निर्णय नं. ७६७९ - कर्तव्य ज्यान

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७६७९ - कर्तव्य ज्यान भाग: ४८ साल: २०६३ महिना: श्रावण अंक: ४ फैसला मिति :२०६३/०२/२८ २६५२ निर्णय नं.७६७९ ने.का.प.२०६३ अङ्क ४ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री केदारप्रसाद गिरी माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ संबत् २०६१ सालको फौ.पु.नं. ..३५४३ संबत् २०६२ सालको साधक नं. ...३१५ फैसला मितिः २०६३।२।२८।१ मुद्दाः कर्तव्य ज्यान । पुनरावेदक वादीः भिमबहादुर राउतको जाहेरीले नेपाल सरकार बिरुद्ध प्रत्यर्थी प्रतिवादीः ज्ञानबहादुर चौहान समेत वादीः भिमबहादुर राउतको जाहेरीले नेपाल सरकार विरुद्ध प्रतिवादीः वझाङ जिल्ला गडराय गा.वि.स. वडा नं. ४ बस्ने ज्ञानबहादुर चौहान § मुलुकी ऐन अ.वं. १८८ नं. बमोजिम मातहत अदालतबाट व्यक्त हुने राय अन्तिम जाँच नभएसम्म त्यस्तो रायले वैधानिक मान्यता (Validity) ग्रहण नगर्ने हुँदा कार्यान्वयन (Operative) गर्न नसकिने । § अ.वं. १८८ नं. को कानूनी व्यवस्था न्यायाधीशलाई चित्तमा लागेको कुरा रायका रुपमा व्यक्त गर्न पाउनेसम्मको व्यवस्था भएको र त्यो प्रावधानको अन्तिम परिक्षण सर्वोच्च अदालतबाट हुनैपर्ने वाध्यात्मक व्यवस्था हुँदा फैसला वा डिक्रिका रुपमा नरहेको त्यस्तो राय (Opinion) का सम्वन्धमा पुनरावेदन गर्न पाउने अवस्था समेत नरहने । (प्रकरण नं.३१, ३२) § जाहेरवालाले अदालत समक्ष गरेको वकपत्रमा यी प्रतिवादीहरु निर्दोष रहेको भनी व्यहोरा लेखाएको अवस्थामा आगो लागेको घरमा परी लास डढी नष्ट भएको हो वा खोलाले वगाएर वेपत्ता भएको हो भन्ने कुरा नै एकिन नभै प्रतिवादीहरु उपर लगाइएको प्रमाणित नै हुन नसकेको आरोपमा दोषि ठहर गर्न नमिल्ने । (प्रकरण नं.३४) पुनरावेदक वादी तर्फवाटः विद्वान उपन्यायाधिवक्ता श्री अमृतबहादुर वस्नेत प्रत्यर्थी प्रतिवादी तर्फवाटः अवलम्वित नजीरः फैसला न्या.कल्याण श्रेष्ठः न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) (ख) र १० अन्तर्गत पुनरावेदन अदालत दिपायलको मिति २०६१।९।१८ को फैसला उपर वादी श्री ५ को सरकारको यस अदालतमा पुनरावेदन पर्न आएको र साधक निकासा समेतका लागि पेश हुन आएको मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छः– २. मेरो दाजु केश रावलको २०५३ साल माघ महिनामा आफ्नै कालगतीबाट मृत्यु भई घरमा भाउजु वेलुदेवी राउत र भतिजी भुमेश्वरा, मात्र थिईन, मिति २०५६।४।१८ गते विहान अ. १०/११ वजे तिर म खेतमा काम गरी घरमा आउँदा भाउजु वेलु देवी राउतको घरमा ज्वाई नातापर्र्ने ज्ञानबहादुर चौहान र भाउजुको गाई किन्न आएकी विषा राउतलाई देखेको थिए । गाईको मोलमा कुराकानी नमीली सोही दिन अं. १२ बजे तिर विषा राउत आफ्नो घरमा फर्कि गएकी थिइन । ज्ञानबहादुर चौहान भाउजुको घरमा वसेको देखेको थिए । सोही दिनको दिउसो अं. १ वजे तिर म भैसि चराउन जंगल तर्फ गई साँझ ६ वजे तिर घरमा फर्किदा भाउजु वेलु देवी राउत खेतमा गोलमेल गरी राखेकी थिइन । मिति २०५६।४।१८ गतेको राती अं.९ वजे तिर म भैसी बिक्री गर्ने कुरा गर्न खड्क बहादर खड्काको घरमा गएको हुँ । सोही राती अं. १२।१ वजे तिर छोरी वुदी रावतलाई दिसा लाग्न गई श्रीमती कलादेवी राउतले घर वाहिर ल्याउँदा वेलु देवी राउतको घरमा आगो लागेको देखि गाउँ घरमा हो–हल्ला गरी उक्त हो–हल्ला सुनी म तत्काल उक्त ठाउँमा गई हेर्दा घर ढोका खुला भएको बोलाउँदा कराउँदा समेत कोही नबोलेको हुँदा गोठमा रहेका गाई वाच्छा वाहिर निकालेका हौं । ज्ञानबहादुर चौहान भाउजु वेलु देवी रावतको घरमा आई राख्ने, पैसा दिनु पर्यो भनी झै झगडा गर्ने र मिति २०५६।४।१८ गतेका दिन भाउज