले देखि तयार पारिएको कागजमा मलाई नपढी नसुनाई जबरजस्ती सही गराउन बाध्य गरी सही गराएपछि तिमिले कि.नं.२०१ देखि पश्चिम तर्फ जाने बाटो दिनुपर्दछ । यदि दिएनौ भने राम्रो हुने छैन भनी मौखिक रुपमा चेतावनी सुनाएको र उक्त कागजको नक्कल समेत नदिनुका अतिरिक्त यही ०४४।२।२७ गतेको तारेख तोकिएको हुँदा अनधिकृत निकाय विपक्षी प्र.जि.अ. ले अन्य विपक्षीहरूको मिलोमतोबाट मलाई जबरजस्ती गर्नुभएका उक्त २७ गते हाजिर हुन आउँदा बाटो दिई सकेको हुनुपर्दछ होइन भने थुनामा राखिदिन्छु भनी चेतावनी दिएको हुँदा सम्मानीत अदालतका शरणमा आएको छु । ५. विपक्षीलाई यसप्रकार कागज गराउनुको अतिरिक्त बाटो समेत दिनुपर्दछ भनी हकलाई असर पार्ने किसिमको जोर जुलुम गर्ने कुनै कानूनले अधिकार प्रदान गरेको छैन यसप्रकार इच्छा विरुद्ध कागज गराई बाटो दिनुपर्दछ भनी मौखिक चेतावनी समेत दिएकोले विपक्षीहरूको काम कारवाही बदर गराई माग्न अन्य उपचारको मार्ग नभएको हुँदा सम्मानीत अदालतका असाधारण अधिकार क्षेत्र गुहार्न आएको छु विपक्षी प्र.जि.अ. को उक्त मिति ०४४।२।११ को कागज उत्प्रेषणका आदेशद्वारा बदर गरी पुनः यस्तो कामकारवाही नगर्नु भन्ने विपक्षीका नाममा परमादेशको आदेश समेत जारी गरिपाउँ भन्ने समेत रिट निवेदन जिकिर । ६. यस्मा के कसो भएको हो निवेदकको निवेदन माग बमोजिमको आदेश जारी हुन