निर्णय नं. ९००८ - बकसपत्र दर्ता बदर

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९००८ - बकसपत्र दर्ता बदर भाग: ५५ साल: २०७० महिना: भाद्र अंक: ५ फैसला मिति :२०७०/०२/०६ ५९०४ ने.का.प. २०७०, अङ्क ५ निर्णय नं.९००८ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री रामकुमार प्रसाद शाह माननीय न्यायाधीश श्री ज्ञानेन्द्रबहादुर कार्की संवत् २०६५–CI–०७२६ फैसला मितिः २०७०।२।६।२ मुद्दाः बकसपत्र दर्ता बदर । पुनरावेदक वादीः नवलपरासी जिल्ला, प्रतापपुर गा.वि.स., वडा नं. ४ घर भै हाल काठमाडौँ महानगरपालिका वडा नं.१ बस्ने विजयबहादुर शाहीसमेत विरुद्ध प्रत्यर्थी प्रतिवादीः कास्की जिल्ला, पोखरा उपमहानगरपालिका वडा नं.६ बस्ने हरिप्रसाद पौडेल शुरू फैसला गर्नेः मा.न्या.श्री वीरिसंह महरा पुनरावेदन फैसला गर्नेः मा.न्या.श्री नन्दराज अधिकारी मा.न्या.श्री दुर्गाप्रसाद उप्रेती § प्रचलित कानूनमा विवादसँग सम्बद्ध विषयमा नालिस वा उजूर गर्न भनी कुनै निश्चित् हदम्यादको व्यवस्था भएकोमा न्यायिक उपचारको माग गरी अदालतसमक्ष प्रवेश गर्ने पक्षले कानूनद्वारा निर्दिष्ट हदम्यादको अनुशरण गरेर मात्रै कानूनी उपचार खोज्नुपर्दछ । अदालतले पनि यस प्रकारको विवादमा न्यायिक निरूपणको क्रममा सर्वप्रथम फिराद कानूनमा उल्लिखित हदम्यादभित्र दायर भए नभएको कुरा यकीन गरी हदम्यादभित्रै दर्ता भएको देखिन आएमा मात्र विवादको तथ्यभित्र प्रवेश गरी सम्बद्ध कानून र प्रमाणका आधारमा विवादको न्याय निरूपण गर्नुपर्ने । § मुद्दामा हदम्यादको विषय विवादसँग सम्बन्धित कुनै पक्षले आफ्नो इन्छाअनुकूल संकुचित वा विस्तार गर्ने विषय नभई यो विशुद्ध विधायिकी कानूनद्वारा निर्दिष्ट भई प्राप्त हुने कानूनी हक हो । यस्तो हकलाई कुनै पक्षको अनुकूल वा प्रतिकूल हुने गरी व्याख्या गर्न नमिल्ने । § कानूनमा हदम्यादको विषय जे जुनरूपमा र जसरी प्रयुक्त भएको छ, अदालतले पनि सोसम्बन्धी कानूनी प्रावधानको व्याख्या कानूनी शब्दको अर्थ र उद्देश्यअनुरूप मात्रै गर्नुपर्ने । (प्रकरण नं.५) § अंश मुद्दाको ठहर खण्डमा केही उल्लेख नगरी फैसलाको तपसिल खण्डमा बण्डा हुने सम्पत्तिमा उल्लेख भएको आधारमा मात्र अंश मुद्दाबाट हक कायम भएको मान्न नमिल्ने । (प्रकरण नं.८) पुनरावेदक वादीतर्फबाटः विद्वान वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्का र अधिवक्ताहरू शैलेन्द्रकुमार दाहाल र विश्वप्रकाश सिग्देल प्रत्यर्थी/प्रतिवादीतर्फबाटः विद्वान वरिष्ठ अधिवक्ताहरू बद्रीबहादुर कार्की, वसन्तराम भण्डारी, श्यामप्रसाद खरेल, हरिहर दाहाल र हरिकृष्ण कार्की तथा विद्वान अधिवक्ताहरू विजयप्रसाद मिश्र र शरदप्रसाद कोइराला अवलम्बित नजीरः § नेकाप २०४६, अङ्क ११, निर्णय नं. ३९८७, नेकाप २०६९, अङ्क ६, नि.नं. ८८५२ § नेकाप २०५२, अङ्क १०, निर्णय नं. ६०९६ सम्बद्ध कानूनः § मुलुकी ऐन, लेनदेन व्यवहारको १० नं. § दान बकसको महलको ५ नं. फैसला न्या.ज्ञानेन्द्रबहादुर कार्कीः पुनरावेदन अदालत, पाटनको फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा १२ को उपदफा (१) को खण्ड (क) र (ख) बमोजिम मुद्दा दोहोर्‍याई हेरिपाऊँ भनी निवेदन परी उल्लिखित ऐनको दफा १२ को उपदफा (१) को खण्ड (ख) बमोजिम मुद्दा दोहोर्‍याई हेर्ने निस्सा प्रदान भएको प्रस्तुत मुद्दा यसै अदालतको अधिकार क्षेत्रभित्रको देखिँदा मुद्दाको संक्षिप्त टिपोट र निर्णय यस प्रकार रहेको छः– स्व. लालबहादुर शाहीका २ छोरामा जेठा स्व. शेरबहादुर र कान्छा हामी फिरादीको बाबु स्व.जयबहादुर शाही हुनुहुन्छ । स्व. शेरबहादुर शाही श्रीमती विपक्षीमध्येकी तिलककुमारी शाही, शेरबहादुर र जयबहा