निर्णय नं. ७६७५ - उत्प्रेषण परमादेशसमेत

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७६७५ - उत्प्रेषण परमादेशसमेत भाग: ४८ साल: २०६३ महिना: श्रावण अंक: ४ फैसला मिति :२०६३/०४/०८ ४४४० निर्णय नं.७६७५ ने.का.प.२०६३ अङ्क ४ सर्वोच्च अदालत पूर्ण इजलास माननीय न्यायाधीश श्री केदारप्रसाद गिरी माननीय न्यायाधीश श्री खिलराज रेग्मी माननीय न्यायाधीश श्री पवनकुमार ओझा २०६१ सालको रि.पू.ई.नं. १७ आदेश मिति २०६३।४।८। विषय :– उत्प्रेषण परमादेश समेत । निवेदकः ज्योति फार्मस प्रा.लि. समेतको तर्फबाट डा.रुपज्योती विरुद्ध प्रत्यर्थीः श्रम अदालत काठमाडौं समेत § अदालतको फैसला त्रूटिपूर्ण भई उपचारबाट वंचित भएमा कानूनी हकबाट वंचित हुने । § तल्लो अदालत निकाय वा अधिकारीको फैसलाबाट पीडित भएको पक्षले उपचारको लागि पुनरावेदन गर्न पाउने बारे विधायिका मौन छ भने फैसला ठीक वेठीक के छ भनी जचाउन पाउने अधिकारबाट वंचित गरिएको हुन जाने । § कानूनबमोजिम उपचार लिन पाउने हकबाट वंचित हुने अवस्थामा वैकल्पिक उपचारको अभाव रहन गए नेपाल अधिराज्यको संविधान, २०४७ को धारा ८८(२) बमोजिम रिटक्षेत्र आकर्षित हुने । (प्रकरण नं.५) § श्रम अदालतले गरेको निर्णय उपर श्रम ऐन, २०४८ मा पुनरावेदन लाग्ने अन्य वैकल्पिक उपचारको अभावमा यस अदालतको असाधारण अधिकारक्षेत्र अन्तर्गत रिट निवेदन लाग्न सक्ने । (प्रकरण नं.७) निवेदक तर्फवाटः विद्वान अधिवक्ताहरू हरिहर दाहाल, कमलनारायण दास, अर्जुनप्रसाद लम्साल र समिर शर्मा प्रत्यर्थी तर्फवाटः विद्वान अधिवक्ताहरू हरिप्रसाद उप्रेती, विजयप्रसाद मिश्र र नवराज तिमिल्सीना अवलम्वित नजीरः ने.का.प. २०६० नि.नं. ७२३७, पृष्ठ ५१७ आदेश यसमा श्रम अदालतको निर्णय उपर व्यवस्थापन पक्षलाई रिट क्षेत्रबाट उपचार प्रदान गर्न नमिल्ने भनी सम्वत् २०५८ सालको रिट नं. ३९९१ को निवेदक बालाजु कपडा उद्योग लिमिटेड विरुद्ध असारमा राई समेत भएको उत्प्रेषणको रिट निवेदनमा यस अदालतको संयुक्त इजलासबाट मिति २०६१।५।२९ मा निर्णय भएको र निवेदक रिजियसन प्रा.लि.द्वारा संचालित क्यासिनो विरुद्ध उत्तमप्रसाद सिलवाल समेत भएको सम्वत् २०५६ सालको रिट नं. ३२११ (ने.का.प. २०६०, पृ. ५१७) मा श्रम अदालतको निर्णय उपर व्यवस्थापन पक्षले दायर गरेको रिटमा रिट क्षेत्रबाटै श्रम अदालतले गरेको निर्णय बदर हुने ठहरी २०६०।५।२४ मा यस अदालतको संयुक्त इजलासबाट निर्णय भई श्रम अदालतले गरेको निर्णय उपर रिट क्षेत्र आकर्षित हुने नहुने भन्ने सम्बन्धमा बेग्लाबेग्लै निर्णय भएको सन्दर्भमा एकरुपता कायम गर्न वाञ्छनिय भएको भनी संयुक्त इजलासबाट पूर्ण इजलासमा पेश गर्नु भन्ने भएका आदेशानुसार सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३ को देहाय (ख) अन्तर्गत यस इजालस समक्ष पेश हुन आएको रहेछ । २. प्रस्तुत रिट निवेदनमा निवेदककोतर्फबाट उपस्थित विद्वान अधिवक्ताहरू हरिहर दाहाल, कमलनारायण दास, अर्जुनप्रसाद लम्साल र समिर शर्माले श्रम ऐन, २०४८ मा श्रम अदालतको फैसला उपर पुनरावेदकीय अधिकारक्षेत्रको व्यवस्था नभएको हुंदा श्रम अदालतको फैसला अन्तिम भएको छ, मुद्दामा जव साधारण कानूनी उपचारको बाटो अवरुद्ध हुन्छ, संविधानको धारा ८८(२) अन्तर्गतको संवैधानिक उपचारको मार्ग स्वक्त कृयाशील हुन जान्छ । निवेदक बालाजु कपडा उद्योग भएको रिटमा इजलास आफैले श्रम अदालतको फैसला अन्तिम हो भनी स्वीकार गरी त्यस्तो अन्तिम फैसला उपर पुनरावेदन गर्न नपाउने घुमाउरो गरी रिटमा आएको हुंदा रिट खारेज हुने भनी संवैधानिक मर्म र भावनाको प्रतिकूल निर्णय भएको छ । क्यासिनो विरुद्ध उत्तमप्रसाद सिलवाल भएको उत्प्रेषणको रि