निर्णय नं. ३४०५ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३४०५ - उत्प्रेषण भाग: ३० साल: २०४५ महिना: असार अंक: ३ फैसला मिति :२०४५/०१/२७ २४४३ निर्णय नं. ३४०५ ने.का.प. २०४५ अङ्क ३ संयुक्त इजलास माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान सम्वत् २०४२ सालको रिट नं. २१६० आदेश भएको मिति : २०४५।१।२७।२ मा निवेदक : ल.पु.जि.ल.पु.न.पं. वार्ड नं. १६ लाछे बस्ने गंभिरलाल श्रेष्ठ विरुद्ध विपक्षी : मालपोत अधिकृत मालपोत कार्यालय ललितपुर विषय : उत्प्रेषण (१) आफू समक्ष दर्ता हुन आएको निवेदनमा ऐन बमोजिमको कानूनी व्यवस्थाको पालना नगरी मालपोत कार्यालयले आफैं विवाद खडा गरी हक बेहकमा सुनाएको आदेश मालपोत ऐन, ०३४ को दफा ८ लगायतको कानून अनुरुप नभएको हुँदा उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्रकरण नं. ९) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री लक्ष्मणमणि रिसाल प्रत्यर्थीतर्फबाट : विद्वान का.मु. अतिरिक्त न्यायाधिवक्ता श्री प्रेमबहादुर विष्ट आदेश न्या.गजेन्द्रकेशरी बास्तोला : नेपालको संविधानको धारा ७१ अन्तर्गत दर्ता हुनआएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य जिकिर एवं निर्णय निम्न लिखित छ : २. मेरा पिता गोपिलालका नाममा पोता तहसिल १९९५ सालमा बाबुबाट पाइखाछे २९१ नं.मा दर्ता भएको इक्वीटी भन्ने खेत र तर्गा भन्ने खेत ल.पु.न.पं. वडा नं. ५(ख) कि.नं.५४ र इक्वीटी भन्ने ऐ. वार्ड नं. ४(ठ) कि.नं.७२ को कित्ता र ऐ.ऐ. कि.नं.७३ तथा कि.नं.७४ मा नाप भएका छन् । नापीको समयमा कि.नं.५४ मा मोही शिवलाल महर्जनले इन्द्र श्रेष्ठको भनी लेखाएका रहेछन् । कि.नं.७२ नं. का मोही कृष्णबहादुर थापा मगरले यो जग्गा ल.पु. नागबहाल बस्ने गोपीलाल श्रेष्ठको हो मैले १३ पाथी कोदो तिरी जोति आएको छु भनी र कि.नं.७३ का मोही कान्छी थापा मगरले तथा कि.नं.७४ को मोही कृष्णबहादुर थापा मगरले पनि यो जग्गा गोपीलाल श्रेष्ठको नै हो भनी लेखाएका रहेछन् नापी हुँदा म काम विशेषले बाहिर गएको थिएँ । मैले ०२६ सालमा उक्त जग्गाहरू दर्ता गरिपाउँ भनी निवेदन गरेको थिएँ सो निवेदन अनुसार कि.नं.५४ को मोही सिलाल महर्जनलाई र अरु कि.नं.का मोहीहहरू समेतलाई सूचना पठाइसकेको थियो । सो मध्ये सिलाल महर्जनले यो जग्गा गम्भीरलाल श्रेष्ठकै हो भूलले इन्द्रलाल श्रेष्ठ लेखिन गएको हो भनी बयान गरेका थिएँ । इन्द्रलालका नाममा गोरखापत्रमा ७ दिने सूचना समेत प्रकाशित गरिएको थियो । साथै ०३२ सालमा पनि कि.नं.७२, ७३ र ७४ का जग्गाको पनि ३५ दिने सूचना प्रकाशित गर्दा कसैले हकदावी गर्न आएका थिएनन् निवेदकले गोपीलालको छोरा म गम्भीर लाल हुँ भनी दावी गरेको थिएँ । मालपोत कार्यालयले कि.नं.७३, ७४ र ५४ बाहेक अरु जग्गा निवेदकका नाममा दर्ता गर्ने निर्णय गरेको र कि.नं.७२ को उल्लेख गरेको छैन । मैले पछि पुनः प्रमाणहरूको उल्लेख गरी दावीका बाँकी जग्गाहरू मेरो नाममा दर्ता गरिपाउन मालपोत कार्यालयमा निवेदन दिएँ । माल कार्यालयबाट आफ्नो हक कायम गराई ल्याउनु भनी निवेदकलाई सुनाई दिई फाइल तामेलीमा राखी दिने भनी मिति ०४२।९।४ मा आदेश भयो । जसबाट बाबुको नामबाट आफ्नो नाममा नामसारी गर्न पाउने हकबाट वञ्चित गरियो । यसरी मालपोत कार्यालयमा न.पं. रै.नं. ३३८५ को मेरो नामको लगतमा दर्ता भएको र ०२७ सालमा रैकरमा परिणत भएका जग्गा हुन भन्दा भन्दै कि.नं.५४, ७३, ७२ र ७४ समेतका जग्गाहरू दर्ता नगरी हक कायम गराउनु भनी आदेश गरियो । दुवै थरीको बीचमा तेरो मेरो परेमा मात्र हक कायम गराउनु पर्छ । अन्यथा हक कायम गराउनु पर्दैन । उपर्युक्त आधारमा विपक्षी मालप