निर्णय नं. ३४१० - बिगो असूल
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३४१० - बिगो असूल भाग: ३० साल: २०४५ महिना: असार अंक: ३ फैसला मिति :२०४५/०२/१६ २९७९ निर्णय नं. ३४१० ने.का.प. २०४५ अङ्क ३ संयुक्त इजलास माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा माननीय न्यायाधीश प्रचण्डराज अनिल सम्वत् २०४२ सालको दे.पु.नं. ४९५ फैसला भएको मिति : २०४५।२।१६।१ मा पुनरावेदक/प्रतिवादी : पर्सा जिल्ला हरेकृष्ण राईस मिलको प्रोपाईटर हरेकृष्ण कलवार विरुद्ध विपक्षी/वादी : नेपाल खाद्य संस्थान, प्रधान कार्यालय, काठमाडौं मुद्दा : बिगो असूल (१) कुनै पनि विषयमा मुद्दा गर्नु पर्ने कारण तब सृजना हुन्छ जुन विषयमा दुबै पक्ष विपक्षको बीच विवाद उत्पन्न हुन जान्छ त्यसैले प्रतिवादीले करारनामा बमोजिमको चामल समयमै तिर्न बुझाउन असमर्थता जनाएको मितिबाटै मुद्दा गर्नु पर्ने कारण सृजना भइसकेको मान्नु पर्ने । (प्रकरण नं. १२) (२) गोरखापत्रमा सार्वजनिक सूचना प्रकाशित गरेको कारणबाट हदम्याद थप हुन नसक्ने । (प्रकरण नं. १२) (३) करार सम्बन्धी ऐन, २०२३ को दफा १८(२)(ग) अनुसार मुद्दा गर्नु पर्ने कारण परेको मितिले तीन महीनाभित्र नालेश नदिए लाग्न नसक्ने । (प्रकरण नं. १३) पुनरावेदक/प्रतिवादीतर्फबाट : विद्वान अधिवक्ता श्री गणेशराज शर्मा तथा विद्वान व.अधिवक्ता श्री कृष्णप्रसाद भण्डारी विपक्षी/वादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्त उल्लिखित मुद्दा : ने.का.प. २०४४ अंक २ पृष्ठ १५२ नि.नं. २९८८ वादी ज्यानबहादुर प्रधान विरुद्ध कोरियन डेभलपमेन्ट कर्पोरेशन भएको मुद्दामा सिद्धान्त प्रतिपादित फैसला न्या. महेशरामभक्त माथेमा : मध्यमाञ्चल क्षेत्रीय अदालको फैसला उपर पुनरावेदनको अनुमति प्रदान भई दर्ता हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यसप्रकार छ । २. नेपाल खाद्य संस्थान तत्कालीन क्षेत्रीय कार्यालयका क्षेत्रीय प्रबन्धक श्री हरिविन्दु श्रेष्ठ र हरेकृष्ण राइस मिल वीरगंजका प्रोपाइटर विपक्षी हरिकृष्णप्रसादको बीच २१०० क्वीन्टल धान कुटाई ६२ प्रतिशत चामल निकासी धान बुझेको १५ दिनभित्र चामल बुझाउने गरी विपक्षीले हरेकृष्ण राइस मिल नै जेथा जमानत बापत दिनुको साथै विपक्षीका दाजु राधाकृष्णप्रसाद धन जमानी बसी मिति २०३३।३।१० मा सम्झौता भई मिति २०३३।३।१३ गते देखि मिति २०३५।५।१५ सम्म जम्मा धान २१०० क्वीन्टल कस्ती भएको बोरा समेत धान कुटानी गर्न भनी विपक्षी हरिकृष्णप्रसादले बुझिलिनु भएकोमा सम्झौता बमोजिम धान बुझेको १५ दिनभित्र चामल बुझाउन समय र अनुकूल मिलेन भनी मिति २०३३।१२।२४ गते देखि चामल बुझाउन शुरु गरी मिति २०३४।९।१६ सम्म जम्मा ५४८.५० क्वीन्टल मात्र बुझाई बाँकी कस्ती र बोरा नबुझाएकोले पत्र व्यवहार, तरताकेता गर्दा पनि पत्र नबुझेको र विपक्षीबाट असूल उपर नभई कारवाही हुँदाकै सिलसिलमा विपक्षी हरिकृष्णप्रसादले मिति २०३६।४।१३ को वारिशनामा निजको लिई छोरा राजेन्द्रप्रसाद कलवारलाई पठाई विभिन्न कठिनाई र मर्काको कारणले असुविधा परेको भन्ने दर्शाई ५ वर्षको भाखा मागेकोमा उक्त ५ वर्षको भाखा दिन मनासिव नदेखिएकोले निजलाई डाकी निजको ठेगानामा पत्र पठाउँदा समेत लुकि छलि हिंड्ने गरेकोले निजलाई ७ दिनको म्याद दिई मिति २०३९।१।९ मा गोरखापत्रद्वारा सार्वजनिक सूचना गर्दा समेत हाजिर हुन नआएकोले निजले भाखा मागेको प्रतिवेदनको आधारमा दिएको सूचनाको अन्तिम दिन मिति २०३९।१।१६ लाई मुद्दा गर्नु पर्ने कारण परेको आधार मानी करार ऐन बमोजिम ३ महीनाभित्र फिराद गर्न आएको छु । अतः हर्जाना सहित जम्मा रु.७,५९,४८४।– विपक्षीबाट दिल