निर्णय नं. ३४०० - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३४०० - उत्प्रेषण भाग: ३० साल: २०४५ महिना: असार अंक: ३ फैसला मिति :२०४५/०२/०३ २५५१ निर्णय नं. ३४०० ने.का.प. २०४५ अङ्क ३ संयुक्त इजलास माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान सम्वत् २०४२ सालको रिट नं. १९१६ आदेश भएको मिति : २०४५।२।३।२ मा निवेदक : का.जि.का.न.पं. वडा नं. ३३ मैतिदेवी बस्ने सुरेशमान जोशी विरुद्ध विपक्षी : मालपोत कार्यालय, काठमाडौंसमेत विषय : उत्प्रेषण (१) निवेदकलाई झिकाई बुझी निर्णय गर्नु पर्नेमा प्रतिवाद गर्ने मौका समेत प्रदान नगरी नक्शा संशोधन गरिदिने भनी गरेको निर्णय प्राकृतिक न्याय सिद्धान्त बिपरीत देखिने (प्रकरण नं. १२) निवेदकतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद भण्डारी विपक्षीतर्फबाट : विद्वान अधिवक्ता श्री सिन्धुनाथ प्याकुरेल आदेश न्या. बब्बरप्रसाद सिंह : नेपालको संविधानको धारा ७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं जिकिर यसप्रकार देखिन्छ । २. मैले काठमाडौं मैतिदेवी बस्ने रमाविलाशसंग २०३६।६।२४ मा रजिष्ट्रेशन पास गरी का.न.पं. साविक २८ को सार्वजनिक जग्गा पश्चिम बाटो उत्तर सानु भाइको घर कसरो जग्गा र ज्ञानबहादुरको जग्गा, दक्षिण पद्मबहादुरको घर गारो र सानु काजी र महबुलको घर जग्गा, यति ४ किल्ला भित्रको ०–३–३ जग्गा खरीद गरी लिएको र भोगचलन पनि गरिआएको छु । विपक्षीले पद्मबहादुरबाट राजीनामा गराई लिएको जग्गा मेरै दक्षिण साँधमा कि.नं.८१३ मा नापी भएकोछ । पर्खालले घेरिएको कि.नं.१२८८ को जग्गा मेरो नाममा नापी कायम भएकोमा विवाद छैन । ३. मेरो दाता रमाविलाशसंग तथा पद्मबहादुर समेतसँग खिचोला मुद्दा पर्दा का.जि.अ. बाट ०३४।३।५ मा नक्शामा वलेनी भन्दा पेटि धेरै माथि देखिएको घर नयाँ बनेपछि पेटी घरैमा जोडिनु पर्नेमा वलेनी भन्दा पेटी माथि कायम रहेको र नक्शाबाट सो पेटी वादीको ग्यारेजमा समावेश भएकोले सो पेटिसम्म वादीको जग्गामा खिचोला गरेको ठहर्छ भनी फैसला हुँदा विपक्षीहरूको पुनरावेदन परी वा.अं.अ. बाट २०३४।८।५ को नक्शा हेर्दा पनि वलेनी वादीको जग्गातर्फ परेको नदेखिनाले सो पेटी वादीको जग्गामा बनाई खिचोला गरेको भन्ने फैसला भयो । २०३७।७।१ मा का.न.पं. बाट निजहरू उपर नक्शा पासमा मुद्दा पर्दा विपक्षीले रमाविलाशको जग्गातर्फ कुनै खुला झ्याल ढोका नराखी घर बनाउन पाउँछ भनी निर्णय भएको छ । ४. यसरी पटक–पटकको निर्णय तथा सर्भे नक्शा समेतबाट मेरो हक भइसकेको कुरामा विपक्षीले म.क्षे.अ. को २०३६।४।२ को फैसला अनुसार भनी पेटी उल्लेख नभएबाट पेटी कायम गरिपाउँ भनी हिमकुमारीले मा.पो.का.मा निवेदन दिंदा उक्त कार्यालयले मलाई नबुझी मेरो उत्तरतर्फको कि.नं.१२८८ को जग्गाको नक्शा सच्याई दिने गरी २०४२।३।२३ मा निर्णय गरिएकोबाट मेरो कानूनी तथा संवैधानिक हकमा समेत आघात पुग्न गएको छ । मेरो हक भोगको जग्गाको नक्शा सच्याउन नपाउनेमा मलाई नबुझी नक्शा सच्याउने भनी विपक्षी कार्यालयको निर्णय प्राकृतिक न्याय सिद्धान्त बिपरीत भएको छ । ५. विपक्षीहरूले गारो हटाई वलेनी पाखा हटाई पाउँ भन्ने मुद्दाको फैसलाको प्रतिलिपि पेश गर्नु भएको छ । पेटि बनाई खिचोला मुद्दाको फैसलाको प्रतिलिपि पेश गर्नु भएको छैन । सो फैसलामा अं.अ. बाट पेटी, घर बनाउनेको ४ नं. अनुसार उठाई लैजान पर्नेमा नउठाई सोही ४ नं. बमोजिम हुने कुरा प्रतिवादीलाई सुनाई दिने भनी ठहर भएको, सोही आधारमा विवादित पेटी मेरो दाताको ठहरिएकोले मेरो हक स्थापित भएको निर्विवाद छ । त्यस्तो निर्विवाद हक