निर्णय नं. ७६५६ - परमादेश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७६५६ - परमादेश भाग: ४८ साल: २०६३ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०६२/१२/३० ५५८७ निर्णय नं.७६५६ ने.का.प.२०६३ अङ्क २ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री शारदाप्रसाद पण्डित माननीय न्यायाधीश श्री राजेन्द्रकुमार भण्डारी सम्बत २०५८ सालको दे.पु.नं.८२११, ६९३०, ६९२८ फैसला मितिः २०६२।१२।३०।४ मुद्दाः– परमादेश । पुनरावेदक / बिपक्षीः श्री ५ को सरकार मालपोत कार्यालय, विराटनगर, मोरङको तर्फबाट प्रमुख मालपोत अधिकृत कुलप्रसाद थापा बिरुद्ध प्रत्यर्थी / निवेदकःमोरङ जि. वयरबन गा.बि.स.वडा नं.९ बस्ने कुलप्रसाद खनाल समेत पुनरावेदक / बिपक्षीः मालपोत कार्यालय, बेलवारीका तर्फबाट प्रमुख मालपोत अधिकृत बिष्णुकुमार राई बिरुद्ध प्रत्यर्थी/निवेदकः मोरङ जि. वयरबन गा.बि.स.वडा नं.९ बस्ने कुलप्रसाद खनाल समेत पुनरावेदक/बिपक्षीः सुकुम्बासी समस्या समाधान आयोग जिल्ला समिति मोरङको तर्फबाट समितिको अध्यक्ष श्री बसन्त भट्टराई बिरुद्ध प्रत्यर्थी/निवेदकःमोरङ जि.वयरबन गा.बि.स.वडा नं.९ बस्ने कुलप्रसाद खनाल समेत § बसोवासका लागि प्राप्त जग्गामा एकबर्षभित्र घर बनाई बसोवास गरि भोगचलन गर्नुपर्ने तथा नियमानुसार धितो पनि राख्न सकिने गरि निवेदकहरुले हक स्थापित गरेको एवं निजहरुले सो वितरीत जग्गा वापत बुझाउनुपर्ने राजश्व समेत दाखिल गरेको निवेदन सम्बन्धमा कुनै खण्डन नगरी आयोगले श्रेस्ता अभिलेख कायम गरी जानकारी दिने प्रयोजनका लागि दिएको पत्र समेतलाई अन्यथा भन्न नसकेको अवस्थामा निवेदकरुले प्राप्त गरेको जग्गा जमिनलाई श्रेस्ता कायम नगरी राख्नु न्यायोचित मान्न नसकिने । (प्रकरण नं.१५) § सुकुम्वासी समस्या समाधान आयोगबाट मालपोत कार्यालयलाई लेखेको पत्रवमोजिम कानून बमोजिमको प्रक्रिया तुरुन्त अवलम्बन गरि निवेदकहरुको निवेदन व्यहोरामा उल्लेख भएको अन्य निवेदकहरुले आयोगबाट वितरीत जग्गाधनी प्रमाणपुर्जा वमोजिमको जग्गालाई सुकुम्बासी समस्या समाधान आयोगको निर्णयसंग भिडाई निवेदकहरुका नाममा मोठ श्रेस्ता खडा गरी कानूनबमोजिम दर्ता समेत गरि दिनका लागि प्रत्यर्थीहरुका नाममा परमादेशको आदेश जारी हुने । (प्रकरण नं.१६) निवेदक तर्फवाटः विद्वान सहन्यायाधिवक्ता श्री पुष्पराज कोइराला विपक्षी तर्फवाटः अवलम्वित नजीरः आदेश न्या.शारदाप्रसाद पण्डितः न्याय प्रशासन ऐन, २०४८ को दफा ९ वमोजिम पुनरावेदन अदालत, विराटनगरको मिति २०५७।१२।१ को आदेश उपर पर्न आएको प्रस्तुत पुनरावेदन यसै अदालतको अधिकारक्षेत्र भित्र पर्ने भई प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छ :- २. हामी निवेदकहरुलाई मिति २०५२।५।२६ मा बसेको तत्कालीन सुकुम्बासी समस्या समाधान आयोग मोरङ जिल्ला समितिको बैठकबाट विभिन्न मोरङजिल्लाका गा.बि.स.हरु सहित वयरवन गा.बि.स.समेतका सुकुम्बासीहरु मध्ये उक्त दिनको बैठकमा पेश भएको टिप्पणी आदेशानुसार सुकुम्बासीहरुलाई २०५१।१२।८ को निर्णयको दफा २ वमोजिमको हदसम्म सोही निर्णयबमोजिमको मुल्य लिई बितरण गर्ने निर्णयानुसार हामीहरुका नाममा सुकुम्बासी समस्या समाधान आयोग मोरङ जिल्लाबाट जग्गाधनी प्रमाणपुर्जा बितरण गरियो । जस अनुसार हामी निवेदकहरु कुलप्रसाद खनाल, भद्रमायाको संयुक्त नाममा वयरवन ८ कि.नं.२९२ नक्सा नं.८ झ बाट ०–७–० रु.९६२।५० मुल्यमा नन्दकुमार श्रेष्ठ मनुमाया श्रेष्ठको संयुक्त नाममा वयरवन ८ कि.नं.११५ नक्सा नं.८ (झ) बाट ०–९–३ जग्गा रु.१,७५८।१५ मोल कायम गरी, हरिनारायण अधिकारी नाममा ऐ.ऐ.कि.नं.३३१ को ०–१–४ जग्गा रु.८२५। मोल कायम गरी, छव