निर्णय नं. ३४०३ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३४०३ - उत्प्रेषण भाग: ३० साल: २०४५ महिना: असार अंक: ३ फैसला मिति :२०४५/०२/२५ २८९३ निर्णय नं. ३४०३ ने.का.प. २०४५ अङ्क ३ संयुक्त इजलास माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान सम्वत् २०४३ सालको रिट नम्बर २१८७ आदेश भएको मिति : २०४५।२।२५।३ मा निवेदक : जि. गोरखा गोरखकाली गा.पं. वार्ड नं. १ बस्ने मेघबहादुर मास्केसमेत विरुद्ध विपक्षी : गुठी संस्थान केन्द्रीय कार्यालय, रामशाहपथसमेत विषय : उत्प्रेषण (१) रैतान नम्बरीमा दर्ता भएको जग्गाको दर्ता बदर गुठी संस्थानले गर्न सक्ने नदेखिने । (प्रकरण नं. ११) (२) गुठी रैतान नम्बरी जग्गामा जग्गावालाको हक र हैसियत प्रचलित कानून बमोजिम सरकारी रैकर जग्गाको जग्गावाला सरह नै हुनेछ भन्ने गुठी संस्थान ऐन, २०३३ को दफा ६२(२) मा भएको व्यवस्थाबाट उक्त जग्गाहरूले अधिग्रहण परेकोमा मुआवजा निवेदकहरुले नै पाउन पर्नेमा ३ भागको २ भाग गुठी संस्थानमा आउनु पर्ने भन्दै १ भाग हाल जोताहा मोहीले पाउने गरी गुठी संस्थानबाट भएको निर्णय उत्प्रेषणको आदेशद्वारा बदर हुने (प्रकरण नं. ११) निवेदकहरु तर्फबाट : विद्वान अधिवक्ता श्री प्रकाश वस्ती विपक्षीहरु तर्फबाट : विद्वान सह–न्यायाधिवक्ता श्री राजेन्द्रप्रसाद कोईराला र विद्वान अधिवक्ता श्री शोभाकर उपाध्याय उल्लिखित मुद्दा : सम्वत् २०४३ सालको रि.नं. २४३२ निवेदिका धनसरिया दासिन र विपक्षी गुठी संस्थान केन्द्रीय कार्यालय समेत भएको उत्प्रेषणको रिट निवेदनमा ने.का.प. २०४४ को नि.नं. ३१८८ मा सिद्धान्त प्रतिपादित आदेश न्या.पृथ्वीबहादुर सिंह : नेपालको संविधानको धारा १६।७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य तथा निवेदन जिकिर यसप्रकार रहेछ । २. हामी निवेदकहरूको गुठी रैतान नम्बरी घर जग्गा सम्पत्ति हाल नापी हुँदा गोरखकाली गा.पं. वार्ड नं. १ मा क्रमशः कि.नं.४७५, ४७३, ४७४, ४७६, ४५४, ४५७, ४७७, ४७२, ४४६, ४४२, ८०४, ४४७ र ४४९।४८१, ४५५, ४४३, ४४८, ४७९ तथा ४४४ कायम भएका छन् । उपरोक्त घर जग्गाको प्रकृतिको विषयमा नापीका बखत छानबीन हुँदा यी जग्गा रैकर सरहका गुठी रैतान नम्बरी हुन् तर ज.ध. प्रमाण पूर्जामा खास जोताहाको नाम मोहीको महलमा लेख्ने र जग्गा धनीको महलमा दर्तावाला मोहीको नाम लेख्ने तथा रैकर जग्गा सरह नै सम्बन्धित जग्गावालालाई सो पूर्जा दिने भन्ने स्वयं विपक्षी नं. १ ले ०४०।४।२४ मा स्वीकार गरी मा.पो.का.गोरखालाई पत्र प्रेसित गरेको छ । उक्त पत्रकै आधारमा हामीले रैकर सरह नै ज.ध.प्र. पूर्जा प्राप्त गरेका छौं । गोरखा बजार स्थित हाम्रो उपरोक्त घर जग्गा श्री ५ वडामहाराजाधिराज पृथ्वीनारायण शाहको प्रतिमा स्थापनाको लागि श्री ५ को सरकारले अधिग्रहण गरेकोमा घर पर्ने हामी निवेदकहरूले पुरा क्षतिपूर्ति प्राप्त गरी सकेको छौं । जग्गाको क्षतिपूर्ति लिन विपक्षी नं. २ मा सम्पर्क राख्दा गुठीको जग्गा भएबाट तीन खण्डको दुई खण्ड गुठी संस्थानलाई र १ खण्ड मुआवजा हामीलाई दिने भनिएबाट यो जग्गा रैकर सरहको नगद तिरो लागेको र हामीले ज.ध. सरह प्रमाण पूर्जा विपक्षी नं. १ कै निर्णयबाट पाएको र हाम्रो जस्तै विवादमा रैतान नम्बरी जग्गाको हकमा सम्पूर्ण मुआवजा दर्तावालालाई दिनु पर्ने सम्मानीत सर्वोच्च अदालतबाट निर्णय भएको कागज राखी निवेदन गरी पटक–पटक सम्पर्क राख्ने क्रममा ०४३।१०।२ मा सम्पर्क राख्दा ०४३।८।१८ मा विपक्षी नं. १ ले ३ खण्ड को २ खण्ड मुआवजा आफैंले पाउने निर्णय कायमै गरेको मौखिक जानकारी पायौं । अनौप