निर्णय नं. ८७८३ - वन्दीप्रत्यक्षीकरण ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८७८३ - वन्दीप्रत्यक्षीकरण । भाग: ५४ साल: २०६९ महिना: असार अंक: ३ फैसला मिति :२०६८/११/०३ ३९४१ ने.का.प. २०६९, अङ्क ३ निर्णय नं. ८७८३ सर्वोच्च अदालत, संयुक्त इजलास सम्माननीय प्रधान न्यायाधीश श्री खिलराज रेग्मी माननीय न्यायाधीश श्री तर्कराज भट्ट रिट नं. २०६८–WH–००५८ आदेश मितिः २०६८।११।३।४ विषयः– वन्दीप्रत्यक्षीकरण । निवेदकः जि.दैलेख, कालभैरव गा.वि.स.वडा नं. ७ घर भै सशस्त्र प्रहरी बल, गढीमाई गण, भण्डारा चितवनमा दरवन्दी भै हाल कारागार कार्यालय, डिल्लीबजार काठमाडौंमा थुनामा रहेका सशस्त्र प्रहरी नायव उपरीक्षक हर्कराज पन्तको हकमा कृष्णबहादुर पन्त विरुद्ध निवेदकः जि.दैलेख, कालभैरव गा.वि.स.वडा नं. ७ घर भै सशस्त्र प्रहरी बल, गढीमाई गण, भण्डारा चितवनमा दरवन्दी भै हाल कारागार कार्यालय, डिल्लीबजार काठमाडौंमा थुनामा रहेका सशस्त्र प्रहरी नायव उपरीक्षक हर्कराज पन्तको हकमा कृष्णबहादुर पन्त § भन्सार ऐन, २०६४ अन्तर्गत कसूर कायम हुने कुनै कार्यलाई अर्को कुनै कानूनले समेत कसूर मानी सो सम्बन्धमा छुट्टै कारवाही चलाउन सकिने व्यवस्था गरेकोमा अर्को कानूनअन्तर्गतको कसूरमा अनुसन्धान गर्न र कारवाही चलाउन नसकिने भन्न नहुने । § भन्सार छली चोरीका सामान ल्याएबापत भन्सार ऐन, २०६४ अन्तर्गत राजश्व अनुसन्धान विभागले अनुसन्धान कारवाही गरेको र सोही विषयलाई आधार लिई निवेदक कार्यरत् सशस्त्र प्रहरी बलको प्रधान कार्यालयले सशस्त्र प्रहरी ऐन, २०५८ को दफा २७(४) को (क) र (झ) अन्तर्गतको कसूर भनी निजको सेवा शर्त, सुविधालगायत सशस्त्र प्रहरी सेवा सम्बन्धी ऐनअन्तर्गत छुट्टै प्रयोजनको लागि अनुसन्धान गरी अभियोग लगाइएको विषयलाई एकै ऐनअन्तर्गतको कसूर मानी दोहोरो खतराको सिद्धान्तविपरीत अभियोग लगाइएको भन्न नमिल्ने । (प्रकरण नं.६) § सशस्त्र प्रहरी विशेष अदालतले विशेष अदालत ऐनअन्तर्गतको कार्यविधि अपनाई सशस्त्र प्रहरी ऐन, २०५८ को दफा २७ अन्तर्गतको कसूरसम्बन्धी मुद्दाको कारवाही र किनारा गर्न सक्ने र सो क्रममा विशेष अदालत ऐन बाहेक जिल्ला अदालतलाई भए सरह अधिकार प्रयोग गर्न र अन्य कार्यविधिको अनुशरण गर्न समेत सक्ने । (प्रकरण नं.८) निवेदकको तर्फबाट विद्वान वरिष्ठ अधिवक्ताहरू वद्रीबहादुर कार्की र शम्भु थापा, विद्वान अधिवक्ताहरू द्रोणराज रेग्मी, गोविन्दप्रसाद शर्मा, देवेन्द्रबहादुर थापा र नन्दप्रसाद अधिकारी विपक्षी तर्फबाटः विद्वान उपन्यायाधिवक्ताहरू टेकबहादुर घिमिरे र योगराज बराल अवलम्बित नजीरः सम्बद्ध कानूनः § विशेष अदालत ऐन, २०५९ को दफा ७(ङ) § भन्सार ऐन, २०६४ को दफा ४१(१) र ५७(१) § सशस्त्र प्रहरी ऐन, २०५८ को दफा २७(४)(क) र (झ) § सशस्त्र प्रहरी नियमावली, २०६० को नियम १३० § अ.वं. ११८(२) नं. आदेश प्र.न्या.खिलराज रेग्मीः नेपालको अन्तरिम संविधान, २०६३ को धारा १०७(२) बमोजिम यस अदालतमा दर्ता भएको प्रस्तुत रिट निवेदनको तथ्य एवं आदेश यस प्रकार छः म निवेदक सशस्त्र प्रहरी बलको सशस्त्र प्रहरी नायव उपरीक्षक पदमा कार्यरत् रहेको र हाल सशस्त्र प्रहरी बल, सशस्त्र सुरक्षा गस्ती एवं भन्सार सुरक्षावेस तातोपानीमा वेसपतिको रुपमा कार्यरत् थिएँ । सशस्त्र प्रहरी बल, प्रधान कार्यालयको आदेशबमोजिम मेरो दरवन्दी रहेको स्थान, सशस्त्र प्रहरी बल, गढीमाई गण, भण्डारा चितवनमा नै मेरो काज फिर्ता भएकोले आफ्नो दरवन्दी रहेको सो गणतर्फ जान तातोपानी बेसवाट रमाना भई ना.२.च. २६६० नम्वरको निजी गाडी भाडामा लिई काठमाडौं तर्फ आउँदै गर्दा काभ्रेपलान्चोक जि