निर्णय नं. ७६५५ - भ्रष्टाचार
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७६५५ - भ्रष्टाचार भाग: ४८ साल: २०६३ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०६२/१२/२१ २९५६ निर्णय नं.७६५५ ने.का.प.२०६३ अङ्क २ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री खिलराज रेग्मी माननीय न्यायाधीश श्री पवनकुमार ओझा संवत २०५९ सालको फौ.पु.नं. २६९२,२६९३ फैसला मितिः २०६२।१२।२१।२ मुद्दाः– भ्रष्टाचार । पुनरावेदक / प्रतिवादीः जिल्ला रुपन्देही वुटवल न.पा.वार्ड नं.८ वस्ने इश्वरप्रसाद पौडेल विरुद्ध प्रत्यर्थी / वादीः महेन्द्र खाती समेतको उजुरीले श्री ५ को सरकार पुनरावेदक / प्रतिवादीः जिल्ला पाल्पा, तानसेन न.पा.वडा नं.१० वस्ने ठाकुरध्वज कार्की समेत विरुद्ध प्रत्यर्थी / वादीः महेन्द्र खाती समेतको जाहेरीले श्री ५ को सरकार § मोटर मर्मत गराई ल्याई सकेपछि प्राविधिकवाट जांच गराउंदा रिवाइण्डिङ्ग वा मर्मत कार्य नभएको भन्ने एकता इलेक्ट्रिक वर्क्सपको प्रतिवेदनवाट मोटर रिवाइण्डिङ्ग भएको प्रमाणित हुन नआउने भनी मेकानिकल इन्जिनियर र नेपाल विद्युत प्राधिकरणका सहायक प्रवन्धकको संयुक्त जांच प्रतिवेदन एवं पूर्ण रिवाइण्डिङ्ग गरेको देखिएन भन्ने समेतको मे.ई.दिलीप खतिवडाको प्रतिवेदन समेत हुँदा सो मोटर रिवाइण्डिङ्ग भएको भन्न मिल्ने अवस्था नरहने । § मर्मत भएको भनी स्टेशनसम्म ल्याई मर्मत वापत भनी रु.३५,०००।– रकम भुक्तानी गराउन नापी कितावमा सही समेत गरेको कारण प्रतिवादीले रकम वुझेको कार्यवाट श्री ५ को सरकारलाई हानीनोक्सानी र प्रतिवादीलाई गैरकानूनी लाभ पुर्याएको पुष्टि भएको देखिदा राष्ट्र सेवकले भ्रष्टाचार निवारण ऐन २०१७ को दफा ७ (१) को कसूर गरेको होइन रहेछ भन्न नमिल्ने । § राष्ट्र सेवक कर्मचारीसंग मिलेमतो गरी नक्कली विल वनाई रकम वुझेको देखिदा प्रतिवादी इश्वरप्रसाद पौडेल समेतले ऐ.को दफा ८(१) को कसूर गरेको हुँदा निज समेत कसूरदार देखिन आउने । (प्रकरण नं.२३) पुनरावेदक प्रतिवादी तर्फवाट विद्वान अधिववक्ता राधेश्याम पराजुली प्रत्यर्थी वादी तर्फवाटः उपस्थित विद्धान सहन्यायाधीववक्ता सरोज गौतम अवलम्वित नजीरः फैसला न्या.पवनकुमार ओझाः पुनरावेदन अदालत वुटवलको मिति २०५८।१०।१ को फैसला उपर न्याय प्रशासन ऐन २०४८ को दफा ९ वमोजिम पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छ :– २. जिल्ला खानेपानी कार्यालय पाल्पामा मिति २०५७।५।८ गते भुल्के योजनाको ३० कि.वा.५० हर्ष पावरको इलेक्ट्रोनिक मोटरको हाउजीङ वुसिङ मर्मत गर्न पर्छ भनी इष्टीमेट नै नगरी सि.प.अ.ठाकुरध्वज कार्कीले वुटवल पौडेल इन्जीनियरीङ वर्कसपमा लगेको उक्त मोटर मर्मत नै नगरी मर्मत गराएको भनी नक्कली विल वनाई रु.३५,०००।– भूक्तानी लिई भ्रष्टाचार गरेकोले कारवाही गरी पाउं भन्ने महेन्द्र खातीको निवेदन । ३. ठाकुरध्वज कार्कीले विना ईस्टीमेट पौडेल इन्जीनियरीङ वर्कसपसंग सांठगांठ मिलाई मोटर रिवाइण्डिङ नै नगरी गरेको विल वनाई मेजरमेन्ट वुकमा समेत चढाई रु.३५,०००।– रकम भ्रष्टाचार गरेकोले कारवाही गरी पाउं भन्ने तानसेन नगरवासीको निवेदन । ४. पाल्पा खानेपानी योजना भुल्के नं.३ पम्प स्टेशनको नं.१ पम्पको ३० कि.वा.५० हर्ष पावरको इलेक्ट्रीक जापानिज, मोटर परिक्षण गर्दा हालसम्म रिवाइण्डिङ्ग वा मर्मत कार्य नभएको भन्ने एकता इलेक्ट्रीक वर्कसको २०५७।७।६ को परिक्षण प्रतिवेदन । ५. पौडेल इन्जीनियरीङ वकर्सपको मिति २०५७।६।८ को विलमा रिवाईन्डीङ्ग वापत भन्दै रु ३५,०००।– उल्लेख गरेको र उक्त विल नं.४ समेतको रकम भुक्तानी गरेको जि.खा.पा.कार्यालय पाल्पाको मि