निर्णय नं. ७६७७ - लिखत बदर हक कायम

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७६७७ - लिखत बदर हक कायम भाग: ४८ साल: २०६३ महिना: श्रावण अंक: ४ फैसला मिति :२०६३/०३/१५ ३०८५ निर्णय नं.७६७७ ने.का.प.२०६३ अङ्क ४ सर्वोच्च अदालत, पूर्ण इजलास माननीय न्यायाधीश श्री अनूपराज शर्मा माननीय न्यायाधीश श्री बलराम के.सी. माननीय न्यायाधीश श्री ताहिरअली अन्सारी सम्वत् २०६२ सालको दे.पू.इ.नं.....२१ फैसला मितिः २०६३।३।१५।५ मुद्दा :– लिखत वदर हक कायम । पुनरावेदक र वादीः वांके जिल्ला साइगाउं गा.वि.स. वडा नं.४ वस्ने शत्रुधनप्रसाद वर्मा (कुर्मि) विरुद्ध प्रत्यर्थी र प्रतिवादी वांके जिल्ला खांस कारकांदो गा.वि.स .वडा नं.२ वस्ने मुमताज जोलाहा समेत § लेनदेन व्यवहारको महल अन्तर्गत परेको फिरादबाट अंशवण्डाको महलबमोजिम अंशियारको अंश लाग्ने नलाग्ने भनी अदालतबाट निक्र्यौल गर्न कानूनसम्मत नहुने । § आफ्नो इच्छा अनुकूल हक हस्तान्तरण गरी अरु कसैलाई दिन त्यस्तो हक हुने व्यक्ति स्वतन्त्र हुने । § प्रस्तुत मुद्दामा दानपत्रबाट प्रतिवादी पुस्कर कुमार कुर्मीले पाएको जग्गा मध्येबाट प्रतिवादी मुमताज जोलाहालाई ०५४।७।२७ मा लिखत पारित गरिदिएको देखिन्छ । दानपत्रमा उल्लिखित व्यहोराबाट प्रतिवादी पुस्कर कुमार कुर्मी सो लिखत गरिदिन स्वतन्त्र भई अरु अंशियार कसैको सहमति लिन आवश्यक नपर्ने । (प्रकरण नं.१८) पुनरावेदक वादी तर्फवाटः विद्वान अधिवक्ता श्री बाबुराम गिरी प्रत्यर्थी प्रतिवादी तर्फबाटः विद्वान वरिष्ठ अधिवक्ता श्री राधेश्याम अधिकारी र विद्वान अधिवक्ता श्री सिताराम अग्रवाल अवलम्वित नजीरः स.अ.नि.सा.सं.भाग १७ पृष्ठ २५० आदेश न्या.अनूपराज शर्माः न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) को खण्ड (क) र (ख) वमोजिम मुद्दा दोहर्‍याई हेर्ने निस्सा प्रदान भै संयुक्त इजलासमा पेश हुदा निर्णयमा एकमत हुन नसकी सर्बोच्च अदालत नियमावली,२०४९ को नियम ३(१) बमोजिम यस इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छ । २. स्व. रामराजी कुर्मिनीले दान गर्नुभएको वांके मनिकापुर गा.वि.स.व.नं. ६ क कि.नं. २९३, ऐ.व.नं. ६ ख कि.नं. १०७, १०९, ११६, १४७, १४८, १४९, १५०, १५२, १५३, १५४, १५५,१५७, १५८,१६०, १६४, १६५, १६६, १८५, १९१, १९५, १९७, २०३, २०९, २१६, २१८, २२९, २३५ र ऐ. व.नं. ७ ख कि.नं. २०३, २०९ र ऐ. व.नं. ८ क कि.नं. २४१ समेतका जग्गाहरु सो वखत ६ बर्ष उमेर भएको मेरो एकाघर सगोलको नावालक छोरा विपक्षी पुस्कर कुर्मि भन्ने पुस्करप्रसाद वर्माको नाममा मिति २०३३।३।१९ मा दानपत्र लिखत रजिष्ट्रेशन पारित गराई लिइ भोग चलन गरी आएकोमा निज प्रतिवादी पुस्कर कुर्मि, मेरो श्रीमति लिलादेवी, पुस्करको श्रीमति सुनिता देवी, निजको छोरा मुकुन्दप्रसाद र मेरो छोरा शिवचरण वर्मा समेत सवै परिवार मेरो सगोलका छन् । वांके वसुदेवपुर गा.वि.स. वा.नं. ५ वस्ने राम कुमार कलवारले कांचो इटा घाममा सुकाउने कामको लागि मनिकापुर गा.वि.स.वा.नं.६ ख कि.नं. १४७ को ज.वि. ०–४–९, ऐ. कि.नं. १४८ को ज.वि. ०–२–२ जग्गा भाडाको लिखतमा म फिरादी साक्षी वसी सहमति प्रदान गरेको र सो लिखतमा विपक्षी मुमताज जोलाहको वावु शम्शेर जोलाह पनि साक्षी वस्नु भएको थियो । सो कुरा विपक्षीलाई थाहा जानकारी हुंदा हुदै मिलोमतो गरी मनिकापुर वा.नं. ६ ख कि.नं. १५० को ज.वि. ०–०–१९ र ऐ. कि.नं. १५८ को ज.वि. ०–९–० जग्गालाई मोल विगो रु. १,१५,०००।– राखी मेरो सहमति नै नलिई विपक्षीहरुले मिति २०५४।७।२७ मा पारित गराई लिएका रहेछन् । सो जग्गाहरु भूमि सम्वन्धी ऐन, २०२१ को दफा २ ग र दफा ७, मुलुकी ऐ