निर्णय नं. ७६५७ - उत्प्रेषणयुक्त परमादेश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७६५७ - उत्प्रेषणयुक्त परमादेश भाग: ४८ साल: २०६३ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०६२/१२/०८ ४५२९ निर्णय नं.७६५७ ने.का.प.२०६३ अङ्क २ सर्वोच्च अदालत संयुक्त इजलास माननीय न्यायाधीश श्री राजेन्द्रकुमार भण्डारी माननीय न्यायाधीश श्री गौरी ढकाल संवत् २०५८ सालको रिट नं. –– २९१४ आदेश मितिः २०६२।१२।८।३ विषय :– उत्प्रेषणयुक्त परमादेश । निवेदकः नवलपरासी जिल्ला शिव मन्दिर गा.वि.स.वडा नं. ३ वस्ने हरिप्रसाद अधिकारी समेत विरुद्ध विपक्षीः श्री ५ को सरकार, वन तथा भूसंरक्षण मन्त्रालय ववरमहल काठमाडौं समेत § निजी वन लगाउने व्यक्तिले त्यस्ता पैदावारको उचित व्यवस्थापन गर्न नसक्ने भन्न नमिल्ने । § नेपाल राजपत्र खण्ड ४४ संख्या ५४ को भाग ३ मा प्रकाशित सूचना अनुसार निजी आवादी भित्रको सालको रुख कटान गर्न प्रतिवन्ध रहेकोले सचिवस्तरवाट सालको रुख कटान र ओसारपसारमा प्रतिवन्ध लगाएको भनेपनि वन ऐन तथा नियम समेतले निजी वनको सम्वन्धमा त्यसप्रकारको प्रतिवन्ध लगाएको अवस्था पाईन्न र सो सूचना निजी वनको सम्वन्धमा आकर्षित हुने समेत नदेखिने । § सो सूचना निजी वनको सम्वन्धमा समेत आकर्षित हुने भन्न पनि वन ऐन तथा नियममा उल्लेख भएको कानूनी व्यवस्थालाई उक्त सूचनाले प्रतिस्थापन (Overrule) गर्न समेत नसक्ने । (प्रकरण नं.११) निवेदक तर्फवाटः विद्धान अधिवक्ता श्री इश्वरी भट्टराई विपक्षी तर्फवाटः विद्धान उपन्यायाधिवक्ता श्री अमृतवहादुर वस्नेत अवलम्वित ने.का.प. २०५७, नि.नं. ६९६४, पृ.८४३, आदेश न्या.राजेन्द्रकुमार भण्डारीः नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३,८८(२) अन्तर्गत परेको प्रस्तुत रिट निवेदनको संक्षिप्त व्यहोरा र आदेश यसप्रकार छः– २. हामी निवेदकहरुको नाउंमा रहेको विभिन्न कित्ता जग्गामा हामीहरु आफैले नै हुर्काई वढाई संरक्षण गरी आएको सालका रुखहरु मध्ये केही रुखहरु ठाडै सुकेका केही रुखहरु ढले पडेकाले त्यस्ता रुखहरु हटाई वाँकी रुखहरु र अवादी जग्गाको संरक्षण गर्नुपर्ने भएकोले उल्लेखित काठहरु कटान मुछान गरी विक्रि वितरण समेत गर्नका लागि हरिप्रसाद अधिकारीलाई मन्जुरनामा दिई मिति २०५४।७।२१ मा जिल्ला वन अधिकृत जिल्ला वन कार्यालय, नवलपसारी समक्ष निवेदन गरेकोमा प्रत्यर्थी कावासोती ईलाका वन कार्यालयले भौगोलिक स्थितिको निरक्षण गरी सर्जमिनको प्रकृया समेत पुरा गरी सकेको हुँदा उक्त रुखहरु कटान गर्ने अनुमति पाउँ भनी वरावर जिल्ला वन कार्यालय नवलपरासीलाई अनुरोध गर्दा फायल विभागमा पठाएको, स्विकृती प्राप्त भएपछि इजाजत दिन्छौं भनी मौखिक आश्वासन मात्र दिएकोले विभागमा निवेदन गरी सम्पर्क गर्दा उक्त फायल कारवाही निमित्त पेश हुँदा यसमा निजी आवादीको साल रुख कटान गर्न प्रतिवन्ध रहेकोले केही गर्नुपर्ने देखिन्न भनी मिति २०५५।९।१९ मा श्री ५ को सरकार सचिव स्तरवाट आदेश भई फायल विभागमा नै रहेको व्यहोरा जानकारी गराईन्छ भन्ने पत्र निज हरि प्रसाद अधिकारीले प्राप्त गरेको हुँदा निवेदकहरुको नम्वरी आवादी जग्गामा पाली हुर्काइ संरक्षण गरी आएको उपरोक्त सुखड खडा ढला पडा रुखहरु दिन प्रतिदिन हैसियत विग्रिदै गएका र तत्काल कटान छपान गरी उपभोग गर्न नपाएमा सडी गली नोक्सान हुन जाने भएकोले श्री ५ को सरकार सचिवस्तरवाट मिति २०५५।९।१९ मा निवेदकहरुको निजी दर्ता हक भोगको नम्वरी आवादी जग्गाहरुमा निवेदकहरुले नै संरक्षण गरी राखेका सुखड ढला पडा सालका रुखहरु कटान मुछान तथा विक्रि वितरण समेत गर्न नपाउने गरी गरेको निर्णय आदेश र सो आदेशको जानकारी गराएको २०५८।५।५ को